Monday, September 28, 2020

Monday, September 28, 2020
कोरोना भाइरस कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।

६५ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज:

काठमाडौं– कोरोना संक्रमणबाट सोमबारसम्म ६५ प्रतिशत बिरामी डिस्चार्ज भएका छन्। संक्रमणमुक्त हुनेको कुल संख्या ३० हजार ६७७ पुगेको छ।

याे कुल स‌ंक्रमितकाे ६५ प्रतिशत हाे। आजसम्म ४७ हजार २३६ जनामा संक्रमण भएकाे छ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ छ।

आज एक हजार ७३६ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म प्रदेश १ बाट दुई हजार ६७९, प्रदेश २ बाट आठ हजार ७९७, बागमतीबाट चार हजार १५० संक्रमणमुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट एक हजार ८४१ जना, प्रदेश ५ बाट पाँच हजार ४८१, कर्णालीबाट दुई हजार ३४९ जना र सुदूरपश्चिमबाट पाँच हजार ३८० संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

ताजा समाचार

मुम्बई दोस्रो जित निकाल्ने योजनामा

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो ।

मुटुरोगीलाई कोरोना किन बढी खतरनाक ?

छाती दुखेर अस्पताल गएका एकजना कलाकार कोरोनाको डरले अस्पतालको गेटबाटै फर्के, तर उनलाई हृदयघातले छोडेन, केही समयपछि उनको मृत्यु भयो ।

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।
X