Monday, September 21, 2020

Monday, September 21, 2020
स्वास्थ्य दूधसँग यी खानेकुरा कहिल्यै नखानुस्, पर्छ स्वास्थ्यमा असर

दूधसँग यी खानेकुरा कहिल्यै नखानुस्, पर्छ स्वास्थ्यमा असर

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: दूध आफैंमा पूर्ण आहार हो । पौष्टिक तत्त्वले भरपूर दूध सेवन गर्दा क्याल्सियम, प्रोटीन लगायत शरीरलाई आवश्यक सबै तत्त्व पाएर शरीर राम्रो किसिमले विकसित हुन्छ ।

तर दूधसँग कुनै कुनै खानेकुरा खान हुँदैन । आयुर्वेदले बताएअनुसार, वर्जित खानेकुरालाई दूधसँगै खाँदा स्वास्थ्यलाई हानि पुग्छ ।

नुनिलो कुरा:

विज्ञहरूका अनुसार, नून र दूध एकैपटक सेवन गर्नुहुँदैन । यसले कलेजो गलाइदिन्छ । दूधमा प्रोटीन र नूनमा आयोडिनको मात्रा बढी हुँदा एकैचोटि लिँदा कलेजो खराब भइदिन्छ ।

केरा:

कफको समस्या भएका मानिसले दूध केरा मिसाएर खानुुहुँदैन ।

काँचो प्याज:

दूध पिउनुअघि वा तत्काल पछि काँचो प्याज खाँदा छालाको संक्रमण हुने खतरा रहन्छ । यसले दाद र चिलाउने समस्या निम्त्याउन सक्छ ।

माछा:

माछा खाएपछि दूध वा दुग्ध परिकार खाँदै नखानुस् । नत्र छालामा सेतो दाग देखिन थाल्छ ।

मसला भएको खाना:

मसला हालेको खानेकुरासँगै वा त्यसलगत्तै दूध पिउँदा पाचन प्रणालीमा समस्या देखिन्छ । यसले खाना पचाउन गाह्रो हुने, पेट दुखाउने, पेट पोल्ने, ग्यास जम्मा हुने लगायतका समस्या आउँछन् ।

अमिलो खानेकुरा:

दूध पिएलगत्तै कागती वा अमिलो खानेकुरा खाँदा नपच्ने समस्या आउँछ । पेटमा दूध फोटेर एसिडिटी, बान्ता आउने वा वाकवाक लाग्ने समस्या आउँछ ।

सलाद हाम्रो स्वास्थका लागि फइदाजनक छ, तर भोजनका साथ खानु सही तरिका होइन:

सलाद खानुको फाइदा पनि छ भने नोक्सान पनि । सलाद कहिले र कसरी खाने भन्ने कुरा थाहा पाउनु अति नै आवश्यक छ ।

प्याज, गोलभेंडा, काँक्रो, गाजर, स्याउ, अनार, केरा, अम्बा जस्ता केही फलफूललाई काटेर त्यसमा कागती र नुन मिसाएर तिनीहरुलाई बिहान अथवा बेलुकाको खानासंगै खानाले तपाईंले सलाद खाँदा प्राप्त हुने सबै प्रकारको फाइदा प्राप्त गर्न सक्नु हुन्छ भन्ने सोच्नु हुन्छ भने तपाईं पूर्णरुपले गलत हुनु हुन्छ ।

सलाद हाम्रो स्वास्थका लागि फइदाजनक छ, तर यसलाई भोजनका साथ खानु भनेको सलाद खाने सही तरिका होइन ।

यदि सलाद बनाउँदा केही आवश्यक कुराहरुमा ध्यान दिएन भने सलादको सेवनले शरीरमा हानि पुर्‍याउन पनि सक्छ । त्यसैले आज हामी तपाईंहरुलाई सलाद खाँदा हुने फाइदा र हानीका बारेमा जानकारी दिनुका साथै यसलाई कहिले र कसरी खाने भन्ने बारेमा पनि केही जानकारीहरु प्रस्तुत गर्दैछौं ।

