Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
कोरोना भाइरस पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ कोरोना संक्रमित, ९१८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ कोरोना संक्रमित, ९१८ जना डिस्चार्ज

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३३ हजार ८ सय ८२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ३७ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेहरुको संख्या ५ हजार ४ सय ८० रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृ’त्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय १२ पुगेको छ ।

रौतहटमा डिएसपी शाहीसहित २० जना प्रहरीलाई कोरोना संक्रमण:

रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार बिहान आएको रिपोर्टमा आफूसहित इलाका प्रहरी कार्यालय चन्द्रपुरका २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको डिएसपी शाहीले जानकारी दिए।

डीएसपी शाहीले आफूहरुमा कोरोनाको कुनै लक्षण नरहेको र सबैको स्वास्थ्य ठीक रहेको बताएका छन्। उनले भनेका छन्,‘हामीलाई विश्वास छ। धैर्यता,आत्मविश्वास र स्वास्थ्य सतर्कताप्रति सचेत रहँदै निको भई समाजको शान्ति सुरक्षाका लागि जनताको सेवामा छिट्टै फर्किने छौँ।’ संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर नगरपालिका–२ मा रहेको आइसोलेसनमा पठाइएको छ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

कर्मचारीलाई फाइदै फाइदा : बिदा पनि, भत्ता पनि !

कोरोना भाइरसको महामारी कहिलेसम्म लम्बिने हो कसैलाई पनि थाहा छैन ।विश्वका धेरै देशमा आन्तरिक पर्यटकको लागि घुम्ने गन्तव्य खुला गरे पनि बाह्य पर्यटकको लागि भने सबैतिर खुला भइसकेको छैन ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X