Connect with us

मनोरञ्जन

प्रधानमन्त्रीलाई नायिका गौरी मल्लको खुलापत्र, सिंहदरबार र बालुवाटारभन्दा बाहिर पनि नेपाल छ यो कुरा नबिर्सनु

लकडाउनको सुरुवातसँगै भारतबाट नेपाल भित्रिने नागरिकलाई कैयौं दिन बोर्डरमा बिचल्ली बनाएर राखियो।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: लकडाउनको सुरुवातसँगै भारतबाट नेपाल भित्रिने नागरिकलाई कैयौं दिन बोर्डरमा बिचल्ली बनाएर राखियो। कैयन नेपाली त लुकीलुकी हिंडेरै भए पनि घरमै पुगेर मर्छौं भनेर हिँडे पनि। कत्तिले धेरै ढिला आफ्नो घर परिवारको मुख हेर्न पाए। त्यस समय यतिसम्म भनियो ‘नेपालमा भित्रेका कोरोनाको संक्रमण सबै भारतबाटै आएको’ हो। सत्तामा टिक्न जे पनि बोल्न सकिन्छ ।

आज उनै नागरिक आफ्नो ज्यान जोखिममा राखेर भारततर्फ़ जाँदैछन्। यतिबेला चाहिं ती मधुर वाक्य कता हराए ?अरुलाई एउटा औंला देखाउँदा आफुतिर अन्य तीन औंला फर्किरहेका हुन्छन भन्ने उखान यहाँ आएर चरितार्थ भएन र ? हिजो भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरुलाई ‘ए मेरा प्यारा नेपाली नागरिकहरु, भारतमा कोरोनाको प्रकोप बढ्दो छ, नेपालमै बस जे गर्न पर्छ हामी गर्छौं’ भनेर किन भन्न सकिरहेको छैन ?

सम्माननीय प्रधानमन्त्रीज्यू

यो मेरो प्रश्न यहाँलाई नै हो। तपाईंको नागरिकको हसियतले येत्ति प्रश्न गर्ने अधिकार हुन पर्छ मलाई। कोरोनाको प्रकोपसंगै नेपालले कमसे कम आफ्ना नागरिक एकत्रित गर्ने मौका पायो। नेपालमै रोजगारी उन्मुख कार्य गर्ने समय आयो भन्ने सबैलाई लागेको थियो, तर यी सब कुराहरुसंग सरकारलाई कुनै सरोकार नै रहेन छ भन्ने कुरा स्पष्ट देखियो।

सम्माननीय प्रधानमन्त्रीज्यू, यहालाई आफुले बेला कुबेला बोल्नुभएका वक्तब्य ट्रोल भइराख्दा रमाइलो गर्ने माध्यम भइरहेको होला अथवा बानी पनि परिसकेको होला, तर हामी सर्वसाधारणलाइ साह्रै लज्जाबोध हुन्छ किनकि हाम्रो मान्यता जसलाई हामीले अत्यन्त विस्वास गरि देशकै शिर्षस्थानमा राखेका छौं, त्यो व्यक्तित्व हाँसोको हैन गर्वको पत्र बनोस्। बिडम्बना, त्येस्तो दिन कमसे कम हाम्रो जीवनमा आउन सकेको छैन।

सम्माननीय प्रधानमन्त्रीज्यू, पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नुपर्यो। सानातिना जस्तो हुन्छ रोजगार दिनतर्फ़ लाग्नुपर्यो। आफ्ना नागरिकको दुःख, समस्या, विपद बेरोजगारीले निम्त्याएको मानसिक अवस्थासंग भिज्नुपर्यो किनकि समस्या जबसम्म आफ्नो बन्दैन, त्यो कहिले समाधानतर्फ़ बढ्दैन। यो देश नै तपाईंको घर हो। हामी जनता नै तपाईंका परिवार हौँ।

यो कुरालाई आत्मसात गर्नुहोस। आफ्नो परिवार छाडेर पलायन हुने रहर कसैलाई हुँदैन, तर आज तपाईंका जनता जानीजानी आगोमा होम्मिन जाँदैछन्, उनीहरुको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईंकै हो। सिंहदरबार र बालुवाटारभन्दा बाहिर पनि नेपाल छ यो कुरा नबिर्सी कार्य गर्नुहोला। सम्माननीय प्रधानमन्त्रीज्यूमा मेरो अति विनम्र याचना छ ।– फेसबुकबाट

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending