Thursday, September 24, 2020

Thursday, September 24, 2020
नेपाल निजी अस्पतालको गुनासो : कोभिड र ननकोभिड एक ठाउँमा हुँदा डाक्टर र नर्समा जोखिम बढ्यो

निजी अस्पतालको गुनासो : कोभिड र ननकोभिड एक ठाउँमा हुँदा डाक्टर र नर्समा जोखिम बढ्यो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: निजी अस्पतालका सञ्चालकहरुले कोभिड र ननकोभिड बिरामी एकठाउँमा राख्दा जोखिम बढेको गुनासो गरेका छन्।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमिति बैठकमा उनीहरुले डाक्टर र नर्स जोखिममा परेको गुनासो गरेका हुन्।

बैठकमा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले डाक्टर नर्स र हाउसकिपिङमा काम गर्नेहरुको सुरक्षा चुनौतीपूर्ण रहेको बताए। ‘वार्डमा पिसिआर गर्दा नेगेटिभ आएको बिरामीलाई सर्जरीको दुई दिन पछि ज्वरो आउने र त्यतिबेला पिसिआर गर्दा पोजेटिभ देखाउँछ’, पाण्डेले भने, ‘स्टाफ र डक्टरलाई उत्प्रेरित गर्न उनीहरुको उपचारमा लागेको खर्च अस्पतालले गर्ने, खानाको व्यवस्था गर्ने, उनीहरुलाई होटल अथवा अस्पतालको बेडमा भर्ना गरेर टेक केयर गर्ने गर्दा आर्थिक क्षेत्रबाट सर्भाइभ हुने देखिदैँन।‘

उनले निजीको कोभिडको उपचार महङ्गो हुने अवस्था रहेको बताए। ‘स्टाफको केयर गर्न सकेनौँ भने उनीहरुलाई समयमा तलब दिन सकेनौं भने त हाम्रो अस्पतालले कोभिडको सेवा दिने कुरा त परै जाओस उनीहरुको केयर पनि हाम्रो लागि धेरै चुनौति हुन आउँछ’, पाण्डेले भने, ‘अहिले जसरी सरकारी संस्थालाई गाह्रो छ त्यो भन्दा कम गाह्रो निजी अस्पताललाई छ भन्न मिल्दैन ।‘

त्यस्तै बिएण्डबी अस्पतालकी कोभिड व्यवस्थापन प्रमुख संगिता शाक्यले सबै भन्दा ठूलो गल्ती कोभिड र नन कोभिड विरामीहरु एकै डाउँमा राखेर भएको बताइन्। ‘कोभिड डेडिकेटेड अस्पतालहरु क्षमता बढाएर तोकिएका अस्पतालमा राख्यो भने कमसेकम ननकोभिड बिरामीले त सेवा पाउने थिए’, शाक्यले भनिन्, ‘स्टाफहरु बिरामी छुनै डराउँछन।‘

उनले डाक्टर र नर्सहरु बिरामीसँग डराउने अवस्था रहेको बताइन्। ‘बच्चा एकजना आएको छ इमरजेन्सीकोले लिन मानिरहेको छैन, हामीले बिएण्डबीमा यो समस्या भोगिरहेका छौं’, उनले भनिन्, ‘इमरजेन्सीमा आएको स्टाफहरुले राति १२ बजे आएको बच्चालाई बिहान ४ बजे सम्म इमरजेन्सीमा नल्याउ भन्छ। पीसीआर टेस्ट गरेर मात्र ल्याउ भन्छ । यो हाम्रो अस्पतालको समस्या मात्रै हाइन अरु अस्पतालमा यस्तै समस्या छ।‘

उनले आफूलाई अहिले भोगिरहेको समस्या भन्न कुनै अफ्ठ्यारो नरहेको बताइन्। ‘हाम्रै कर्मचारीले गररहेको छैन अनि त्यो बिरामीलाई त्यहाँ गाह्रो भयो’, संगिताले भनिन्, ‘के हामी ठिक गरिरहेका छौँ यो गरेर? २० प्रतिशत सबै अस्पतालमा कोभिड बिरामी राखेर संक्रमणको झन् जोखिम भयो।‘

नर्भिक अस्पतालका आइसोलेसन इन्चार्ज अजय खड्काले भने अस्पतालले व्यवस्थापनको चुनौतीहरु झेलेर काम गरिरहेको बताए। उनले अस्पतालले स्टाफहरुलाई छुट्टै होस्टलमा राखेर उपचार गरिरहेको बताए। ‘खाना लगायतको व्यवस्था सबै अस्पतालले नै गरेको छ । कर्मचारीका लागि इन्सेन्टीभको रुपमा तलबमा नै थप गरेर दिने गरिएको छ’, उनले भने, ‘बिरामीलाई असर नहोस भनेर कोभिडका विरामीहरुको उपचारका लागि भवन छुट्याइएको छ।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

साँझ बस्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X