Connect with us

स्वास्थ्य

तपाईलाई ग्यास्ट्रिक छ ? झुक्किएर पनि नखानुस् यी खानेकुरा

ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएमा यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन स्

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पुर्याउछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई ब’ढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु ९ससेज, ह्याम०, ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

महिनावारी हुदाँ किन दुख्छ तल्लो पेट:

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, सहनै नसकिने गरी तल्लो पेट दुख्नु भने समस्या हो । आजभोलि अधिकांश महिलामा पेट दुख्ने समस्या देखिन्छ, जसमध्ये पनि किशोरीहरू बढी पी’डित छन् ।

किशोरीहरूमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्नुका साथै:

वाकवाकी लाग्ने, कम्मर वा ढाड दुख्ने, खान मन नलाग्नेजस्ता हुन्छ । यस्ता समस्याका कारण नियमित काम गर्नसमेत गाह्रो हुने गर्छ । दुख्ने कारण विभिन्न कारणले किशोरीहरूको तल्लो पेट दुख्ने गर्छ । त्यसमध्ये उनीहरूमा देखिने डिस्मोनोरिया मुख्य हो । खासमा यो समस्या विनाकारण हुने गर्छ । प्राय जनेन्द्रियमा हुने यो रोग सेकेन्डरी फेजमा पुगेपछि यसले महिनावारी पीडादायक बनाउने गर्छ ।

पाँचदेखि १० प्रतिशतमा कहिलेकाहीँ जनेन्द्रियमा कुनै समस्या नभए पनि डिस्मोनोरिया हुन्छ । दुखाइ कम गर्न खाइने पिल्स, एस्पोरिन, बु्रफिन, सिटामोल आदि औषधि यसका कारक मानिन्छ । यस्तो अहिले बढ्दो क्रममा छ । महिनावारी समयमा नहुनु, भए पनि रगत धेरै बग्नु, यौ न स’म्पर्कका वेला पीडा महसुस हुनु, बाँ’झोपन तथा अत्यधिक सेतो पानी बग्नु आदि पनि यसका लक्षण हन् ।

यस्तो समस्या औषधिले पनि तत्काल ठीक गर्दैन । योबाहेक पाठेघरमा ट्युमर र इन्फेक्सन हुँदा पनि पेट दुख्ने समस्या हुन सक्छ । प्रजनन रोग, अण्डाशय तथा अण्डबाहिनी नलीमा समस्या आउनु, गर्भ्नि’रोधक औषधिको अनियमित प्रयोगले पनि पेट दुख्ने हुन्छ ।

समाधान:

पेट दुख्ने विभिन्न कारण भएकाले पहिले त के कारण हो, पत्ता लगाउनुपर्छ । पेट तथा जनेन्द्रियको आन्तरिक परीक्षण, अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपी परीक्षणबाट कारण पत्ता लगाउन सकिन्छ । पत्ता नलागेसम्म जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन घरमै बसेर हलुका मालिस गर्न सकिन्छ ।

तातो पानी, कपडा वा अन्य केही तातो वस्तुले हलुकासँग पेट सेक्दा पनि केही हदसम्म राहत मिल्छ । अदुवापानी तताएर खाँदा दुखाइ कम हुन्छ । सकेसम्म साथीहरूसँग घुम्ने, कुरा सेयर गर्ने अनि आवश्यक आराम गर्ने गर्नाले पनि हलुका महसुस हुन्छ । डा आस्था श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ, वयोधा अस्पतालको सहयोगमा क्युरी न्यूज बाट ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending