Monday, September 21, 2020

Monday, September 21, 2020
नेपाल राजधानी काठमाडौँमा, कोठा भाडामा बस्नेहरुलाईआयो ठुलो। खुसीको खबर पुरा हेर्नुहोस १ सेयर गरौ।

राजधानी काठमाडौँमा, कोठा भाडामा बस्नेहरुलाईआयो ठुलो। खुसीको खबर पुरा हेर्नुहोस १ सेयर गरौ।

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जडिबुटी नरेफाँटका प्रकाश सुवेदीको तीन तलाको घर अहिले खाली छ । कुनै बेला एउटै कोठालाई साढे ६ हजारसम्म लिने सुवेदीले घर खाली भएपछि दश हजारमा तीनवटा कोठा भाडामा दिने निर्णय गरे । उनले सस्तोमा कोठा भाडामा दिने थाहा पाएपछि उनको घरमा अहिले छिमेकीकै घरमा बस्ने डेरावाला सरेका छन् । बानेश्वरकी रिना कार्कीको घर पनि आँशिक खाली भएको छ । घरमा बसेकाहरु पनि यो भन्दा सस्तो भाडा पाएर अन्तै जाने हुन् की भन्ने त्रासले सताएको कार्की बताउँछिन् ।

राजधानी काठमाडौँ, जहाँ देशका ७७ वटै जिल्लाबाट अनेकन सपना बुनेर मानिसहरु भित्रन्छन् । उच्च शिक्षा, रोजगारी, बालबच्चाको राम्रो शिक्षालगायतको उद्धेश्य बोकेर कैयौँ मानिसहरु काठमाडौं उपत्यका भित्रिने गरेका छन् । काठमाडौलाई नै कर्मथलो बनाउनेहरु बढेपछि पछिल्लो समय काठमाडौमा मानिसहरुको चाप बढ्दै गइरहेको यथार्थपनि छर्लंग नै छ ।

मानिसहरुको अत्यधिक चाप भएपछि काठमाडौमा कोठा पाउन निकै मेहनत गर्नुपर्ने अवस्थासँगै चर्को भाडा असुल्थे घरबेटी । कतिपय घरबेटीको जिविकोपार्जनको मुख्य स्रोत नै घरभाडा बनेको थियो । तर, कोरोनाभाइरसको महामारीसँगै अहिले अवस्था फरक बनेको हो । अर्थात उपत्यकामा भाडामा लगाइने कोठाहरु खाली हुन थालेका छन् भने विगतको तुलनामा यस्तोमा पनि पाउन थालिएको छ ।

कोरोना माहामारीका कारण चैत ११ देखि भएको लकडाउनका कारण कैयौँ गाउँघर फर्केका छन् । व्यापार, व्यवसाय, शिक्षा, रोजगारी सबै बन्द छन् । कर्मथलोमा बाँच्न नसक्ने देखेपछि जन्मथलोतिर गएकाहरु फर्केका छैनन् । जसका कारण अहिले काठमाडौंमा घरभाडामा सहजै पाउन थालिएको हो । त्यसैले त सुवेदी र कार्की जस्ता कयौँ घरबेटीले अहिले भाडा घटाएरै भएपनि भाडामा बस्नेहरुलाई घरमा राखिरहेका छन् ।

घरमात्र होइन व्यावसायिक सटरहरुमा पनि अधिंकाश टु लेट लेखेर फोन नम्बर छोडेको देखिन्छ । काठमाडौमा झण्डै ४० प्रतिशत पसल तथा व्यवसाय खाली हुँदै गएको राष्ट्रिय व्यवसायी महासंघले बताउँदै आएको छ । कोरोनाअघिसम्म काठमाडौँमा कतिपयले घर भाडामा लगाएर राम्रो आम्दानी हुने लोभमा धमाधम घर समेत बनाए । तीनै घरबेटी अहिले घर खाली हुँदा अन्य घरमा बस्ने डेरावाललाई कम भाडादरको लोभ देखाएर तानिरहेका छन् । मानौँ अहिले काठमाडौँमा घरबेटीहरुबीच भाडा घटाउने प्रतिस्पर्धा नै चलेको छ, जसरी बैंकहरुबीच ऋणी तानातानको प्रतिस्पर्धा चलिरहेको छ ।

