थप ९०२ मा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ हजार नाघ्यो

0
108

वि सं २०७७ भाद्र २३ मंगलवार
नेपाल अनलाइन पत्रिका | काठमाडौं: काठमाडौँ- देशभर मंगलबार थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।

निको भएर फर्किने कोरोना संक्रमितको संख्यामा वृद्धि, पछिल्लो २४ घण्टामा २२८७ जना संक्रमण मुक्त:

पछिल्लो २४ घण्टामा आजसम्मकै सबभन्दा धेरै कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा मात्रै २२८७ जना निको भएर घर फर्किएका छन्। यससँगै ३२९६४ जना निको भएर घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १०६११ वटा पीसीआर नमूना परीक्षणमध्ये ९०२ जनामा संक्रमित देखिएका छन्।

हाल आइसोलेसनमा १४८६१ जना छन् भने क्वारेन्टिनमा ५३१० जना रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here