‘कोरोना अन्तिम महामारी होइन’

0
159

Nepal Online Patrika| Kathmandu: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एधनोम गाब्रियससले कोरोना संक्रमण संसारका लागि अन्तिम महामारी नभएको बताएका छन्। दुनियाँमा भविष्यमा आउन सक्ने संकटका निम्ति तयार रहन समेत उनले आग्रह गरेका छन्।

उनले भने, ‘‘इतिहासले हामीलाई महामारी जीवनको एक हिस्सा हो भनी सिकाएको छ। तर, आगामी महामारीसँग लड्न पनि हामी सबै उसैगरी तयार रहनुपर्छ।’’ गाब्रियससले भर्चुअल कन्फ्रेन्समा कोरोना दुनियाँका मानिसले भोग्ने अन्तिम महामारी नभएको बताएका हुन्।

संसारभर औद्योगिक उन्नति निकै भएको तर तिनले सार्वजनिक स्वास्थ्य प्रणालीमा भने ध्यान दिन नसकेकोमा उनले चिन्ता जाहेर गरे। डब्ल्यूएचओले मार्च ११ का दिन कोरोनालाई वैश्विक महामारी घोषणा गरेको थियो।

सोमबार जारी गरिएको आँकडा अनुसार संसारभर कोरोना भाइरसबाट आठ लाख ९१ हजारको ज्यान गइसकेको छ। यसबाट संक्रमित करिब पौने तीन करोड पुगेका छन् भने निको हुने झण्डै दुई करोड पुगेका छन्।

जापानको अर्थतन्त्र अनुमानभन्दा बढी खस्कियो:

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण विश्को तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानको ७.९ प्रतिशतले खस्किएको छ। आर्थिक वर्षको दोस्रो क्वाटर जुनदेखि अप्रिलको मंगलबार सार्वजनिक भएको तथ्यांकले जापानको आधुनिक इतिहासकै ठूलो गिरावट आएको देखाएको छ।

कर्पाोरेट क्षेत्रमा लगानी कमजोर भएसँगै जापानको अर्थतन्त्रमा गिरावट आएको उल्लेख गरिएको छ। सन् १९८० देखिको तथ्यांकका आधारमा सन् २००८ को फाइनान्सियल क्राइसिभन्दा जापानको अर्थतन्त्रमा ठूलो संकुचन देखिएको हो।

घरेलु खर्चमा ७.६ प्रतिशतले गिरावट आएको छ। ब्लुमबर्गका अनुसार अर्थविद्हरुले दोस्रो क्वाटरको घाटा अनुमान ३.७ प्रतिशत गरेका थिए। तर, अनुमानभन्दा झण्डै दोब्बर घाटा देखिएको छ।

जापानको अर्थतन्त्रमा गत वर्षको तुफानका कारण समेत गिरावट आएको थियो। सोही क्रममा कोरोना भाइरसको महामारीले त्यहाँ झनै संकट उत्पन्न गरिदिएको छ।

जापानमा ७८ हजारभन्दा बढी कोरोना भाइरसकाका केसहरु रहेका छन्। मृत्यु हुनेको संख्या १४ सयभन्दा कम छ। गत अप्रिलमा देशव्यापी लकडाउनको घोषणा गरिएको थियो र जुनमा आपतकालिन घोषणा हटाइएको थियो। त्यससँगै विस्तारै व्यापार एवं उद्योग क्षेत्रहरु खुला गरिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here