Monday, September 28, 2020

Monday, September 28, 2020
रोचक मन जित्ने गरेर केटीसँग च्याटमा कसरी कुरा गर्ने ?

मन जित्ने गरेर केटीसँग च्याटमा कसरी कुरा गर्ने ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सुरुमा केटीहरु संग अनलाइन कुरा गर्न जोकोही केटालाई पनि मुस्किल हुनेगर्छ। तर जब कुराकानी सुरु हुन्छ तब सम्बन्ध बनाउन सहज हुने गर्छ। यस्ता धेरै अनलाइन साइटहरु छन् जसले च्याटको सुबिधा उपलब्ध गराएका छन्। जस्तै, फेसबुक, इन्स्टाग्राम, ट्वीटर आदिको सहयाताले तपाईं तपाइँलाइ सुहाउँदो स्वाभाव भएकी केटि संग कुराकानी गरेर सम्बन्ध बनाउन सक्नुहुन्छ। कुराकानी सुरु गर्नका लागि तल दिएका केहि टिप्सहरु ध्यानमा राख्नु भयो भने तपाईंलाइ सहज हुनेछ।

आधार चुन्नुहोस:

धेरै वेबसाइट अनि एप्सहरु छन्, जसको सहायाताले तपाईं आफु संग रुची मिल्ने केटि संग कुराकानी अगाडी बढाउन सक्नुहुन्छ। यसका लागि पहिले तपाईं उपयुक्त प्ल्याटफर्मको चयन गर्नुहोस् । आफ्नो अनलाइन प्रोफाइललाइ सकेसम्म आकर्षक बनाउनुहोस् । जव तपाइँ कसै संग अनलाइन जोडिन चाहानुहुन्छ तब तपाइँको प्रोफाइल सुरुमा नै हेरिन्छ । त्यसैले यो कुरा ध्यानमा राखेर आफ्नो प्रोफाइल बनाउनु होस् । जसमा आफ्ना गुणहरुलाई राम्रो संगले प्रस्तुत गर्नुहोस् अनि नकारात्मककुरा सेयर गर्नबाट बच्नुहोस् । आफ्नो स्पेलिंग, गलत अर्थ लाग्ने पोस्टहरुमा ध्यान राख्नुहोस्। सबै नकारात्मक र असम्मान जनक फोटोहरु हटाउनुहोस् । भड्काउ अनि अश्लिल पोस्टहरु नराख्नुहोस् । आफ्नो व्यक्तित्व राम्रो संगले झल्काउने तस्बिर राख्नुहोस् ।

बिशेष अभिवादनका सब्द प्रयोग गर्नुहोस्:

धेरैजसो मान्छेहरु कुराकानीको सुरुमा “HI” “hello” जस्ता सब्दहरु प्रयोग गर्ने गर्छन् । यी सब्दको प्रयोग गर्नु कुनै गलत नभएपनि यी सब्दहरु धेरै नै प्रयोग भैसकेका छन् अनि यस्ता सब्द प्रयोग गर्दा उनले तपाइंलाई खास महत्व नदिन पनि सक्छिन् । कुनै खास अभिवादनको सब्द प्रयोगले यो सुनिस्चित गर्छ कि, उसलाई तपाइँको कुरा यादगार होस् । त्यसैले साधारण सब्दको साटो तपाईलाइ अरु भन्दा फरक सब्दको प्रयोगले उनको ध्यान जित्न सहयोग गर्छ ।

जस्तै “नमस्ते, सन्चै हुनुहुन्छ?” “के हुँदैछ त जिन्दगीमा?” यस्ता बाक्यहरु उपयोगी हुन सक्छन् ।

उत्तर दिन सहज प्रश्न गर्नुहोस्:

अब जब तपाईं कुरा गर्न सुरु गर्नु भयो, तब समय आयो कि कुराहरु अघि बढुन् । यस्तोमा जवाफ बिहिन प्रश्नहरु बाट बच्नुहोस् । सरल प्रश्नहरु गर्नुहोस् । जब तपाइँ यस्तो गर्नुहुन्छ तब उसलाई तपाईं संग कुरा गरिरहन प्रेरणा मिल्छ । अनलाइन प्रोफाइलको मद्दतले उसको अनि तपाईंको केहि समान रुचीहरु पत्ता लगाउनुहोस् अनि त्यहि कुरा गरेर उसलाई पनि एकै धरातलमा ल्याउनुहोस् ।