फलफुललाई मिलाएर फ्रुट सलाद बनाउँदै हुनु हुन्छ कि तरकारीहरुलाई मिसाएर भेजिटेबल सलाद ? सलादमा धेरै किसिमका तरकारीहरु मिसाइन्छ, जसका कारण यसमा फाइबरको मात्रा धेरै हुन्छ । सलाद खानाले तपाईंको भोक शान्त हुन्छ । त्यसैले सलाद भोजनका साथ खानु भन्दा खाना खानु आधा अथवा एक घण्टा अगाडि नै खानु पर्छ । यसो गर्दा तपाईंले भोजनको साथमा कम भात अथवा रोटी खानु हुन्छ, जसका कारण तपाईंको वजन नियन्त्रणमा रहन्छ र तपाईंले प्रोटीन, फाइबर, भिटामिन र मिनरल्स सबै तत्वहरु प्राप्त गर्न सक्नु हुन्छ ।

सलादमा माथिबाट नुन छर्कन हुन्न:

यदि तपाईं सलादको स्वाद बढाउनका लागि त्यसको माथिबाट नुन छर्कनु हुन्छ भने अबदेखि त्यस्तो नगर्नु होला । फूड एक्सपर्टहरुका अनुसार सलादको रुपमा प्रयोग हुने तरकारीमा पहिलबाट नै सोडियम हुन्छ, त्यसैले त्यसमा नुन मिसाउनु हुँदैन । यदि तपाईंले सलाद माथिबाट नुन छर्कनु भयो भने सलादबाट प्राप्त हुने पोषक तत्व नष्ट हुन्छ । सलादमा नुन हालियो भने त्यसबाट धेरै पानी निस्कन्छ । त्यसैले पौष्टिकता यथावत राख्नका लागि सलादमा नुन नहालिकन खानु पर्छ ।

सलाद खानुका फाइदा:

1.आंखाँका लागि फाइदाजनक: नियमित रुपले सलाद खानाले तपाईंको आँखाको ज्योती तेजिलो हुन्छ । सलादमा प्रयोग हुने तरकारीहरु विशेष गरेर पालुङ्गो भिटामिन एले भरिपूर्ण हुन्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ । यदि तपाईं आफ्नो आँखा सधैं तेजिलो भइरहोस् भन्ने चाहनुहुन्छ भने नियमित रुपले सलाद खानु पर्छ र त्यसमा पालुङ्गोको साग र अन्य तरकारीहरु पनि समावेश गर्नु पर्छ ।

2.राम्रो निद्राका लागि सलाद: यस बारेमा अहिलेसम्म भैसकेका विभिन्न सर्वेक्षणहरुमा के कुरा प्रमाणित भैसकेको छ भने यदि तपाईं नियमित रुपले सलाद खानु हुन्छ भने तपाईंको अनिद्राको समस्या कम हुन सक्छ र तपाईंलाई राम्रो निद्रा लाग्न सक्छ । सलादमा प्रयोग हुने तरकारी लेटसमा लेक्दुकोरियम नामक तत्व हुन्छ, जसलाई निद्रा बढाउने तत्वको रुपमा चिनिन्छ । यदि तपाईं आफ्नो दैनिक आहारमा सलादलाई समावेश गर्नु हुन्छ भने अनिद्राको समस्या टाढा हुन्छ ।

3.पाचन प्रक्रिया राम्रो हुन्छ: सलाद खाएपछि तपाईंलाई निश्चित रुपमा पेट भरिएको महसुस हुन्छ, तर सलाद खानाले पेट फुल्ने समस्या हुँदैन । यसका साथै सालद खानाले भारीपन अथवा अल्छि लागेको जस्तो महसुस हुँदैन । यसबाहेक सलादमा फाइबर पर्याप्त मात्रामा हुन्छ । त्यसैले यसले पाचनक्रियालाई राम्रो बनाउँछ र कब्जियतको समस्या पनि कम हुन्छ ।

4.इम्यूनिटीलाई बलियो बनाउँछ: यदि तपाईंको इम्यूनिटी अर्थात रोगसंग लड्ने क्षमता बलियो भयो भने कुनै पनि रोग लाग्न पाउँदैन । त्यसैले आफ्नो इम्यूनिटीलाई बलियो बनाउनका लागि सलाद सेवन गर्नु राम्रो उपाय हो । सलादमा समावेश एन्टि-अक्सिडेन्टले तपाईको इम्यूनिटी पावरलाई बलियो बनाउँछ ।

