Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाली चलचित्र नायक पल शाहले देख्न सकेनन् पहिरो पिडितको आँसु, बाढी पहिरो पीडितलाई राहात लिएर बागलुङ पुगे

नायक पल शाहले देख्न सकेनन् पहिरो पिडितको आँसु, बाढी पहिरो पीडितलाई राहात लिएर बागलुङ पुगे

Published:

On: Nepal

वि सं २०७७ भाद्र २४ बुधवार
नेपाल अनलाइन पत्रिका | काठमाडौं: पछिल्लो पुस्ताका बहुचर्चित अभिनेता हुन् पल शाह । नेपालमा कोरोना कहरको सुरुवातसँगै अभिनेता पलले अन्य कलाकारहरुको भन्दा फरक छवि देखाए । उनले फिल्मको छायांकन नभएको समयमा नै समाजसेवा सुरु गरे । कोरोना संक्रमणको समयमा खानपान समेत वितरण गरेका पलले पछिल्ला दिनमा प्राकृतिक प्रकोपका पिडितहरुलाई पनि सहयोग लिएर गाउँ गाउँमा पुग्न थालेका छन् ।

गत बुधबार राति बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा बा’ढी र प’हिरो जाँ’दा ठूलो ध’नज’नको क्ष’ति भएको थाहा पाए लगत्तै पल सहितको टोली बागलुङका बा’ढी पहि’रो पी’डितलाई खाद्यान्न र आर्थिक सहयोग गर्ने उदेश्यले आज एकाबिहानै त्यसतर्फ लागेको बताइएको छ । गत बुधबार राति बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा बा’ढी र प’हिरो जाँ’दा ठूलो ध’नज’नको क्षति भएको थियो ।

बा’ढी प’हिरोबाट पी’डित बनेका उनीहरुलाई पल शाहसहितको टीमले राहत प्रदान गर्न लागेको बताइएको छ । आज बिहान काठमाडौंबाट हिँडेको पल साहको सहयोगी टिम भोलि बुधबार मात्रै पहिरो गएको स्थानमा पुग्ने बताइन्छ । पलको टिमले करिब ३० देखि ४० परिवारलाई प्रति परिवार एक बोरा चामल, नुन, तेल दाललगायतका खाद्यान्न प्रदान गर्ने तयारी गरेको बताइन्छ ।

पल शाह प्रतिष्ठान, हाम्रो टिम नेपाल र दुर्गेश थापाको समूहले सो राहत प्रदान गर्न लागेको हो । यही भदौ १७ गते बुधबार बाग्लुङको ढोरपाटन नगरपालिकामा गएको सो बा’ढी प’हि’रोमा परेर ज्यान गुमाएका १४ जनाको श’व पहिचान भएको छ भने अझै करिब २ दर्जन सर्वसाधारण बे’पत्ता भइरहेको र उनीहरुको खो’जीकार्य भइरहेको बताइएको छ ।

त्यस्तै यसअघि नायक पल शाहको टिमले कालिकोट पुगेर प’हिरो प्र’भा’वितलाई सहयोग वितरण गरेका थिए । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प’हिरो पि’डितलाई सहयोग गर्न त पल शाह काठमाडौंबाट कालिकोट पुगेर त्यहाँका ४० परिवार पहिरो प्रभावितलाई खाद्यान्न, बिस्तरा लगायतको सहयोग वितरण गरेको छ ।

नायक पल शाहले कालिकोट यात्रा क्रममा बाटोमा आफैंले खाना पकाएर खाएका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । बाढी पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पिडा महसुस गरेर सहयोग गर्न पुगेको बताए । कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो ।

राजधानीमै भोको पेट सडकमा निस्किन थाले मजदूर, सरकार कहाँ छ ?

