Monday, September 21, 2020

Monday, September 21, 2020
स्वास्थ्य पेटमा बोसो लाग्न थाल्यो ? त्यसो भए यी खानेकुरा खानुस्, पेटमा बोसो पगाल्नुस् !

पेटमा बोसो लाग्न थाल्यो ? त्यसो भए यी खानेकुरा खानुस्, पेटमा बोसो पगाल्नुस् !

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:  यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् त्यसको सेवनले कस्तो असर पार्छ । बजारमा पाइने केमिकल युक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ । त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ ।

१.लसुनः

लसनु एक प्राकृतिक चिज हो । जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन् । त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२.ग्रीन टीः

केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ । जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ ।

३.केराः

यदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस् केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ ।

४.पुदीनाः

पुदिनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ । त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने । त्यसमा मह मिसाएर पिउने गर्ने । यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ ।

सावधान ! यस्तो अवस्थामा भटमासको सेवन विष खानुजस्तै:

खान–पिनमा शौखिन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरूलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्‍यो, त्यसलाई नखाइ छाड्दैनन् ।

तर आफ्नो स्वास्थ्यको ख्याल राख्नेहरू हरेक समयमा हरेक खाद्य पदार्थको राम्रा तथा नराम्रा गुणबारे जानकारी हासिल गर्न इच्छुक हुन्छन् ।

यसकारण यो आलेखमा हामी तपाईलाई भटमास (सोयाबीन)सँग सम्बन्धित केही कुराहरु बताउँदै छौं । भटमास, जसलाई प्रोटिनको स्रोत मानिन्छ । यसको अतिरिक्त भटमासमा भिटामिन–ए पनि भरपुर मात्रामा पाइन्छ । भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ । जो शरीरलाई फिट राख्न धेरै आवश्यक हुन्छ ।

त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन्, उनीहरुका लागि भटमास धेरै फाइदाजनक हुन्छ । तर केही व्यक्तिका लागि भने भटमास वि’ष ब’रा’बर नै हुन्छ ।

एक रिसर्चका अनुसार ६ प्रकारका रोगबाट ग्रस्त व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन । यस्ता व्यक्तिले भटमास खानु भनेको बि’ष सेवन गर्नुजस्तै हो ।

भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने ख’तरा पनि हुन्छ । भटमासमा ‘ट्रान्स फ्याट’ हुन्छ । जसले हाई कोलेस्ट्रोल तथा मुटुको रोग निम्त्याउँछ ।

यसकारण जुन व्यक्तिलाई मुटुको रोग छ, अथवा सामान्य आ’शंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो हुन्छ ।

सुत्केरी महिला:

गर्भवती महिला या स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक हुन्छ । भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन् ।

यस्तै स्तनपान गराइरहेकी महिलाले पनि भटमास खाँदा दूध पिउने बच्चामा त्यसको नराम्रो असर पर्न जान्छ । आमाले धेरै भटमास खाँदा बच्चाहरुमा अपच हुने खतरा बढ्छ ।

छालाको रोग:

यदि कुनै व्यक्तिलाई छाला सम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले पनि भटमास नखानु नै राम्रो हुन्छ ।

मि’र्गौला स’म्बन्धी रो’ग:

भटमासमा फीटोएस्ट्रोजन नामक एक केमिकल पाइन्छ । सामान्य व्यक्तिलाई त यसले खासै असर पुर्‍याउदैन । तर जो व्यक्ति मिर्गौला सम्बन्धी रोगबाट पीडित छन्, त्यस्ता व्यक्तिका लागि यो केमिकल जहर समान हुन्छ ।

मिर्गौलामा फीटोएस्ट्रोजन केमिकलको वृद्धि हुँदा गम्भीर असर निम्तिन सक्छ । यो केमिकलका कारण किड्नी फेल हुने खतरा समेत हुन्छ ।

क्यान्सर:

सबै प्रकारको त हैन, तर जो व्यक्तिलाई मूत्राशय (यूरिन) को कयान्सर छ, त्यस्ता व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ । यसको अतिरिक्त यदि परिवारिक इतिहासमा पनि कहिल्यै कुनै व्यक्तिलाई क्यान्सर लागेको थियो भने अगाडिको पुस्ताले भटमास नखानु नै राम्रो हुन्छ ।

मधुमेह:

यदि तपाईंलाई चिनी रोग (मधुमेह) लागेको छ भने पनि भटमास नखानुहोस् । किनकी भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ ।

सम्बन्धित समाचार

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

एक चम्चा बेसार दूधमा हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा

बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

जुका परेमा पेटमा मात्रै होइन फोक्सोमा समेत संक्रमणको जोखिम

पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । जुकाहरू राउन्डवर्म, थ्रेडवर्म, हुकवर्म गरी विभिन्न प्रकारका हुन्छन् । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् ।

किन टाँगिन्छ ढोकामा खुर्सानी र कागती ? यस्तो छ वास्तविक कारण

हामीले प्रायजसो ढोकामा कागती र खुर्सानी टाँगेको देख्छौं। कसैले घरमा त, कसैले पसलमा यसरी टाँग्ने गरेका हुन्छन् । यसले नराम्रो नजर र नकारात्मक शक्तिबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । तर, यसको वास्तविकता हामीले सोचेको भन्दा फरक छ ।

ताजा समाचार

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X