5.वजन कम गर्नका लागि: सलादमा क्यालोरी धेरै कम हुन्छ भने पोषक तत्वहरुको मात्रा धेरै हुन्छ । यदि तपाई आफ्नो वजन कम गर्ने सोच्दै हुनु हुन्छ भने तपाईंले नियमित रुपमा सलाद खान शुरु गर्नु पर्छ ।

सलादका केही हानिहरु पनि छन्:

सलादमा काँचो तरकारीको प्रयोग हुने भएकाले तपाईंले ती तरकारीहरुलाई सफा पानीले पखाल्नु अति नै आवश्यक छ । ती तरकारी अथवा फलफुललाई राम्रोसंग पखालिएन भने तिनीहरुको माथिल्लो सतहमा रहेका ब्याक्टेरियाहरु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् ।

  • 1.सलाद कोहि मानिसका लागि एलर्जीको कारण पनि बन्न सक्छ ।
  • 2.साना शिशुहरुलाई गोलभेंडा र काँक्रोको सलाद खान दिनु हुँदैन । त्यसले उनीहरुलाई हानि पुर्‍याउन सक्छ ।
  • 3.गर्भवती महिलाहरुका लागि काँचो सलाद खाने सल्लाह दिइँदैन । त्यसले उनीहरुको शरीर सुन्निन सक्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हामी दैनिक प्याज त खाइरहेका हुन्छाै तर किन खाने प्याज ? के पाइन्छ यसमा ? के के छन् त फइदा जानिराखाै

यदि तपाइ प्याजलाई केवल तरकारीको रुपमा मात्रै लिनुहुन्छ भने जानि राख्नुहोस प्याज तरकारीको रुपमा मात्रै हैन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कतिपय रोगका लागि यो अचुक औषधि हो । यसलाई सहिसमयमा सहि तरिकाले प्रयोग गर्न जाने धेरै फाइदाजनक छ प्याज ।

आउनुहोस जानौ प्याजका केहि फाइदाहरु:

  • १. गर्मि मौसममा लु लाग्ने डर हुन्छ । यदि तपाइ काँचो प्याज वा प्याजको रस खानुहुन्छ भने तपाँइलाई लु लाग्ने सम्भावना कम हुन्छ ।
  • २. कपाल झर्ने समस्याले धेरैलाई सताएको हुन्छ । यस्तो अवस्थामा प्याजको रस निकै उपयोगि हुन्छ । प्याजको रस लगाउनाले कपाल झर्ने समस्यामा कमि आउनुका साथै कपाल चम्किलो पनि हुन्छ ।
  • ३. यति तपाइलाई पिसाब रोकिने समस्या छ भने पनि प्याज फाइदाजनक हुन्छ । यसको रस पिउनाले पिसाब रोकिने समस्यामा कमि आउनुका साथै पेटका अन्य रोगहरुमा पनि फाइदा दिन्छ ।
  • ४. प्याजको लेयर गरम हुन्छ, यसले चिसोका कारण हुने समस्या कम गर्न मद्दत पुर्याउछ । चिसोका कारण नाक बन्द भएको छ भने पनि प्याज उपयोगि मानिन्छ ।
  • ५. प्याज कुनै बुटि भन्दा कम मानिदैन,धेरै प्रकारका रोगमा उपयोगि हुनेहुनाले यसले आयु बढाउँछ ।
  • ६. हरेक प्रकारको पत्थरिको समस्यामा प्याजको रस पिउनु लाभदायक मानिन्छ ।
  • ७. यदि तपाइलाई जोर्नि दुख्ने समस्या छ भने प्याजको रसले मालिश गर्दा लाभ मिल्छ ।

गर्मीमा काँचो प्याज खानुका अपत्यारिला फाइदा !