काठमाण्डु – ‘काम छैन, रोगले भन्दा पनि भोकले मर्ने भइसक्यो । भारी बोक्छु’, रत्नपार्कमा धादिङ घर भएका गणेशबहादुर नेपालीले रुँदै मिडियाका अगाडि आफ्नो बेदना पोखे । उनले काम नपाएपछि पेटमा बाँधेको नाम्लो देखाउँदै भने ‘नाम्लो यहाँ छ । कोठाबाट घरबेटीले भाडा तिर्न नसकेर निकाल्दी हाल्यो । ४५ सय भाडा छ ।’

उनले सडकमा खाना खान थालेको तीन महिना भयो । उनी अहिले कालीमाटीको सडकपेटीमा बस्दै आएका छन् । यी मजदूर त एक प्रतिनिधिमूलक पात्र मात्रै हुन । काठमाण्डु उपत्यकामा ज्याला मजदूरी गरेर पेट पाल्ने मजदूरहरुको संख्या ठूलो संख्यामा रहेको छ । भोको पेटसहित काम नपाएका मजदूरहरु अहिले सडकमा आउन थालेका छन् ।

नायक पल शाहले रोजागरी गुमाएर विचल्लीमा परेकाहरुलाई टुँडिखेलमा खाना खुवाएका छन्। उनले एक बालकलाई खाना खुवाउँदै भनेका छन्, ‘सानो भाई अंकितको मुहारमा एक दिनको लागि भए पनि हाँसो ल्याउन सके जस्तो लाग्छ मलाई । यसरि नै सबैको मुहारमा सधै भरि खुशी देख्न मन छ ।’ सरकारले को’रोना भाइरसको संक्रमणसँगै चैत ११ गतेदेखिको जारी लकडाउन आंशिक रुपमा अझै पनि जारी छ ।

सरकारले साउन ६ गते लकडाउन अन्त्यको घोषणा गरे पनि जिल्लागत रुपमा लक डाउन जारी छ । लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्ने, सडक व्यापार गर्नेहरु बढीजसो मारमा परेका छन् । प्रधनामन्त्री केपी शर्मा ओलीले कोही भोको पेट बस्नुन पर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्रीले भने जस्तो हालको अवस्था विल्कुलै छैन् ।

प्रधानमन्त्रीले आइतबार निजी क्षेत्रका उद्योगी व्यावसायीहरसँगको भेटमा नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै गर्दा नेपालकै राजधानी काठमाण्डुमा दैनिक ज्याला मजदूरी गरेर खाने मजदूरहरुले सडकमा भोकै बसिरहेका थिए। ‘नेपाल मा काम गरेर खान समस्या छैन् । भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन । युवाहरू देशभित्र क्रियाशील हुनूस’, प्रधानमन्त्रीले भनेका थिए ।

सरकारले बिना तयारी लकडाउन गर्दा विशेषगरी दैनिक ज्याला मजदुरी गरेर पेट पाल्नेहरु मारमा परेका छन्। दैनिक मजदुरी गरेर पेट पाल्ने मजदूरहरुलाई सरकारले राहतको प्याकेज नल्याउँदा भोको पेट बस्न बाध्य छन। दाताहरुले रोजगारी गुमाएकाहरुलाई टुँडि खेलमा खाना खुवाउँदै आएका छन् । तर, उनीहरुको यो एक्लो प्रयास पनि सार्थक नहुने देखिएको छ ।

काठमाण्डु उपत्यकाका जनप्रतिनिधिहरुले सडकमा देखिएका भोका मजदूरको विषयमा चासो नदिँदा थप समस्या देखिएको छ । काठमाण्डु महानगर पालिकाकी उपमेयर हरिप्रभा खड्गीले आफ्नो अधिकार क्षेत्रको विषय नभएको भन्दै उक्त विषयबाट पन्छिन खोजिन् । उनले मजदुरको विषय मात्र पूर्ण नहुने बताइन् । उपमेयर खड्गीले घर हुनेहरुले पनि राहत खोज्ने भएकाले थप समस्या देखिएको बताइन् ।

उनले काठमाण्डु उपत्यका नगरपालिका फोरमको हातमा यो अधिकार हुने भन्दै उपमेयरले आफूले केही गर्न नसक्ने बताइन् । उनले काठमाण्डु महानगरका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित भएर आइसोलेसनमा रहेकाले यस्ता मजदूरका लागि राहत प्याकेज ल्याउन थप समस्या भएको बताइन ।

‘सरकारको लकडाउने मजदूर वर्ग मारमा परेका छन् । घर हुनेलाई त समस्या आइसक्यो’, उनले भनिन्, ‘रोगभन्दा भोको पेट धेरै ख’तरा हुन्छ । यस विषयमा मैले आवश्यक पहल कदमी गर्ने छु । दैनिक ज्याला मजदूरी गरेर पेट पाल्नेहरुका लागि महानगरले केही राहतको प्याकेज ल्याउँछ ।’

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X