कोरोना माहामारी तत्काल अन्त्य हुने नदेखिएपछि घर फर्केकाहरु अहिले नै काठमाडौ आइहाल्ने पक्षमा छैनन् । बरु उनीहरु अहिले काठमाडौंमा बस्दै आएको कोठामा भएका सामान अन्यत्र व्यवस्थापनमा जुटेका छन् । कसैले गाउँनै लगेका छन् भने कसैले आफन्त या अन्य सस्तो पर्ने ठाउँमा व्यवस्थापन गरिरहेका छन् । यसो त कुनैबेला चर्को भाडा असुल्ने काठमाडौँका अधिकांश घरधनीले महामारीको समयमा समेत घरभाडा छुट दिएनन् । सरकारले एक महिलानाको घरभाडा छुट दिन आग्रह गरेपनि अधिकांश घरबेटीले बहानाबाजी गरेर छुट नदिएका हुन् ।

डेरावाल संघका अध्यक्ष बलबहादुर खनालका अनुसार देशभर ६७ प्रतिशत डेरावाला छन् । अहिले काठमाडौंमा रहेका करिब १८ लाख मानिस बाहिरिएका छन् । त्यसमा १० लाख पुनः फर्कने सम्भावना रहेको छ । ‘कोरोना माहामारीपछि अहिले मानिसले जन्मथलो रोज्न थाले, पहिले कर्मथलो रोज्थे । आर्थिक रुपमा कर्मथलोमा अभाव भयो त्यसकारण जन्मथलो रोजे’, उनले भने, ‘ जन्मथलोमा कम्तिमा आफूसँग भएको जग्गा जमिन सदुपयोग गरेर भएपनि जीवन गुजारा त चल्छ ।’

कोरोना माहामारीकै कारण अहिले वैदेशिक रोजगारमा गएकाहरु विस्तारै फर्कँदैछन् । अहिले मािसनलाई बहाल तिरेर वस्नुभन्दा गाउँमै बस्नु उपयुक्त हो भन्ने भएको छ । खनाल भन्छन्, ‘गाउँका मानिस शहरमा नआउँदा आर्थिक गतिविधि न्युन हुँदोरहेछ भन्ने अहिले प्रमाणित भएको छ । हरेक शहरमा खुलेका पसलमा एक दुई प्रतिशत ग्राहक पनि आउँदैनन्, किनभने बाहिरका मानिसहरु पैसाको पोको बोकेर काठमाडौ छिरेकै छैनन् । घरबहाल घटेको छ तर पनि बस्ने मानिस छैनन् ।’

आफूहरुले ५० प्रतिशत छुटको माग गर्दा घरबेटीहरुले बेवास्ता गरेको उनले बताए । उनले भने, ‘घरबेटी र डेरावाला दुबै बाँचोस भनेर ५० प्रतिशत छुट मागेका थियौँ । तर बेवास्ता भयो । हिजो भाडामा प्रतिस्पर्धा गरेर कोठा भाडा बढाउँथे, अहिले घटाउन प्रतिस्पर्धा भएको छ । तर पनि बस्ने मान्छे छैनन् ।’

आफूलाई धम्की दिने युवकलाई हिरासत मुक्त गर्न चिरिबाबुको आग्रह:

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो ‘टाउको काट्ने’ चेतावनी दिने सञ्जय शाक्यलाई हिरासत मुक्त गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महर्जनले रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा भएको झडपको समयमा उत्तेजनामा आएर शाक्यले त्यस्तो धम्की दिएको भन्दै उनलाई हिरासत मुक्त गर्न आग्रह गरेका छन् ।

भदौ २१ गते प्रहरीले शाक्यलाई नख्खुबाट नियन्त्रणमा लिएको थियो । शाक्यले विभिन्न युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएपछि पक्राउ परेका उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्धामा अनुसन्धान गर्न म्याद थप गर्ने तयारी गरिरहेको छ ।

त्यस्तै, प्रमुख महर्जनले भदौ २१ गते धार्मिक प्रक्रिया र विधिपूर्वक स्वास्थ्य सतर्कता अपनाएर गरिएको रथयात्राले भदौ १८ गते संस्कृतिप्रेमीको मनमा पुगेको चोटमा मलमको काम गरेको समेत उल्लेख गरेका छन् ।

सो रथयात्राको क्रममा भएको झडपमा संलग्न रहेको भनेर प्रहरीले पक्राउ गरेका सबैलाई निःशर्त रिहाइको लागि समेत नगरप्रमुख सहित १९ जातीय संगठनले प्रहरीलाई आग्रह गरेको महर्जनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

१८ गते अव्यवस्थित रूपमा तानिएको रथलाई अहिले पुल्चोकस्थित १६ खुट्टेपाटीमा राखिएको छ । भदौ २९ गते मत्स्येन्द्रनाथलाई खटमा हालेर बुंगमती लैजाने र त्यसको ४ दिनपछि पुल्चोकमा नै रथ भत्काउने कार्यक्रम राखिएको छ ।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।
X