Connect with us

रोचक

शरीरको कुन अंगमा कोठी भएका व्यक्ति कस्तो हुन्छन ?

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।

Published

on

Nepal Online Patrika: शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् । जसले व्यक्तिको चरित्र संकेत गर्दछ । त्यसमध्ये कोठी पनि एक हो । शास्त्रमा शरीरको कुन अंगमा कोठी भए के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

  • १. निधारमा कोठी हुनेहरु बलवान हुन्छन् ।
  • २. चिउँडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढी माया गर्दैनन् ।
  • ३. दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढी माया गर्छन् ।
  • ४. बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
  • ५. दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
  • ६. बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
  • ७. ओंठमा कोठी हुने मान्छे यौनको भोको हुन्छन् ।
  • ८. कानमा कोठी हुनेको आयु छोटो हुन्छ ।
  • ९. गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र आराम गरिरहन मात्र चाहन्छ ।
  • १०. दाहिने पाखुरामा कोठी हुने व्यक्तिले समाजमा उच्च स्थान पाउँछ ।
  • ११. बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
  • १२. नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्रायः यात्रा गरिरहनुपर्छ ।
  • १३. दायाँ छातीमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई धेरै प्रेम गर्छन् भने बायाँ छातीमा कोठी हुनेहरु श्रीमतीसंग झगडा गरिरहन्छन् ।
  • १४. कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
  • १५. पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
  • १६. दाहिने हत्केलामा कोठी हुनेहरु बलवान हुन्छन् ।
  • १७. बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
  • १८. दायाँ खुट्टामा कोठी हुनेहरु वुद्धिमान हुन्छन् ।
  • १९. बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

हामीले थप केहि राेचक जानकारी दिइएका छाै जुन तपाईलाई थाहा नहुन सक्छ:

  • १. एउटा मानिसले बर्ष भरिमा लगभग १४ सय ६० सपना देख्दछन् ।
  • २. साङ्लाको टाउको काटिए पनि धेरै हप्तासम्म बाँच्न सक्दछ । तर मर्नुको कारण टाउको काटीएर नभएर भोकको कारणले हो ।
  • ३. गधाको आँखाको बनावट एक विशेष प्रकारको हुन्छ‚ उसले आफ्नो चारै खुट्टा एकै पटक देख्न सक्दछ ।
  • ४. ऊँटको आँखामा तिन पत्र परेला हुन्छ जसले उसलाई मरुभुमीमा उड्ने धुलोबाट बचाउँछ ।
  • ५. Stand Lamp को अविश्कार एक दाँत चिकित्सकले गरेका थिए ।
  • ६. बिरालोको पिसाब अध्याँरोमा चम्किन्छ।
  • ७. सूर्य पृथ्वीभन्दा ३‚३०‚३३० गुणा ठुलो छ ।
  • ८. कुनै पनि बर्गाकार सुख्खा कागजलाई आधा-आधा गरेर ७ पटक भन्दा बढी मोड्न सकिदैन ।
  • ९. विश्वमा प्रकाशन हुने समाचारपत्रमा लगभग आधा जति समाचारपत्र अमेरीका र क्यानाडामा प्रकाशित हुन्छन् ।
  • १०. एउटा भायलिन बाजा बनाउन ७० वटा विभिन्न आकारको काठको टुक्रा आवश्यकता पर्दछ ।
  • ११. चट्याङ पर्दा जुन तापमान पैदा हुन्छ त्यो तापमान सूर्यको सतहमा पाउने तापक्रम भन्दा पाँच गुणा बढी हुन्छ ।
  • १२. जव सिसा फुट्छ ती टुक्राहरु ३ हजार माइल प्रति घण्टाको दरले छरिन्छ ।
  • १३. मानिसको शरिरमा प्रति सेकेण्ड १५ मिलियन रातो रक्तकोष बन्दछन् र मर्दछन् ।
  • १४. चमेरा गुफा बाट निस्कीदा सधै देब्रे पट्टीमात्र उड्दछन् ।
  • १५. जिराफको जिब्रो यती लामो हुन्छ उसले आफ्नो कान जिब्रोले नै साफ गर्दछ ।
  • १६. जापानको शहर टोकियो मा ५० मिनेट भन्दा कम दुरी यात्राको लागी साइकललाई कार भन्दा छिटो मानिन्छ ।
  • १७. ऊँटको दुधबाट दहि बनाउन सकिदैन ।
  • १८. कोको कोलाको असली रंग हरियो हुन्छ ।
  • १९. लाइटरको अविष्कार सलाई भन्दा पहिला भएको थियो ।
  • २०. रुपैया कागज बाट हैन कपास बाट बनाइन्छ ।
  • २१. मानिसको दिमागमा ८० प्रतिशत पानी हुन्छ ।
  • २२. हातको औंलाको छाप जस्तै जीब्रोको छाप पनि मानिस पिछै अलग अलग हुन्छ ।

खुसी रहन चाहनुहुन्छ भने यी ६ कुरा कहिल्यै नभुल्नुहोस्:

शायदै यस्ता कुनै व्यक्ति हाेला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराकाे आशा राखेकाे हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेकाे हुन्छ ।

आशा गर्नु एउटा स्वाभाविक गुण हाे र केही हदसम्म आशा गर्नु पनि पर्छ । नत्र कुनै आशा बिनाकाे जिवन रंगीन बन्न पुग्छ । तर जब हामी अरूबाट धेरै आशा वा अपेक्षा गर्छाै तब यही कुरा हाम्राे दुखकाे कारण बन्न पुग्छ ।

जब कसैले हाम्राे अपेगक्षा पुरा गर्छ, तब हामी खुसी महसुस गर्छाै र जब उसले हाम्राे अपेक्षा पुरा गर्दैन तब हामी आफैलाई दुखी महसुस गर्छाै । त्यसैले अरूबाट धेरै आशा पनि गर्नु हुँदैन । प्राय निम्न कुराहरूमा अरूबाट बढी आशा नगर्नुहाेस् ।

खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्

हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

१. हसाउँने कुराहरु हेर्नुस्:

हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।

२. बाहिर निस्कनुस्:

तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।

३. नियमित ब्यायाम गर्नुस्:

विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।

४. शरीरमा मालिस गर्नुस्:

समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।

५ सुगन्धित तेलको प्रयोग गर्नुस्:

स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइँलाई स्फुर्त बनाउँछ । यसले तपाइँको ब्यक्तित्व पनि आकर्षक बनाउँछ ।

६. सकारात्मक सोंच:

सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपाइँ खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending