Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल खुशीको खबर: कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने तयारी !

खुशीको खबर: कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने तयारी !

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने भएको छ। उर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उर्जामन्त्री वर्षमान पुनले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेका हुन्। ‘मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान फाइल तयार गरिसकेको छ’, ती अधिकारीले सोमबार भने, ‘प्रस्ताव लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा छलफल गर्ने कुरा भएको हो।’

नेकपाका सचिवालयका एक नेताका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको भेटवार्तामा घिसिङको पुनर्नियुक्तिबारे छलफल भएको छ। ‘आज प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच घिसिङलाई निरन्तरता दिनेबारे छलफल भयो तर, अझै टुंगिएको छैन’, सचिवालयका ती नेताले भने, ‘घिसिङलाई निरन्तरता दिन प्रधानमन्त्री अझै त्यत्ति सकारात्मक हुनुहुन्न तर, जनताको पनि माग भएकाले विस्तारै वातावरण सकारात्मक बन्छ होला।’ पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गरेका घिसिङलाई पुनर्नियुक्ति दिन नागरिक तहबाटै व्यापक माग भइरहेको छ।

घिसिङ आफैंले भने केही दिनअघि विज्ञप्ती मार्फत् प्रधानमन्त्री ओली र मन्त्री पुनको नेतृत्व र योजना अनुसार आफुले काम गरेर परिणाम निकालेको बताएका थिए। कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, आइतबार सकिँदै छ। उनलाई त्यसअघि नै पुनर्नियुक्ति दिएर निरन्तरता दिने तयारी मन्त्रालयले गरेको हो। त्यही तयारी अनुसार मन्त्री पुनले दुई हप्ताअघि प्रधानमन्त्री ओलीसँग भेटेर छलफल गरेका थिए। जसमा आफुले प्रधानमन्त्री ओली घिसिङलाई निरन्तरता दिन सकारात्मक रहेको पाएको मन्त्री पुनले बताएका थिए।

नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा बिक्री गर्ने पक्राउ:

कैलाली – सरकारी छाप किर्ते गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् डिएसपी प्रतिक विष्टका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल रहेका छन् ।

उनी २०६५ सालमा जिल्ला मालपोत कार्यालय बर्दियामा कार्यरत हुँदा बर्दियामा रहेको नेपाल सरकारको नाममा रहेको जग्गालाई किर्ते लालपुर्जा बनाइ विभिन्न मानिसबाट आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको थियो ।

२०७३ साल मंसिर ३० गतेको जिल्ला अदालत बर्दियाको फैसलाले उनलाई ३ वर्ष ५ महिना कैद तोकेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन सकिने, रेमिट्यान्समा झनै सहज

नेपाल राष्ट्र बैंकले विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

ताजा समाचार

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।
X