औषधीको भण्डार बदामको दैनिक सेवनले फाइदै फाइदा

0
139

Nepal Online Patrika| Kathmandu: जाएको बदामको तुलनामा अकुंरित बदाम धेरै स्वास्थ्यवर्दक हुने गर्दछ । बदामले स्तनमा दुध वृद्धि गर्दछ । कब्जियतको पीडाबाट मुक्ति पाउनका लागि पनि बदाम खाने गरिन्छ । बदामले कफका साथमा रगत आउने समस्यालाई ठिक गर्दछ । बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ ।

बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा बदाम चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य छ । बदाम खानाले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ ।

क्षमताभन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाई खराब गर्ने पनि गर्दछ । यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाई कम गर्नमा अझ प्रभावकारी हुन्छ ।

छालामा चमक:

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्याधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ ।

डिप्रेसनबाट जोगाउँछ:

बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस् ।

कोलेस्टेरोल तह नियन्त्रण:

बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।

डायबिटिजबाट जोगाउँछ:

बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ‘ब्लड सुगर’को तह कायम राख्न सघाउँछ । यसले डायबिटिजको समस्याबाट जोगाउँछ ।

क्यान्सरबाट बचाउँछ:

बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुने हुँदा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ ।

स्ट्रोकको खतरामा कमी:

बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन् । जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

बदाम खानले एलर्जी रोक्छ:

बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो ।

शोधले देखाएअनुसार शिशुवस्थामा नै बदाम खुवाइँदा ८० प्रतिशतले शिशुहरूमा हुने एलर्जीलाई घटाउन सहयोग हुने बताइएको छ । यो अध्ययन ‘द नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ले गराएको थियो । संस्थाले यो पत्ता लगाउनुलाई महत्वपूर्ण खोज भनेको छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

मेथीका दाना पनि हुनसक्छ घातक, यस्ता व्यक्तिले भूलेर पनि नखानुहोस्:

थीदानाको उपयोग स्वादको लागी मात्र किचनमा प्रयोग नभई कयौँ मानिसहरू स्वास्थ्य लाभका लागी पनि यसलाई औषधीको रूपमा प्रयोग गर्ने गर्छन । यदि तपाई पनि स्वास्थ्यको लागी मेथिदाना खानुहुन्छ भने यसबाट हुने नोक्सान बारे पनि अवश्य जानकारी राख्नुहोस् ।

१) यो आवश्यक छैन कि मेथिदाना सबैको लागी फाइदायुक्त छ । केही मानिसका लागी यो नोक्सानदायक पनि हुन्छ । विशेषगरी जो मानिसहरू ब्लडशुगर वा डायबिटीजको रोगी हुन्छन् उनीहरूले यसको सेवन सावधानीपूर्वक गर्नुपर्दछ किनभने यसले शुगरको स्तरलाई प्रभावित गर्छ ।

२) कयौँ पटक यसलाई खाँदा पेटमा समस्या पनि हुन्छ । जस्तै पेटमा ग्याँस बन्नु, खट्टो डकार आउनु आदि । यसबाट बँच्नको लागी यसको मात्राको विशेष ध्यान राख्नुहोस् ।

३) कयौँ पटक मेथीदाना खानाले त्वचा सम्बन्धी समस्या पनि हुनसक्छ त्वचामा सूजन वा दुखाई जस्ता समस्या पनि यसको सेवन गर्नाले हुनसक्छ ।

४) यो गरम प्रकृतीको हुन्छ । यसबाट मूत्र सम्बन्धी समस्या पनि हुनसक्छ । मूत्रमा अनौठो गन्ध आउने वा अन्य समस्याबाट बँच्नको लागी यसको प्रयोग सोच-विचार गरेर गर्नुहोस् ।

५) गर्भवती महिला र नवजात शिशुको आमाले यसको प्रयोगमा सावधानीपूर्वक सचेत रहनुपर्दछ । यसबाट पखाला जस्ता समस्या हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here