गर्मी महिनामा प्याजलाई निकै फाइदाजनक मानिन्छ । काँचो प्याजलाई दैनिक खानामा समावेश गरे यसले विभिन्न प्रकारका स्वास्थ्य समस्यालाई राहत प्रदान गर्दछ । यसमा पाइने एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक र एन्टी अक्सिडेन्ट गुणले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउँछ । गर्मीमा काँचो प्याजलाई सलादको रुपमा समावेश गर्दा थप फाइदाजनक हुन्छ ।

१. क्यान्सरसँग लड्छ:

युनिभर्सिटी अफ गुएल्फका अनुसार रातो प्याजले स्तन र पेटको क्यान्सरलाई नष्ट गर्न सहयोग गर्छ । यसमा क्वेरसेटिन र एन्थोसायनिन तत्व अत्यधिक पाइने हुनाले क्यान्सरको जीवाणुलाई नष्ट गर्छ ।

२. मुटु स्वस्थ राख्छ:

रातो प्याजमा पाइने फ्लेभोनोइडले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा ओर्ग्यानोसल्फर पनि अत्यधिक पाइने भएकाले मुटु रोगबाट लड्न सहयोग गर्छ । अर्जेन्टिनामा भएको एक शोधका अनसार प्याजमा पाइने ओर्ग्यानोसल्फरले हृदय रोगको समस्यालाई टाढै राख्छ । प्याजमा हुने थियोसल्फिनेट तत्वले रगतलाई प्राकृतिक रुपमा पातलो बनाएर हृदयघातबाट जोगाउँछ । प्याजले कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रणमा राख्छ । जसका कारण मुटु स्वस्थ हुन्छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसको एक रिपोर्ट अनुसार प्याजमा पाइने फ्ल्याभोनोइड्सले मोटो व्यक्तिहरुको ‘ब्याड कोलेस्ट्रोल’हटाउन सहयोग गर्छ ।

३. रगतमा चीनिको मात्रा घटाउँछ:

प्याजमा पाइने सल्फर (एस–मिथाइलसिस्टेन) र क्वेरसेटिनले रगतमा चीनिको मात्रा कम गर्न सहयोग गर्छ । यद्यपी, प्याजलाई नियमित रुपमा मधुमेहको औषधीसँगै खाँदा मात्र यसले प्रभावकारी ढङ्गले काम गर्छ ।

४. पाचन क्रियालाई मजबुत बनाउँछ:

प्याजमा पाइने इनुलिन नामको फाइबरले पाचन क्रियालाई बलियो बनाउने काम गर्छ । इनुनिलले आन्द्राका लागि आवश्यक ब्याक्टेरिया पैदा गर्दछ । यो फाइबर खाँदा यसले शरिरमा स्वस्थ ब्याक्टेरियाको स्तरलाई कायम राख्न सहयोग गर्छ । प्याजमा पाइने अर्को प्रकारको फाइबर – ओलिगोफ्रुक्टोसले विभिन्न प्रकारको झाडालाई निको पार्ने क्षमता राख्छ । यस्तै फाइटोकेमिकल तत्वले ग्यास्ट्रिक अल्सरको जोखिमलाई नियन्त्रणमा राख्छ । प्याजमा पाइने प्राकृतिक प्रिबायोटिक्सले कब्जियतमा पनि राहत दिलाउँछ । प्याजले पेट दुख्ने समस्या, पेटको किरालाई नष्ट गर्ने गर्दछ ।

५. रोग प्रतिरोधी क्षमतामा वृद्धि:

प्याजमा सेलेनियम हुन्छ जसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा पाइने मिनरलले पनि रोगबाट लड्ने क्षमता प्रदान गर्छ । प्याजलाई रसियामा रुघा खोकी लाग्दा औषधीको रुपमा प्रयोग गरिन्छ ।

६. निन्द्रामा सुधार प्याजमा प्रोबायोटिक हुन्छ जसले निन्द्रामा सुधार र तनाव कम गर्ने अनुसन्धानले बताएको छ ।

७. स्वस्थ यौन स्वास्थ्य:

पश्चिमी युगन्डामा प्याजलाई बाँझोपन र इरेक्टाइल डिस्फक्सनमा उपचारका लागि प्रयोग गरिन्छ । प्याजले विशेषगरी पुरुषलाई फाइदा गर्ने बताइएको छ । प्याजको रसमा मह मिसाएर पिउँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि गर्दछ ।

हेर्नुहोस् त काचो प्याजले यी रोगहरुबाट कसरी बचाउछ ?

