Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल साेमबार र बुधबार मात्रै खुल्ने मोटरसाइकल र कार बिक्रेताको शोरुम

साेमबार र बुधबार मात्रै खुल्ने मोटरसाइकल र कार बिक्रेताको शोरुम

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा भोलिबाट खुकुलो बनाएसँगै व्यवसायहरु संचालनमा आउने भएका छन् । सरकारले दिन नै तोकेर कारोवार संचालन गर्ने निर्णय गरेसँगै मोटरसाइकल, कार, जीप, भ्यान लगायतका सवारी साधन खरिद गर्न चाहने मानिसले हप्तामा दुई दिन सोमबार र बुधबार मात्रै खरिद गर्न सक्ने छन् ।

बजारमा भिडभाड कम होस् भनेर स्थानिय प्रशासनले आवश्यकता र प्रकृति हेरर व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो । स्थानिय प्रशासनको निर्णयपछि अब सवारी साधन बिक्री गर्ने शोरुमहरु हप्तामा २ दिन मात्रै खुल्ला हुने छन् ।

तर, सम्पूर्ण सवारी साधन मर्मत गर्ने सर्भिस सेन्टरहरु भने सबै दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ ।

स्थानिय प्रशासनको निर्णयपछि भोलिबाट बजारहरु संचालनमा आउने छन् । सरकारले भदौ ४ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु गर्दै आएको थियो । पछिल्लो पटक घोषणा गरेको निषेधाज्ञा आज राती १२ बजेबाट सकिदैछ ।

२४ लाखमा किन्न पाइन्छ दुई माइक्रो एसयूभी, यस्ता छन् विशेषता:

काठमाडौं । कोभिड १९ को संक्रमणपछि बजारमा सस्तो मूल्यमा कार किन्न खोज्नेहरु धेरै रहेका छन् । अहिले बजारमा १८ लाख मूल्यदेखिका कार किन्न पाइने भएपनि उत्कृष्ट गाडीको खोजीमा ग्राहकहरु सधै विकल्प खोजी रहेका हुन्छन् । यस्तोमा करिब २४ लाख रुपैयाँमा रेनो र मारुती सुजुकीको माइक्रो एसयूभी थिममा उत्पादन भएका क्वीड र एस-प्रेशोका टप भेरियन्ट ग्राहकले खरिद गर्न सक्ने छन् ।

यस्तोमा भारतीय बजारमा रेनो क्वीडसँग प्रतिस्पर्धा गर्न मारुती सुजुकीले ल्याएको एस-प्रेशो स्वभाविक चर्चामा थियो । अहिले यी दुबै गाडी नेपाली बजारमा उपलब्ध रहेका छन् । रेनो क्वीडको फेसलिफ्ट नेपाल आएको छ भने एस-प्रेशो विगत एक वर्षदेखि नेपालमा बिक्री वितरण भइरहेको छ ।

यी दुबै कार माइक्रो एसयूभीको थिममा निर्माण भएका हुन् । समान अवधारणामा निर्माण भएका यी दुई ह्याचब्याक मोडलको मूल्य, पावर, बनावट, डायमेन्सन जस्ता विषयमा समानता पाउन सकिन्छ ।

डायमेन्सन:

एस-प्रेशोको लम्बाई ३५६५ एमएम, चौडाई १५२० एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २३८० एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ ।

क्वीडको लम्बाई ३६७९ एमएम, चौडाई १५७९ एमएम, उचाई १४७८ एमएम रहेको छ । यसमा २४२२ एमएमको ह्वीलवेश दिइएको छ भने २८ लिटर क्षमताको फ्युल ट्यांकी लगाइएको छ । दुबै कारमा समान १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

इन्जिन:

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस-प्रेशोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ६८ बीएच पावर र ९० एनएम टर्क उत्पादन गर्छ ।

रेनो क्वीडमा उपलब्ध थ्रि सिलिन्डर १.० लिटर इन्जिनले ६८ हर्ष पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । दुबै कारको इन्जिनमा पाँच स्पीड म्यानुयल र एएमटी गियरबक्स लगाइएको छ ।

विशेषता:

एस-प्रेशोमा एयर कन्डिसनसँगै पावर स्टेयरिंग, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडी कलर बम्पर जस्ता विशेषता दिइएको छ । एस-प्रेशोमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिंग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विशेषता दिइएको छ ।

दुबै कारमा एबीएस, इबीडी, एयरब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषता प्रदान गरिएको छ । क्वीडमा आकर्षक इन्फोटेनमेन्ट सिस्टम, स्पीडोमिटर, ओडोमिटर लगायतका विशेषता दिइएको छ ।

माइलेज:

एस-प्रेशोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज प्रदान गर्छ भने, क्वीडले प्रतिलिटर २३.०४ किलोमिटर माइलेज दिन्छ ।

मूल्य:

नेपाली बजारमा एस-प्रेशोको तीन भेरियन्ट बिक्री हुँदै आएको छ । स्टायडर्ड भेरियन्टको मूल्य २३ लाख ४९ हजार, एलएक्सआई भेरियन्टको २४ लाख ४९ हजार र भिएक्सआई भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

रेनो क्वीडको रेगुलर मोडल ४ भेरियन्टमा बिक्री हुँदै आएको भएपनि नयाँ फेसलिफ्ट मोडल आरएक्सटीओ मात्रै ल्याएको कम्पनीले जनाउको छ । यसको मूल्य २४ लाख ५० हजार हाराहारी पर्ने अनुमान गरिएको छ । कम्पनीले यसको आधिकारीक मूल्य भने सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचार

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन सकिने, रेमिट्यान्समा झनै सहज

नेपाल राष्ट्र बैंकले विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

ताजा समाचार

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।
X