Connect with us

कोरोना भाइरस

कोरोनाका बि’रामीमा आयुर्वेदिक औ’षधिको परीक्षण प्रक्रिया सुरु

कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आयुर्वेदिक औ’षधिको परीक्षण प्रक्रिया सुरु भएको छ |

Published

on

Nepal Online Patrika| Kathmandu: कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आयुर्वेदिक औ’षधिको परीक्षण प्रक्रिया सुरु भएको छ । प्रदेश ५ का झण्डै एक सय जनामा आयुर्वेदिक औ’षधिको परीक्षणको लागि प्रक्रिया सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।परीक्षणका लागि सरकारले अनुमति दिइसकेको छ । यो औषधि सामान्य लक्षण देखिएकालाई दिने र त्यसपछि लक्षण र अस्पताल ब’साइ कति घ’ट्यो भन्ने हेर्नुको साथै र’गतमा केही परिवर्तन आए नआएको जाँ’च गर्ने डा. ज्ञवालीले बताउनुभयो ।

जे’ठीमधु र त्रि’कटुको मिश्रण बनाएर तयार गरिएको यस आयुर्वेदिक औ’षधि बि’रामीलाई खाना खानुअघि खुवाउने उहाँले बताउनुभयो । मरीच, पिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर त्रि’कटु बनाइने उहाँले जानकारी दिनुभयो । तर त्यो औ’षधि ग’म्भीर स’मस्या देखिएकाहरुलाई नदिइने उहाँले बताउनुभयो । यो औ’षधिको कुनै पनि सा’इडइफेक्ट नरहेको उहाँले बताउनुभयो ।

उपसभामुख तामाङले पनि जितिन् कोरोनालाई:

मकवानपुर : कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ। दोस्रो पटक पिसिआर परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएपछि उहाँ सङ्क्रमण मुक्त हुनुभएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ।

केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उहाँ हेटौँडास्थित सरकारी निवासमा होम आइसोलेसनमा बस्नुभएको थियो उपसभामुख तामाङले आफू र छोराको समेत दोस्रो पटक पिसिआर परीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो।

उहाँले आफ्नो स्वकीय सचिव एलिसा थापाको पिसिआर परीक्षण नतिजा पोजेटिभ आएको हुँदा उनी होम आइसोलेसनमा बस्नुभएको जानकारी दिनुभयो।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending