Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
आर्थिक बार अनुसार मात्र पसल खोल्न पाइने काठमाडौं उपत्यकामा , हेर्नुहोस् कुन बार खुल्ने

बार अनुसार मात्र पसल खोल्न पाइने काठमाडौं उपत्यकामा , हेर्नुहोस् कुन बार खुल्ने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: शर्तसहित केही खुकुलो बनाएर काठमाडौं उपत्यकामा भदौ ३१ गतेसम्म लम्ब्याइएको नि’षेधाज्ञामा बार अनुसार व्यापार/व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु साताको सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइने भएको छ । त्यस्तै, स्वास्थ्य सम्बन्धी मा’पद’ण्ड पालना गरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पलसहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने भएको छ ।

यसै गरी फर्निचर, अटो मोबाइल सम्बन्धी पसलहरु साताको सोमबार र बुधबार मात्र खोल्न पाइनेछ । त्यसोत, फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रोनिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।

त्यस्तै, सहकारी संस्थाहरु स्वास्थ्य सम्बन्धी मा’पद’ण्ड अप’नाई विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिने पनि जनाइएको छ

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

८० प्रतिशत डेरीको व्यापार चौपट, अर्बौंको दुग्धजन्य सामग्री डम्प

कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । त्यसमा डेरी क्षेत्र पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा यो उद्योग सधैँ सञ्चालित रहे पनि ८० प्रतिशत व्यापार चौपट छ ।

खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानी सम्भव

नेपालमा खानेपानी तथा सरसफाईको क्षेत्रमा निजी लगानी आकर्षित गर्न सकिने विज्ञहरुले बताएका छन् ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X