Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
स्वास्थ्य भुलेर पनि नखानुस् भटमास यस्ता व्यक्तिले, हुनसक्छ नसोचेको असर

भुलेर पनि नखानुस् भटमास यस्ता व्यक्तिले, हुनसक्छ नसोचेको असर

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बढ्दो व्यस्तताका कारण आजभोलि हामीले खानेकुरामा खासै ख्याल दिएका हुँदैनौं । कतिपय खानेकुरा हाम्रा लागि अमृत बराबर हुन्छन् भने कतिले हामीलाई असर गरिरहेका हुन्छन् ।

कति व्यक्तिले त आफूलाई मन परेको खान जस्तो अवस्थामा पनि छोड्दैनन् । चाहे बिरामी भएका बेलामा किन नहोस् ।

त्यसो त भटमास स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसलाई प्रोटिनको स्रोत पनि मानिन्छ । भटमासमा पाइने भीटामिन ए ले स्वास्थ्यलाई फाइदा गर्छ । शरीरलाई फिट राख्न पनि भटमास उत्तिकै लाभदायक हुन्छ ।

किनकि, भटमासले एमिनो एसिड उत्पादन गर्छ ।

शारीरिक व्यायाम गर्ने या स्वास्थ्यलाई तत्व चाहिने व्यक्तिलाई यो निकै लाभदायक हुन्छ । तर, कतिपय अवस्थामा भने भटमास सेवन गर्नु हानीकारक हुन्छ ।

केही समयअघि सार्वजनिक गरिएको एक शोधका अनुसार केही रोगका बिरामीले भटमास खानु विष खानु बराबर हो ।

भटमास हुने ट्रान्स फ्याटले कोलेस्ट्रोल र मुटुको रोग निम्त्याउने सम्भावना हुने विशेषज्ञहरुले बताएका छन् । मुटुका रोगीले भटमास सेवन गर्नु हानीकारक हुन्छ ।

सुत्केरीले भटमास खाँदा समस्या

सुत्केरी महिला र स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानीकारक हुने देखिएको छ । भटमासमा हुने एमिनो एसिडले गर्भवर्ती महिलालाई रिंगटा लाग्ने, चक्कर आउने जस्ता समस्या देखिन्छन् ।

त्यतिमात्र होइन, आमाले स्तनपान गराउँदा भटमास खाएमा त्यसले बच्चामा अपच हुने समस्या हुन्छ ।

छालाको समस्या:

यस्तै छालासम्बन्धी कुनै रोग छ या तपाईंको छाला चिलाउने समस्या छ भने भटमासको सेवन नगर्नु राम्रो हुन्छ ।

क्यान्सर:

यदि कसैलाई मुत्राशयको क्यान्सर छ भने उनीहरूले भटमास नखानु धेरै राम्रो हुन्छ । यदि अघिल्लो पुस्तालाई क्यान्सर थियो भने पनि पछिल्लो पुस्ताले नै भटमास नखानु राम्रो हुन्छ ।

मिर्गौलाका रोगी:

भटमासमा पाइने फीटोएस्ट्रोजन नामक एक केमिकल सामान्य व्यक्तिलाई त्यति असर गर्दैन तर मिर्गौलासम्बन्धी रोगबाट पीडितका लागि भने यो विषजस्तै हुन्छ । त्यसैले भुलेर पनि भटमास नखानुस् ।

मधुमेह:

चिनी रोग (मधुमेह) का बिरामीले पनि भटमास सेवन गर्नुहुँदैन । भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ । र, स्वास्थ्यमा थप समस्या आउँछ ।

स्याल्मन माछामा ७ दिनसम्म बाँच्नसक्छ कोरोनाभाइरस, फ्रोजन फुड कति खतरनाक ?

अति संक्रामक कोरोनाभाइरस सतहमा कति धेरै समयसम्म रहनसक्छ भन्ने विषयमा भर्खरै हामीलाई थाहा हुन थालेको छ । त्यसैले हामीले हाम्रो घरको ढोकामा आउने हरेक पार्सल वा घरमा डेलिभरी हुने खाद्यान्नदेखि अन्य वस्तुहरुलाई छुनुुअघि सेनिटाइज गर्छौँ ।

चिसो वा फ्रिज गरिएको खाद्यान्नको प्याकमा कति लामो समयसम्म कोभिड–१९ भाइरस बाँच्नसक्छ भन्नेबारे पनि भर्खरै जानकारी आउँदैछ । तर यस्तो भाइरस संक्रामक हुन्छ वा हुँदैन भन्ने विषय पुष्टि हुनै बाँकी छ ।
भर्खरै सार्वजनिक भएको नयाँ अनुुुसन्धानअनुसार सार्स–कोभ–२ चिसो स्याल्मन माछामा एक सातासम्म बाँच्नसक्छ र सायद, संक्रामक पनि हुनसक्छ । यसबारे धेरै प्रश्नको जवाफ भने अनुत्तरित छ । जस्तो – के माछा पकाउँदा भाइरस मर्छ ? स्याल्मन माछामा मात्रै भाइरस यति लामो समय रहन्छ वा अन्य माछा पनि रहन्छ ? यी प्रश्नहरुको स्पष्ट जवाफ नआएसम्म फ्रोजन फुडको सुरक्षा पाटो अस्पष्ट नै रहने जनस्वास्थ सम्बन्धी पोर्टल हेल्थ सट्स डटकमले जनाएको छ ।

साउथ चाइना एग्रिकल्चर विश्वविद्यालय र गोन्जओस्थित गुवान्गडोङ एकेडेमी अफ एग्रिकल्चर साईन्सेसको अनुसन्धानले यस तथ्यलाई उजागर गरेको हो ।
अनुसन्धानका क्रममा लिइएको स्याल्मोन माछाको नमूनाअनुसार ८ दिनसम्म ४ डिग्री सेल्सीयस तापक्रममा कोरोना भाइरस बाँचेको देखिएको थियो । झन्डै यही तापक्राममा राखेर माछाहरुको ओसारपसार गरिन्छ । गत जुनयता चिनियाँ अधिकारीहरुले आयातित मासुु, प्याकेजिङ र कन्टेनरहरुलाई कोभिड–१९ को संभावित स्रोत मानेर अनुसन्धान गरिरहेका छन् । प्याकेजिङ गरिएका खाद्यान्नमा बारम्बार किटाणुुको संकेत भेटिएपछि उनीहरुले यस्तो अनुसन्धान थालेका हुन् ।

चिनियाँ अधिकारीहरुका अनुसार ५ लाखभन्दा बढी नमूनाको परीक्षण गर्दा ६ वटा पोजेटिभ भेटिएका छन् । माछालाई डेलिभरीको समय शुन्यदेखि ४ डिग्री सेल्सियसमै राख्नुुपर्छ भन्ने त्यस्तो केही नरहेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

सम्बन्धित समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

एक चम्चा बेसार दूधमा हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा

बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

जुका परेमा पेटमा मात्रै होइन फोक्सोमा समेत संक्रमणको जोखिम

पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । जुकाहरू राउन्डवर्म, थ्रेडवर्म, हुकवर्म गरी विभिन्न प्रकारका हुन्छन् । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् ।

ताजा समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।
X