“के तपाईंलाइ खेलकुद मन पर्छ?” भन्नुको साटो “तपाईंलाइ कुन खेल मन पर्छ?” भनेर सोध्नु फाइदाजनक हुनसक्छ ।

“म स्कुलमा पढ्दा मेरो एउटा साथि थियो, उसलाई हामि पांडू भनेर बोलाउने गर्थ्यौ। तपाइँको मिल्ने साथि को थियो?” यस्ता कुरा गरेर उसलाई पनि समान धरातलमा उभ्याउने कोशिस गर्नुहोस् ।

एकपटकमा एक मात्र म्यासेज गर्नुहोस्:

एकैपटक धेरै प्रश्न गरेर दिक्दार लाग्दो नबन्नुहोस् । उसको हरेक जवाफ पछी मात्र अर्को प्रश्न गर्नुहोस् । यसो गर्दा उनलाई तपाईं संग कुराकानी गरि रहन प्रेरित गर्छ ।

थोरै जिस्किनुहोस्

उसको कुरा अनि व्यक्तित्वलाई ध्यानमा राखेर उसलाई जिस्काउनु होस् । उसको तारिफ गर्नुहोस् । आफ्नो सेन्स अफा ह्युमर देखाउनको लागि यसरि कुराहरुलाई मजेदार बनाउन जरुरि हुन्छ ।

“तपाईं संग गफ गरेर मेरो आजको दिन नै बन्यो ।”

अनलाइनमा सबै ढोंग मात्र गर्छन् भनेर मलाइ लाग्न थालेको थियो त्यहि बेला तपाईं संग भेट भयो ।”

यस्तो अवस्थामा तपाइँ उसको शारीरिक सुन्दरता नभएर व्यक्तित्वको तारिफ गर्नुहोस् । जसले गर्दा तपाईं उसको नजरमा एक असल व्यक्ति सावित हुनुहुनेछ ।

उसका कुराहरुमा फोकस राख्नुहोस्:

तपाइँहरु बिचमा कमन रुची अनि बानीहरु पता लगाउनुहोस् जसमा दुबैजना रिलेट गर्न सक्नुहुन्छ । अनि आफ्ना व्यक्तिगत अनुभवहरु पनि बाड्नुहोस । तर मात्र आफ्नै मात्र कुरा गरेर त्यो कुराकानीमा तपाइँ हावी नहुनुहोस् । यस्तो देखाउनुहोस् कि, तपाइँलाइ ति नै कुरामा रुची छ जसमा उसलाई छ ।

आभारी रहनुहोस्

यो भन्नुहोस् कि, ऊ संग कुराकानी गर्न पाएर तपाईं कति खुशी हुनुहुन्छ । ऊ संग फेरी कुराकानी गर्ने रहर सुनाउनुहोस् । “आज तपाइँ संग कुरा गरेर धेरै खुशी लाग्यो । फेरी अवश्य कुरा हुनेछ ।” यस्तो आभारयुक्त भाषामा ऊ संग बिदा माग्नुहोस् ।

हामी सबै कुनै न कुनै समयमा प्रेममा पर्छौं। जब यो भावना हाम्रो दिमागमा आउँदछ, हामी यो विश्वास गर्न थाल्छौं कि यहि प्रेम मात्र सत्य हो र अरु सबै कुरा झुटा हुन्।

जब मानिषलाइ प्रेम हुन्छ तब ऊ आफ्ना सपनाहरु अरु कसैको सोच संग बाँड्न सुरु गर्छ। तर के यो नै हो त साँचो प्रेम?

केहि चीजहरू छन् जसलाई साँचो प्रेमको आधार मानिन्छ। यदि तपाईंको प्रेम सत्य हो भने तपाईंले यी चीजहरू कुनै न कुनै समय महसुस गरेको हुनुपर्छ र यदि तपाईंले त्यस्तो महसुस गर्नु भएको छैन भने अझै पनी समय छ। साँचो प्रेम कुनै पनि उमेरमा फेला पार्न सकिन्छ।

