Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
अन्तर्राष्ट्रिय अक्स्फोर्ड कोरोना खोपको परीक्षण स्थगित

अक्स्फोर्ड कोरोना खोपको परीक्षण स्थगित

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको कोरोना खोपको अन्तिम परीक्षण स्थगित भएको छ। परीक्षणमा भाग लिएकामा गम्भीर समस्या देखिएपछि यसको तेस्रो चरण अर्थात् अन्तिम परीक्षण बिचैमा रोकिएको बीबीसीले उल्लेख गरेको छ।

यसबारे एस्ट्राजेनेकाले परीक्षणको ‘रुटिन’ अहिलेलाई रोकिएको जनाएको छ।

विकसित भइरहेको उक्त खोपको परिणामलाई विश्वले चासोका साथ हेरिरहेको थियो। खोपलाई विकसित भइरहेका दर्जनौँ खोपहरूसँग बलियो प्रतिस्पर्धीका रूपमा लिइएको थियो। पहिलो र दोस्रो परीक्षण सफल भएपछि यसलाई बजारमा सबभन्दा पहिले उपलब्ध हुन सक्ने आँकलन गरिएको थियो।

यस खोपको अन्तिम परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल तथा दक्षिण अफ्रिकाका ३० हजार सहभागी भएका छन्। खोपको अन्तिम परीक्षणमा हजारौँ सहभागी हुनुपर्छ साथै यो परीक्षण धेरै वर्ष पनि लाग्न सक्छ।

स्थगित खोपको परीक्षण केही दिनमा पुनः सुचारु हुन सक्ने अक्स्फोर्ड विश्वविद्यालयका प्रवक्ताले जनाएका छन्।

व्यासको फोहोर माथिल्लो भतेरीमा व्यवस्थापन:

तनहुँको व्यासनगरपालिका कार्यालयले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि वैकल्पिक स्थलको रूपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागेको छ । वडा नं १० र ४ पर्ने माथिल्लो भतेरीमा फोहोर विसर्जन गरी कम्तीमा मङ्सिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर सङ्कलन गरी अस्थायीरूपमा विसर्जन गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।

गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थल बगाइदिएपछि फोहोर व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । वडा नं १० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीनरूपमा फोहोर विसर्जनस्थल निर्माण गर्न लागेको छ ।

वातावरणीय प्रभाव अनुसन्धान रिपोर्ट आउन बाँकी रहेकोले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए ।

उक्त क्षेत्रमा करिब सात रोपनी जग्गा पर्याप्त मात्रामा रहेकोले फोहोर विसर्जनको सम्भावना बढेकाले प्रक्रिया अघि बढिरहेको समितिका संयोजक न्यौपानेले बताए । वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा नगरपालिकाका वरिष्ठ आलेप नोडल अधिकृत कुमारकञ्चन जिसी सदस्य सचिव, वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटा सदस्य, शान्तिनगर, डिहीकुना, बिरालेटार, वेदव्यास टोल विकास संस्थाका अध्यक्ष तथा रानीपानी र विर्ता सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी वातावरणीय अध्ययन सहयोग तथा परामर्श समिति गठन भइसकेको छ ।

दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन गर्न लागिएको लागि वडा नं १० र ४ मा पर्ने बाटो र नाला निर्माण भइरहेको छ । गत आवमा ५० लाख रुपैयाँ र यस आवमा ७० लाख रुपैयाँ गरी एक करोड २० लाख रुपैयाँ विनियोजन गरिसकिएको छ । दुवै वडालाई बराबरी असर पर्ने हुँदा सोहीअनुरूप विकास निर्माणका कामहरु भइरहेका छन् । संयोजक पौडेलले भने, “यस आवभित्रै बाटो नाला निर्माण सम्पन्न गरी आगामी जेठ महिनादेखि फोहोर व्यवस्थापन कार्य थाल्ने योजना छ ।” तनहुँमा रहेका दश पालिकामध्ये सबैभन्दा ठूलो र धेरै जनसङ्ख्या रहेको व्यास नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक ११ टन फोहोर सङ्कलन हुँदैआएको छ ।

सम्बन्धित समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X