Monday, September 21, 2020

Monday, September 21, 2020
मौसम माैसम : बिस्तारै वर्षा घट्दै, चिसो बढ्दै

माैसम : बिस्तारै वर्षा घट्दै, चिसो बढ्दै

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नेपालमा अब बिस्तारै वर्षा कम हुँदै गएको र चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वर्षा हुने क्रम जारी नै रहे पनि पहिलेको तुलनामा मात्रा कम हुँदै गएको हो।

‘अहिले दुई/तीन घण्टा पानी पर्दा पहिले एक घण्टा परेजतिको प्रभाव पर्छ,’ मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘त्यस्तो उल्लेख्य मात्रामा तापक्रम घटिनसकेकाे भए पनि बिहान–बेलुका चिसो महसुस हुन थालेको छ, बिस्तारै दिन पनि छाेटिँदैछन्।’

उनका अनुसार जुलाई र अगस्टलाई वर्षाका लागि ‘पिक सिजन’ मानिन्छ भने सेप्टेम्बरलाई खासै पानी पर्ने महिना मानिँदैन।

आज सेप्टेम्बर ८ तारिख भइसकेको छ। सामान्यतया मनसुन (वर्षा याम) को अन्त्य सेप्टेम्बर २३ लाई मानिन्छ।

‘तर ठ्याक्कै यही दिन मनसुन अन्त्य हुन्छ भन्न सकिन्न,’ मौसमविद् अर्यालले भने, ‘केही वर्षयता अलि लम्बिएकै पाइएको छ, कहिलेकाहीं अक्टोबरसम्म पनि लम्बिन सक्छ।’

तर पनि अब अघिल्ला महिनामा जस्तो व्यापक बाढीपहिरो जाने गरी वर्षा नहुने उनको अनुमान छ।

‘अहिले बादलले आकाश ढाकेर धुम्म भए पनि त्यसबमोजिम व्यापक वर्षा हुने सम्भावना हुन्न,’ उनले भने।

तर पहाडी क्षेत्रमा पहिलेकै वर्षाले जमिन भिजेकाले सानो वर्षाले पनि पहिरोको जोखिम हुन सक्ने भएकाले होसियारी भने अपनाउनुपर्ने उनको सुझाव छ।

आज वर्षाको सम्भावना:
मौसमविद् अर्यालका अनुसार अहिले बिहान खासगरी गण्डकी प्रदेशदेखि पूर्व केही स्थानमा वर्षा भइरहेको छ।

‘बिस्तारै अन्य स्थानमा पनि मौसम बदली हुँदैछ,’ उनले भने, ‘आज खासगरी प्रदेश ५ देखि पूर्व केही स्थानमा वर्षा हुने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थान (मौसमविद् अर्यालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक) मा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले मंगलबार बिहान जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार

कहाँ कहाँ हुँदैछ भारी वर्षा ? यस्तो हुनेछ सातै प्रदेशको मौसम

काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षा हुने भएको छ ।

आजदेखि देशभर ठूलो पानी पर्ने, यी प्रदेशमा बाढी, पहिरो र डुबानको ‘खतरा’

आज (बुधबार) देखि देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने मौसमविदले जानकारी दिएका छन् ।

आज पनि कतै/कतै ठूलो पानी पर्ने संभावना

आज पनि कतै/कतै ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

आज देशका यी स्थानमा ठुलो पानी पर्ने

आज मंगलबार देशका केही सथानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । आज देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेकोले सबै प्रदेशहरुका थोरै स्थानहरु पानी पर्ने सम्भावना रहेको छ ।

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X