केही दिन बिहान खाली पेटमा जिरा पानी पिएर त हेर्नुहोस्, आफै देख्नुहुनेछ चमत्कार

0
119

नेपाल अनलाइन पत्रिका | काठमाडौं: मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ।

पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ ।

मोटोपना घटाउन तपाई व्यायाम गर्न समेत अल्छिमान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपना घटाउन सकिन्छ । तर, यो सँगै व्यायाम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन् ।

यसरी घटाउन सकिन्छ मोटोपना:

दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस् ।
जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन । तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ ।

यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न । बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस् ।

खाना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस् । खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस् । राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस् । दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस् । खाना खाँदा चिसो पानी नपिउनुहोस् ।

मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् । गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ । फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस् । यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन ।

माइग्रेनको समस्या छ ? यी घरेलु उपाय अपनाएर भगाउनुस्:

तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ ।

माइग्रेन दिमागको एक भागमा मात्र हुन्छ र यो दुई घन्टादेखि ७२ घन्टासम्म रहन्छ । माइग्रेन भएको मानिसलाई अचानक बान्ता गर्न मन लाग्छ । उनीहरूलाई प्रकाश, ध्वनि वा गन्धका कुनै पनि किसिमले असहज स्थिति ल्याउँछ ।

पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउँछ ।

यसबाट मुक्ति पाउने घरेलु उपाय हामी यहाँ बताउँछौं ।

 

तुलसीको तेल प्रयोग गर्नुभयो भने माइग्रेनबाट छुटकारा पाउनुहुन्छ । यो तेलले मांसपेशीलाई शान्त बनाउँछ र टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउँछ ।

लवेन्डरको तेलले पनि माइग्रेन घटाउन मद्दत गर्छ । एउटा कचौरामा ६ कप उम्लेको पानी हाल्नुस् । त्यसमा केही थोपा लवेन्डर तेल हाल्नुस् । अनि यसको बाफ लिनुस् । माइग्रेनबाट मुक्ति पाइन्छ । लवेन्डरको तेल कनपटीमा दल्नुभयो भने पनि आराम पाउनुहुन्छ ।

केरामा प्रशस्त पोटासियम हुन्छ र यसको बोक्रामा बरफ हालेर टाउकोमा बाँध्नुभयो भने पनि माइग्रेनबाट मुक्ति पाउनुहुन्छ । यसरी बोक्रा बाँध्दा निधारले पोटासियम सोसेर आराम दिन्छ ।

आलस खानुभयो भने पनि माइग्रेनबाट मुक्ति पाइन्छ ।

बकह्वीटमा रुटिन नामक तत्त्व हुन्छ जसले माइग्रेन घटाउन मद्दत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here