Monday, September 28, 2020

Monday, September 28, 2020
बलिउड कंगनाको अफिसमा महानगरको डोजर

कंगनाको अफिसमा महानगरको डोजर

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतको अफिस भत्काएको छ । अवैध रूपमा निर्माण गरिएको कारण देखाउदै महानगरपालिकाले डोजर प्रयोग गरी कंगनाको कार्यालय भत्काएको हो ।

कंगना सरकारी सुरक्षासहित मुम्बई गएकी छिन् । उनी मुम्बई आउने क्रममा नै महानगरले उनको कार्यालयमा डोजर र क्रेन लगाएर भत्काउन सुरु गरेको हो ।

कंगनाले ट्वीटर मार्फत लेखेकी छिन्,-‘मिणकर्णिका फिल्ममा पहिलो चलचित्र अयोध्याको घोषणा भयो। यो मेरो लागी अफिस नभएर राम मन्दिर हो। आज यहाँ बाबर आयो। आज इतिहास फेरि दोहोर्‍याइनेछ। आज भत्काइएको राम मन्दिर फेरि बन्नेछ। जय श्री राम।’

बीएमसीले अफिसको भूँईतलामा भान्सा, शौचालय, क्याबिन, पूजा कोठासहितका कयौं संरचनाको निर्माण अवैध तरिकाले गरेको दाबी गरेको छ। केही दिन अघि उनले गुण्डाभन्दा मुम्बई प्रहरीसँग बढी डर लाग्ने बताएकी थिइन्।

आफ्नो ज्यानको खतरा रहेको बताउदै उनले हिमाञ्चल प्रदेश वा केन्द्र सरकारलाई सुरक्षा दिन आग्रह गरेकी थिइन् जसमा हिमाञ्चल प्रदेश सरकारले उनलाई ११ जना सुरक्षाकर्मीसहितको वाई ग्रेडको सुरक्षा प्रदान गरेको छ।

कंगनाको अफिसको तोडफोड रोक्न अदालतको निर्देशन:

बम्बई उच्च अदालतले बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा मुम्बई महानगरपालिकाको कारवाही रोक लगाउन आदेश दिएको छ । उच्च अदालतले बीएमसीलाई कंगनाको याचिकाको जवाफ दिन पनि निर्देशन दिएको छ ।

यसअघि मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनौतको बंगलाका केही हिस्सा तोडफोड गर्न सुरु गरेको थियो जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताइरहेका थिए ।

कंगना रनौत आफैंले उक्त कारवाहीको तस्बिर पोस्ट गर्दै मुम्बईको तुलना पुनः पाकिस्तान प्रशासित काश्मीरसँग गरेकी छिन् । पछिल्लो पटक उनको यहि बयानले हंगामा मच्चिएको थियो ।

सम्बन्धित समाचार

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

साराले दिइन यस्तो बयान सुशान्तसँग बसेर चुरोट खाएकी हुँ भन्दै….

बलिउड नायिका सारा अली खानले सुशान्तसँग बसेर ड्र’ग्स लिएको कुरा इ’न्कार गरेकी छन्। सुशान्त सिंह आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मामिलामा नाम आएपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले सारालाई सो’धपुछका लागि ब्युरोमा बोलाएको थियो।

४५ मिनेटसम्म सुटकेसमा बन्द भएकी नायिकाले खाेलिन राज

यदि तपाईंले सामाजिक सञ्जालमा भाइरल भैरहेका विषयवस्तुहरूमा ध्यान दिनुहुन्छ भने टिभी सिरियल `इश्कमें मरजावां २´को सुटकेस सिन जरुर देख्नुभएको होला।

बलिउड-ड्रग्स नेक्सस : आज दीपिका, श्रद्धा र सारासँग सोधपुछ हुने

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि उठेको लागुऔषध मुद्दामा आज केही बलिउड कलाकारसँग सोधपुछ हुने भएको छ।

ताजा समाचार

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।
X