खानाका परिकारमा अथवा सलादका रुपमा खाइने प्याज स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । कतिपय मानिसहरु त प्याजलाई चटनी अथवा चाटका रुपमा पनि खाने गदर्छन् । तर काचो प्याज खानु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण काचो प्याजको सेवनले गम्भीर बिरामीहरुलाई जरैदेखि हटाउने क्षमता राख्दछ ।

यस्ता छन्, काँचो प्याज खादाका फाइदाहरु:

  • 1.प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
  • 2.प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ ।
  • 3.प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।
  • 4.काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा टाँसिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ ।
  • 5.काँचो प्याज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ । यसले कब्जियतको समस्या देखिने बिरामीलाई पनि फाइदा हुन्छ । काँचो प्याज खानाले नाकबाट वेला–वेलामा बग्ने रगत पनि रोक्न सक्छ । नाकबाट रगत बग्न थाल्यो भने काँचो प्याज सुँघ्नुपर्छ ।

यस्ता रोगहरुबाट प्याजले छुटकार दिलाउछ:

१.पत्थरी: बिहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिउनुहोस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।

२.रक्ताल्पता: दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन् ।

३.घाँटी खसखसाउने: रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुहोस् ।

४.रक्तचाप: प्याजमा पाइने मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउनुहोस् ।

५.कब्जियत: प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक हुन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।

६.मधुमेह: काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।

७. एनीमिया: हरेक दिन एक काचो प्याज खानाले शरीरमा रगतको मात्रा कम हुन दिदैँन । यसका साथै प्याजमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउने गर्छ ।

प्याजको बोक्राको औषधिय गुण यस्तो छ:

प्याजको बोक्रा प्राय हामीले फल्ने गर्छौ। तर, प्याजको बोक्रा फाल्नु हुँदैन । यसमा धेरै औषधिय गुण पाइन्छ । त्यसैले प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ ।

सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ । यसका फाइदाहरु यस प्रकार छन्ः

हेयर कन्डिसनरको रुपमा प्रयोग:

नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम बनाउँछ ।

कोलेस्ट्रोल कम गर्न सहयोगी: प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई कम गर्न सहयोग गर्दछ । यसका लागि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् ।

पेटको संक्रमणबाट बचाउ: प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन् भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।

क्यान्सरबाट बचाउ: प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।

एन्टी इन्फ्लामेटरी गुण: यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।

किरा, लामखुट्टेबाट राहत: यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ भने यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन् ।

प्याज खाँदा मात्र नभई शरीरमा दल्दा पनि फाइदा हुन्छ:

राती सुत्नुअघि मोजामा प्याज राखेर सुत्दा विभिन्न फाइदा हुने विभिन्न वैज्ञानिक आधार छन् । राती सुत्नुअघि मोजाभित्र प्याज राख्दा यसको पोषक तत्व तपाईंको छालाले सोस्ने गर्दछ जसका कारण स्वास्थ्यलाई विभिन्न फाइदा पुग्ने गर्दछ ।

वास्तवमा तपाईंको पैतालामा यस्ता विभिन्न कोसिका हुन्छन् जुन शरिरको विभिन्न कोसिकासँग सम्बन्धित हुन्छ । यो चीनियाँ चिकित्सामा शिरबिन्दुको रुपमा मानिन्छ अर्थात् शरिरको एउटा यस्तो हिस्सा जो शरिर भित्रको प्रत्येक अंगको बाटो हो ।

के हो वैज्ञानिक आधार:

पैतालामा विभिन्न प्रकारको नशाको अन्त्य हुन्छ (लगभग ७ हजार) जुन शरिरको विभिन्न अंगसँग जोडिएको हुन्छ । यसले शरिरभित्र एक शक्तिशाली बिजुलीको सर्किटजस्तो काम गर्दछ तर जुत्ता चप्पल लगाएका कारण यो निष्क्रिय हुन्छ । त्यसै कारण हामीले केही घण्टाका लागि नाङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह दिइन्छ । प्याज (र लसुन) हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई नष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक एसिड रगतमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ । तर ध्यान राख्नुहोस्, एकपटक प्रयोग गरिसकेको प्याजलाई पुनः प्रयोग नगर्नुहोस् ।

