Friday, September 25, 2020

Friday, September 25, 2020
नेपाल एकै दिनमा नेकपा स्थायी कमिटी बैठक टुंग्याउने तयारी

एकै दिनमा नेकपा स्थायी कमिटी बैठक टुंग्याउने तयारी

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। बैठक अहिले एघार बजे बोलाइएको छ।

गएको १३ साउनदेखि अनिश्चित बनेको स्थायी कमिटी बैठक आज बोलाइएको हो। बैठकमा विवाद समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन परिमार्जन सहित पेश गर्ने तयारी छ। महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वको कार्यदलले गएको ६ भदौमा १६ पृष्ठ लामो पार्टी विवाद समाधानको प्रस्ताव पेश गरेको थियो।

उक्त प्रस्ताव प्रतिवेदनलाई दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले परिमार्जन गरी १५ पृष्ठमा झारेका छन् भने दुई अध्यक्षको भूमिका थप प्रष्ट पारिएको छ। पाँच वर्ष ओली प्रधानमन्त्री र दाहाल मुलतः कार्यकारी अध्यक्ष भन्ने कार्यदलको प्रस्ताव परिमार्जन गर्दै मुलतः शब्द हटाइएको छ।

१० असारदेखि १६ असारसम्म चलेर बस्न नसकेको स्थायी कमिटी बैठक आजै टुंग्याउने तयारी दुई अध्यक्षले गरेका छन्। बैठक छोट्याउनकै लागि दुई अध्यक्षले परिमार्जन गरेको प्रतिवेदनमाथि हिजो साँझ ५ बजेसम्म स्थायी कमिटीका सदस्यहरुको सुझाव मागिएको थियो। “बैठकमा प्रतिवेदन पेश नहुने संभावना छ, किनभने हिजो साँझसम्म नै सुझाव मागिसकिएको छ”, एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार, प्रतिवेदनमाथि बोल्न चाहने स्थायी कमिटी सदस्यलाई समय दिएर बैठक आजै टुंग्याउने संभावना छ।

“बैठक शुरु भएपछि परिस्थिति कस्तो हुन्छ, त्यसैबाट बैठक कति चल्ने भन्ने निर्धारण हुन्छ”, उच्च स्रोतले भन्यो। स्थायी कमिटीका नेताहरुले बोल्ने क्रम लम्बिए भोलिसम्म बैठक चल्ने संभावना छ।

तर, दुई अध्यक्षबीच सहमति जुटेकाले त्यसलाई अनुमोदन गराउनेगरी मात्रै बैठक चलाउने तयारी गरिएको स्रोतले बतायो। ओलीले सरकार चलाउने र दाहालले पार्टी महाधिवेशनको तयारी थाल्नेगरी बैठक सक्ने तयारी अनुरुप नै प्रतिवेदन अध्ययनका लागि स्थायी कमिटी सदस्यहरुलाई पठाइएको बताइएको छ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिएपछि नेकपा विभाजनकै नजिक पुगेको थियो। तर, ओली, दाहाल र अर्का खेमाका नेता माधवकुमार नेपाल पक्षबाट दुई–दुुई जना संलग्न कार्यदल गठन गरी पार्टी विवाद समाधानको प्रयास गरिएको छ।

नारायणगढ –मुग्लिन सडक एकतर्फी खुल्यो:

नारायणगढ –मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो। बिहान ८ः १० बजे नारायणगढबाट ३१ दशमलब ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भईरहेको छ। ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो।

सम्बन्धित समाचार

समाजमा हुने जघन्य अपराधमा सरकार किन मुकदर्शक हुन्छ ?

दोलखामा बोल्न नसक्ने एक जना किशोरी (अपांगता भएकी)माथि बलात्कार भयो। बलात्कार गर्नेको पहिचान हुन सकेन। उनी बोल्न सक्दिनन्। २०७४ सालमा गर्भ रहेपछि आवाज नेपाल दोलखाकी सिर्जना कार्कीले संरक्षण गरेर राखिन्।

जब श्रीमानलाई घर मै काम गर्ने श्रीमतीले मेरो कमाई भन्दै १० करोड रुपैयाँ दिइन, काम थाहा पाउँदा सबै चकित

अली र महनूर अल्वी, नेपालको प्रदेश ३ निवासी हुन् । उनीहरु २००४ देखि एक अर्का अनुबन्धित थिए । त्यही साल उनीहरुबीच विवाह भयो ।

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।

बत्ति किन झ्याप्प झ्याप्प जाँदैछ ? प्राधिकरणले दियो यस्तो स्पष्टीकरण

नेपाल विद्युत प्राधिकरण प्रमुखबाट ४ बर्षे कार्यकाल सकाएर कुलमान घिसिङ विदाई भएसँगै जनताले बत्ति जान थालेको भन्दै गुनासो गरेका छन् ।धेरैले कुलमान घिसिङ नहुनाले झ्याप्प झ्याप्प बत्ती जाने गरेको समेत टिप्पणी गर्दै आएका छन् ।

ताजा समाचार

‘ओली राजमा जनताबाट निर्वाचित जेलमा, पराजित संसदमा हुँदो रहेछ’

नेपालका प्रमुख राजनीतिक दलभित्र आन्तरिक शक्ति सन्तुलनको विषयमा कचिङ्गल भइरहेको छ ।

X