Connect with us

अन्तर्राष्ट्रिय

यही हप्तादेखि आम सर्वसाधारणलाई कोरोनाभाइरसको भ्याक्सिन दिन सुरु गरिने !

११ अगष्टमा सफल घोषित गरेर स्वीकृति दिइएको रुसको कोरोनाभाइरस भ्याक्सिन स्वीकृति पाएको एक महिनापछि आम सर्वसाधारणलाई दिन सुरु गरिने भएको छ ।

Published

on

Nepal Online Patrika| Source: ११ अगष्टमा सफल घोषित गरेर स्वीकृति दिइएको रुसको कोरोनाभाइरस भ्याक्सिन स्वीकृति पाएको एक महिनापछि आम सर्वसाधारणलाई दिन सुरु गरिने भएको छ । रुसले यही हप्तादेखि आफ्नो कोरोनाभाइरस भ्याक्सिन आम सर्वसाधारणका लागि उपलब्ध हुने जनाएको छ रुसका एक शीर्ष अधिकारीले रुसले विकास गरेको कोरोनाभाइरस भ्याक्सिन ‘स्पुतनिक भी’ आम नागरिकको लागि जारी गरिने जानकारी दिएका हुन् ।

यो भ्याक्सिनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगष्टमा लञ्च गरेका थिए । रुसको समाचार एजेन्सी तासले रशियन एकेडेमी अफ साइन्सेजका उपनिर्देशक डेनिस लोगुनोभको हवाला दिँदै स्पुतनिक भी भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयको अनुमतिपछि व्यापक उपयोगको लागि जारी गरिने बताएको छ । स्वासथ्य मन्त्रालयले यसको टेस्ट गर्न लागेको र छिटै यसको अनुमति प्राप्त गरिने उनले बताएका छन् ।

रिपोर्टका अनुसार उनले आम नागरिकलाई भ्याक्सिन उपलब्ध गराउनको लागि निश्चित प्रक्रिया भएको बताएका छन् । १० देखि १३ सेप्टेम्बरको बीचमा आम नागरिकको प्रयोगको लागि भ्याक्सिनको ब्याचको अनुमति प्राप्त गरिने र त्यसपछि आम सर्वसाधारणलाई भ्याक्सिन लगाउन सुरु गरिने उनले बताएका छन् । यो भ्याक्सिनलाई रुसको गेमालेया इन्स्टिच्युटले रुसको रक्षा मन्त्रालयसँग मिलेर तयार गरेको हो ।

भारतमा भयावह बन्दै कोरोना भाइरस : विश्वकै दोस्रो नम्बरमा उक्लियो:

काठमाडौं / छिमेकी मुलुक भारतको कोभिड १९ को संक्रमण भयावह बन्दै गएको छ । हालसम्मको तथ्यांक हेर्नेहो भने भारत सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।

भारतमा शनिबार ९० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमित भेटिएका थिए । पछिल्लो तथ्यांक अनुसार भारत ब्राजिललाई पछि पार्दै सूचीमा एक कदम माथि आएको हो।

पहिलो स्थानमा अमेरिका छ भने ब्राजिल तेस्रो स्थानमा झरेको छ। चौथो स्थानमा रहेको रसिया ब्राजिलभन्दा ३० लाख कम संक्रमित भएको मुलुक हो।

सबैभन्दा धेरै खराब अवस्था भएको मुलुक अमेरिका ६४ लाख ६० हजार भन्दा धेरै मानिस संक्रमित छन्।

दोस्रो स्थानमा उक्लिएको भारतमा यो संख्या ४२ लाख २ हजार रहेको छ। तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ३७ हजार संक्रमित छन्। चौथो स्थानमा रहेको रसियामा संक्रमितको संख्या १० लाख २५ हजार रहेको छ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending