Monday, September 28, 2020

Monday, September 28, 2020
नेपाल रोगभन्दा भोकको चिन्ता : रोजगारी खोज्दै भारत जाने बढे

रोगभन्दा भोकको चिन्ता : रोजगारी खोज्दै भारत जाने बढे

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:  कोरोना संक्रमणपछि स्वदेश फर्केका युवा रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ ।

स्वेदशमै रोजगारीको अवसर नहुँदा सुदूरपश्चिमका युवा कैलालीको गौरीफन्टा र कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी नाका हुँदै भारत जान थालेका छन् ।

स्थानीय युवा रोगले भन्दा भोकले पिरोल्न थालेको भन्दै भारत जान थालेका हुन् । लकडाउनमा नेपाल आएका डडेलधुराका दिवेश डैनी परिवार चलाउन समस्या भएपछि फेरि भारत लागेका छन् । गड्डाचौकी नाका हुँदै भारत जान लागेका उनले भने, ‘कोरोना भाइरसको महामारी फैलिएपछि स्वदेश फर्केको थिएँ, जीविकोपार्जनको कुनै उपाय नभएपछि रोजगारीका लागि गुजरात जाँदैछु ।’

कञ्चनपुरको बेलौरी नगरपालिका–३ का विनोद जोशी पनि सबै परिवार लिएर फेरि भारत लागेका छन् । उनी भारतको सीतारगञ्जमा व्यवसाय गरेर गुजारा गर्दै आएका थिए । यता आएपछि हातमुख जोर्नै समस्या भएको भन्दै उनी पनि परिवारसहित भारत हिँडेका हुन् ।

विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै, महँगो भाडा तिरेरै भए पनि युवाहरू नाकासम्म पुगिरहेका छन् । एक सातायता भारत जानेको लर्को बढेको गड्डाचौकी नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक रामबहादुर बमले बताए।

उनका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्ला, प्रदेश ४ का बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र पहाडी जिल्लाबाट कामको खोजीमा दिनहुँ ६०/७० जना भारत पसिरहेका छन् । उनले भने, ‘गड्डाचौकी नाका भएर दैनिक ६०/७० को संख्यामा युवा भारत जान थालेका छन् । सोमबार मात्र ६३ जना युवा भारत गएका छन् । अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै १ हजार ११८ जना गौरीफन्टा नाका र ३५० जना नेपाली गड्डाचौकी नाका भएर भारत पसेका छन् ।

सरकारले भारतबाट फर्किएका युवा जनशक्तिलाई स्वदेशमै रोजगार बनाउने किसिमले सम्बोधन गर्न नसक्दा हातमुख जोर्नकै लागि भारत जानुपर्ने बाध्यता आइपरेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल बताउँछन् ।

उनले कोरोना संक्रमणपछि ठूलो जनशक्ति स्वदेश भित्रिएको तर त्यसको व्यवस्थापनमा सरकार चुकेको बताए । युवा परिचालन गर्ने अवसरबाट सरकार चुकेको उनले बताए ।

लकडाउनले भारी बोकेर जिबिका चलाउन नपाएपछि भोकभोकै रुँदै बसेका गणेश बहादुर लाइ समाजसेवी इशा गुरुङ ले गरिन ठूलो सहयोग:

हार्दिक नमन ईशा दिदी 🙏
अस्ती मंगलबार न्युज २४ सीधाकुरा जनता सँग को कार्यक्रम मा धादिङ घर भई काठमाण्डौं मा भरी बोकेर आफ्नो पेट पाल्ने lockdown का कारण काम न पाएको र आफु भो’क भो’कै बसेको र भारी बोक्ने नाम्लो खाली पेट मा बाँधेका 😭 गणेश बहादुर नेपाली को पी’डा दा’याक रिपोर्ट बज्यो चारै तिर सामाजिक सञ्जाल मा भाईरल भयो😢 ,

त्यो रिपोर्ट हेर्दा सबै को मनमा दुःख अनि पी’डा महसुस भएको थियो 😢 ,

तर यस्तै विचरा भन्ने मात्रै होइन आफू को नजर मा परेका हरेक दु’खी गरीब पी’डित लाई लाखौं रुपैयाँ आफ्नो व्यक्तिगत सहयोग आउनु भएकी ,

आदरणीय बेलायत निवासी दिदी इशा गुरुङ ले ती पीडित गणेश बहादुर नेपाली लाई दुई दिन सम्म खोजी गर्न लगाई Sachin Pandey ज्यू मार्फत आजा कालीमाटी मा भेटेर रु १५.००० / पन्ध्र हजार रुपैयाँ गणेश बहादुर नेपाली लाई सहयोग गर्नु भएको छ

इशा दिदी लाई हिर्दय देखिनै उच्चा सम्मान ❣️🙏
इशा दिदीको जस्तो मन नेपाल सरकार को भइदियोस र गणेश बहादुर नेपाली जस्ता भारी बोकेर खाने नामलो खाली पेट मा बाँधेर हिँड्न न परोस् 🙏

सम्बन्धित समाचार

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

बाबुराम भट्टराई: बला’त्कारीलाई मृ’त्युदण्डको व्यवस्था गरौं

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् ।

श्रीमान् एक बर्ष देखि भारतमा, श्रीमतिले पेट बोकिन् ,खुल्यो यस्तो रहस्य

बैतडीमा अनौठो घटना घटेको छ । श्रीमान् एक बर्ष देखि भारत छन् तर श्रीमतिको पेटमा बच्चा आएको छ । अचानक पेट बढेपछि सोधखोज गर्दा अनौठो रहस्य आएको छ ।

ताजा समाचार

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
X