  • १) के तपाईंलाई यस्तो भएको छ कि, यदि तपाईं सडकमा एक्लै हिड्दै हुनुहुन्छ अनि तपाइंको दिमागमा मात्र त्यहि मान्छेको याद घुमिरहन्छ। तपाईका वरिपरि धेरै चीजहरू हुन्छन् तर तपाईको यादमा भने उही मान्छे मात्र आइ रहन्छ? यस्तो त्यहि अवस्थामा मात्र हुन्छ जव तपाईं कसैलाई साँचो प्रेम गर्नुहुन्छ।
  • २) के तपाइँ आफ्नो मनपर्ने प्रेम गीत सुनेर मात्र उसैलाई याद गर्नुहुन्छ र तपाइँ लाग्छ कि गीतका प्रत्येक शब्द तपाइँलाई ध्यानमा राखेर लेखिएको छ? अनि आँखा चिम्लिएर उसलाई सम्झदै त्यो गीतका सब्दमा हराउनु हुन्छ? हो, साँचो प्रेम हुँदा अक्सर यस्तो हुने गर्छ। गीतका प्रत्येक सब्दमा आफ्नो सम्बन्ध कल्पना गरिन्छ अनि कहिले मुस्कुराउना थालिन्छ त कहिले आँशु झारिन्छ।
  • ३) के तपाईंलाइ त्यस व्यक्तिको हरेक खराब र बचकाना व्यवहार पनि मन पर्छ र उसका गल्तीहरूलाई पनि प्रेम गर्नुहुन्छ? आफुले प्रेम गरेको मान्छेको बचपना पनि मन पर्छ। उसले गरेका गल्तिहरु पनि आफुलाई प्यारो लाग्छ। यदि तपाईंलाइ पनि त्यस्तो हुन्छ भने पक्का तपाइंलाई साँचो प्रेम भएको छ।
  • ४) के तपाइँहरु बीच बहस भइ रहन्छ अनि अन्त्यमा सबै भुलेर सान्त हुनुहुन्छ? साँचो प्रेम गरेको मान्छे संग जति नोकझोक भएपनि केहीबेरमा सबै बिर्सिएर फेरी सामान्य हुनेगर्छ। प्रेम भएको सम्बन्धमा यस्ता मनमुटाव धेरै समय टिक्न सक्दैनन्।
  • ५) के ऊ बाट केहि टाढा हुँदा तपाईं आफुलाई अधुरो महसुस गर्नु हुन्छ? चाहे तपाईं वरिपरी जतिसुकै मान्छे भएपनि तपाईंका नजर उसैलाई खोजि रहन्छन्? हो, साँचो प्रेम गरेको मान्छे संग केहीबेर टाढा हुँदा पनि बर्षौ बाट टाढा भए झैं महशुस हुन्छ। अनि कहिले ऊ संग नजिक हुने भनेर हतार भइ रहन्छ।
  • ६) के ऊ दुखि हुँदा तपाइँ पनि दुखि हुनुहुन्छ? अनि तपाईं चाहानुहुन्छ कि जे गरेर भएपनि उसको दुख मेटाउन पाए हुन्थ्यो भनेर?
  • ७) के तपाइंलाई आफ्नो प्रेममा पूर्ण भरोसा छ अनि तपाईलाई कुनै डर छैन कि, अब कुनै हालतमा ऊ टाढा हुन्छ भनेर?
  • ८) के तपाईं उसलाई खुशी राख्नको लागि आफ्नो अरु महत्वपुर्ण कुरापनि छोड्न सक्ने तागत राख्नुहुन्छ ?
  • ९) के तपाईं उसको आँफु संग जति झगडा भएपनि कसैले उसको बारेमा केहि नारामरो बोलेको तपाईं सुन्न सक्नुहुन्न ?
  • १०) के अब तपाईं जे पनि गर्नुहुन्छ “हामि” भन्ने सोचेर गर्नुहुन्छ, के तपाइंले उसलाई पाएपछि “म” को भावना छोड्नु भएको छ ?
  • ११) के तपाईंहरु कहिलेकाहिँ बाटोमा हिड्दा या अन्य ठाउँमा बस्दा हांसी मजाक गर्न थाल्नुहुन्छ अनि यो बिर्सनुहुन्छ कि तपाइँहरुलाई अरु मानिषले पनि देखि रहेका छन्?
  • १२) के तपाइंलाई अब कहीं पनि एक्लै हिड्न मन लाग्दैन ? अनि एक्लै भएको बेला ऊ संग भएको भए भनेर आशा राख्नु हुन्छ?
  • १३) के अब तपाईंका नजिकका मान्छेले पनि यो सोध्ने थालेकी, बिहे कहिले गर्छु भनेर?
  • १४) के तपाइँ मनमनै यो सोच्नु हुन्छ कि, मैले मेरो पार्टनरको लागि सबै भन्दा राम्रो बन्नु पर्छ किनकि ऊ धेरै राम्रो डिजर्भ गर्छ भनेर?

