Monday, September 21, 2020

Monday, September 21, 2020
नेपाल प्रधानमन्त्री ओलीद्वारा मनोचिकित्सकहरूसँग छलफल, सचेतना अभियान संचालन गर्न आग्रह

प्रधानमन्त्री ओलीद्वारा मनोचिकित्सकहरूसँग छलफल, सचेतना अभियान संचालन गर्न आग्रह

Published:

On: Nepal

वि सं २०७७ भाद्र २३ मंगलवार
नेपाल अनलाइन पत्रिका | काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालयसहित सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गरेका छन् ।

आज बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने उनले जोड दिए ।

उक्त अवसरमा प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्दै प्रधानमन्त्रीले आमन्त्रित गरेर सल्लाह सुझाव लिएकोमा धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्रीले स्पष्ट गरे- “कोभिड- १९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय यो गदान गर्नुपर्छ ।”

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

ताजा समाचार

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X