Monday, September 28, 2020

Monday, September 28, 2020
अन्तर्राष्ट्रिय Breaking News: मोदीलाई ठुलो झट्का : भारतीय नागरिक चिनियाँ सेनाको कब्जामा परेपछि, भारतभर चल्यो रुवावासी !

Breaking News: मोदीलाई ठुलो झट्का : भारतीय नागरिक चिनियाँ सेनाको कब्जामा परेपछि, भारतभर चल्यो रुवावासी !

Published:

On: Nepal

वि सं २०७७ भाद्र २३ मंगलवार
नेपाल अनलाइन पत्रिका | काठमाडौं: भारत र चीनबीच तनाव बढिरहेका बेला चिनियाँ सेनाले ५ जना भारतीय नागरिकलाई कब्जामा लिएको भन्दै भारतीय सेनाले एक सन्देश पठाएको छ । भारतीय सेनाका अनुसार उनीहरूलाई सीमावर्ती भारतीय राज्यबाट नियन्त्रणमा लिइएको हो । दुई दिनअघि अरुणाचल प्रदेशका एक सांसदले ट्वीट गर्दै ५ जना भारतीयलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको आ’रोप लगाएका थिए ।

सांसद तापिर गाओले ट्वीट गर्दै सेप्टेम्बर ३ मा सीमा क्षेत्र नजिकै ५ जना नागरिकलाई चिनियाँ सेनाले कब्जामा लिएको आरोप लगाएका हुन् । यद्यपि, उनले त्यसबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई ‘हटलाइन सन्देश’ पठाइएको बताएका छन् । अल्पसंख्यक कार्य राज्यमन्त्री किरेन रिजिजुले सीमा तनाव अन्त्यका लागि सन्देश पठाइएको जनाए ।

एक पत्रकारको प्रश्नको जवाफमा रिजिजुले भारतीय सेनाले उक्त घटनाबारे चिनियाँ पक्षको जवाफ पर्खिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले भने घटनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर यो घटनाले दुई देशबीच तनाव थप बढ्न सक्ने ठानिएको छ ।

चीनले सीमा क्षेत्रमा सैन्य त’नावका लागि उक्साउने काम गरिरहेको आरोप भारतले लगाएको छ । भारतले अगस्ट पहिलो सातामा दुईपटक यस्तो आरोप लगाएको थियो । तर चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

गत जुन १५ को राति गलवान उपत्यकाको एलएसी क्षेत्रमा भारत र चीनका सैनिकबीच हिंसात्मक झडप भएयता दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो । झडपमा २० भारतीय सैनिक मारिएका थिए । घटनामा ७६ जना भारतीय सैनिक घाइते भएका थिए । चिनियाँ पक्षतर्फ भएको क्षतिबारे भने कुनै जानकारी सार्वजनिक गरिएको थिएन । उक्त घटनापछि दुवै पक्षबीच एलएसीको पूर्वसहमतिलाई उल्लंघन गरेको आरोप–प्रत्यारोप चल्दै आएको छ ।

सीमाक्षेत्रमा जारी त’नाव अन्त्यको पहलका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई दिनअघि रुसको राजधानी मस्कोमा चिनियाँ समकक्षीलाई भेटेका थिए ।

modi
modi

त्यसले चाँडै तनाव कम गराउन संवाद अघि बढ्ने अपेक्षा गरिएको भए पनि दुई देशबीचको वाक्युद्ध जारी छ । चीनले सीमा क्षेत्रको तनावका लागि भारत ‘पूर्णरूपमा’ जिम्मेवार रहेको आ’रोप लगाउँदै आएको छ भने भारतले ‘आफ्नो एक इन्च भूभाग पनि नछाड्ने’ बताएको छ ।

त्यसका साथै चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिकहरू परिचालन गरेको र उनीहरूले आ’क्रामक व्यवहार देखाएको भारतीय आरोप छ । दुवै देशले बारम्बार एकअर्कालाई हिमालय क्षेत्रको लद्दाखमा सीमा पार गरेर हिंसा भड्काउन खोजेको आ’रोप लगाउने गर्छन् । विश्लेषकहरूले जुनदेखि सीमा क्षेत्रमा संवेदनशील अवस्था रहेको बताउने गरेका छन् ।

दुई देशबीच विभिन्न चरणमा सैन्य र कूटनीतिक वार्ताहरू भए पनि परमाणु समस्या समाधान भने हुन सकेको छैन । भारत र चीनबीच करिब ३ हजार ५ सय किलोमिटर लामो सीमा जोडिएको छ । त्योमध्ये करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच दशकौंदेखि वि’वाद रहँदै आएको छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दा’बी गर्दै आएका छन् । सीमा विवादलाई नै लिएर सन् १९६२ मा भएको यु’द्धमा भारतले नराम्रो पराजय भो’गेको थियो

सम्बन्धित समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

ताजा समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।
X