प्याजलाई प्रयोग गर्ने तरिका:

१. अर्गानिक प्याज (सेता वा रातो प्याज) लाई स्लाइस पार्नुहोस् । अर्गानिक प्याजमा किटनाशक र अन्य केमिकलको प्रयोग नहुनेभएकाले यो रातीको समयमा सजिलै तपाईंको रगतमा प्रवेश गर्दछ ।

२. प्याजको प्राकृतिक चिकित्सा शक्तिले तपाईंको छालाको माध्यमबाट काम गरेर रगतलाई शुद्ध गर्दछ, ब्याक्टेरिया र किटाणुलाई मार्ने र विषाक्त पदार्थलाई अवशोषित गर्न मद्दत गर्दछ । यसलाई कोठाको हावा शुद्ध गर्न पनि प्रयोग गर्न सकिन्छ ।

ब्याक्टेरिया र किटाणु टाढा रहन्छ: प्याजमा एन्टी ब्याक्टेरियल र एन्टी वायरल गुण हुन्छ । दिनभरी हिँड्दा र माटोको सम्पर्कमा आएपछि पसिनाका कारण खुट्टामा थुप्रै किटाणु टाँसिएका हुन्छन् जसको सफाइएमा हाम्रो ध्यान जाँदैन । त्यसकारण पैतालामा प्याज रगड्दा ब्याक्टेरिया र किटाणु नष्ट हुन्छन् ।

रगत शुद्ध पार्छ:

आजकाल खानपिनको गलत व्यवहारका कारण रगत अशुद्ध हुने गर्छ जसका कारण हामी बिरामी पर्छौं । प्याजमा फस्फोरिक एसिड हुने भएकाले यो छालाको माध्यम हुँदै रगतलाई शुद्ध पार्न मद्दत गर्दछ ।

हावालाई शुद्ध गर्छ:

जब तपाईं सुत्नुहुन्छ तब खुट्टामा प्याज राख्दा वरिपरि फैलिएको गन्धबाट छुटकारा पाउनुका साथै विषाक्त र केमिकललाई अवशोषित गर्दछ

लाम्खुट्टेले टोक्दा:

लाम्खुट्टेले टोकेर रातो भएको छ भने त्यहाँ प्याज काटेर दल्नुस् । फुलेको र फोका आएको पनि निको हुन्छ ।

कपाल झरेको:

कपाल धेरै झर्ने गरेको छ भने टाउकोको छालामा काटिएको प्याज दल्नुस् । कपाल झर्न बन्द हुन्छ ।

कुकुरले टोक्दा:

कुकुरले टोक्यो भने प्याज पिँधेर त्यसमा मह मिसाएर पेस्ट बनाएर लगाउनुस् । संक्रमण रोकिन्छ अनि तत्कालै डक्टरकोमा गइहाल्नुस् ।

पैताला पोल्दा:

कसैकसैलाई पैताला पोलेर आत्तिने स्थिति आइलाग्छ । यस्तो समस्या छ भने पैतालामा प्याज दल्नुस् । पोल्न छोड्छ ।

छालाको संक्रमण: छालामा संक्रमण भएको छ भने उक्त भागमा प्याजको टुक्रा दल्नुस् । संक्रमण हराउँछ ।

सम्बन्धित समाचार

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

एक चम्चा बेसार दूधमा हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा

बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

जुका परेमा पेटमा मात्रै होइन फोक्सोमा समेत संक्रमणको जोखिम

पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । जुकाहरू राउन्डवर्म, थ्रेडवर्म, हुकवर्म गरी विभिन्न प्रकारका हुन्छन् । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् ।

किन टाँगिन्छ ढोकामा खुर्सानी र कागती ? यस्तो छ वास्तविक कारण

हामीले प्रायजसो ढोकामा कागती र खुर्सानी टाँगेको देख्छौं। कसैले घरमा त, कसैले पसलमा यसरी टाँग्ने गरेका हुन्छन् । यसले नराम्रो नजर र नकारात्मक शक्तिबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । तर, यसको वास्तविकता हामीले सोचेको भन्दा फरक छ ।

ताजा समाचार

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X