पैसाले नयाँ-नयाँ सम्बन्ध त बनाउँछ तर पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ – प्रेरणादायी भनाई:

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं । हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं । यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी भनाईहरु पेश गरेका छौं, जो विभिन्न समयमा, विभिन्न विद्वानहरुले भनेका थिए ।

  • १. त्यस्तो काम गर्नुहोस्, जो तपाईंलाई औधी रुची लाग्छ । तब तपाईंले एक दिन पनि कामको बोझ अनुभूत गर्नुहुने छैन ।
  • २. सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।
  • ३. हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ ।
  • ४. जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।
  • ५. एक निरासावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।
  • ६. जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जीत्दैनन् ।
  • ७. सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।
  • ८. सबैभन्दा ठूलो जोखिम त केहीपनि जोखिम नलिनु हो ।
  • ९. जबसम्म तपाईं समुन्द्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुन्द्र पार नै गर्न सक्नुहुन्न ।
  • १०. कुनैपनि धेरै कठिन छैन यदि त्यसलाई स-सनो कार्यमा विभाजन गर्नुभयो भने ।
  • ११. विपरित परिस्थितीमा कति मानिस टुट्छन् त, कतिले रेकर्ड तोड्छन् ।
  • १२. जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैनन् भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैनन् ।
  • १३. सत्य मार्गमा हिँड्ने कोही व्यक्ति दुई गल्ती गर्न सक्छन्, एक पुरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने ।
  • १४. जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिती होइन, मानििसक स्थिती सही हुनुपर्छ ।
  • १५. पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।
  • १६. कुनैपनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।
  • १७. इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।
  • १८. सानोतिनो कुरा मनमा राख्नाले ठूलो-ठूलो सम्बन्ध कमजोर हुनसक्छ ।
  • १९. मैले यो सिकें कि डर नहुनु बहादुरी होइन । बरु डरमाथि विजय प्राप्त गर्नु बहादुरी हो ।
  • २०. जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।
  • २१. तपाईं यो नसोच्नुहोस् कि ‘मैले के गुमाएँ ?’ बरु यो सोच्नुहोस् कि तपाईंसँग त्यस्तो के छ, जो दुनियाँ खोज्न चाहन्छन् ।
  • २२. जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।
  • २३. पैसा तपाईंको सेवक हो, यदि त्यसलाई उपयोग गर्नु जन्नुभयो भने । पैसा तपाईको मालिक हो, यदि त्यसलाई प्रयोग गर्न जान्नु भएन भने ।

अन्य :

  • १. कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।
  • २. हरेक व्यक्ति जे ऊ चाहन्छ सो पाइन् सक्दछ, उअदी ऊ विश्वको साथ् इच्छित बस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।
  • ३. नरकमा तिन द्वार छन् : क्रोध, वासना र लोभ ।
  • ४. मनुष्य आफ्नो बिश्वासद्वारा निर्माण हुन्छ । ऊ जस्तो बिश्वास गर्दछ, त्यस्तै बन्दछ ।
  • ५. मनलाई वसमा राख्न सकिएन भने यसले स्वयम् विरुद्द शत्रुको ब्यबहार गर्दछ ।
  • ६. तिनीहरुले कार्यमा पूर्णता प्राप्त गर्न स्कदछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।
  • ७. केवल मन मात्र कसैको मित्रु वा शत्रु हुन्छ ।
  • ८. शंका गर्ने व्यक्तिको लागी न त यस संसारमा न बाहिर नै शान्ति छ ।
    ९. क्रोधद्वारा भ्रम पैदा हुन्छ । भ्रमद्वारा बुद्दि भ्रष्ट हुन्छ । बुद्दि भ्रष्ट भए तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
  • १०. यस संसारमा न त केहि हराउदछ न त व्यर्थ नै हुन्छ ।

सम्बन्धित समाचार

रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउन एक मात्र पत्ता दालचिनी!

दालचिनी खाने बानीले तपाईंलाई स्वस्थ राख्नुका साथै प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि मद्दत समेत पुर्याउछ । नियमित रुपमा मात्र एक पत्ता दालचिनी खानाले हाम्रो स्वास्थ्यमा यस्ता फाइदा गर्दछ।

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईकाे गर्भमा छाेरा छ कि छाेरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ ।

यी ४ घरेलु उपाय दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस्

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ ।

कालो भएको घुँडा तथा कुहिनोलाई गोरो बनाउन यी घरेलु उपाय अपनाउनुहोस्, ३ दिनमै पाउनुहुनेछ फरक

साधारणतया हाम्रो हातको कुहिनो र घुँडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ ।

ताजा समाचार

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।
X