Monday, September 21, 2020

Monday, September 21, 2020
रोचक कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? ज्योतिष शास्त्र :

कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? ज्योतिष शास्त्र :

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: ज्योतिष शास्त्रीहरुले मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानका विषयमा फलादेश गर्छन् ।शास्त्रलाई आधार मानिर गरिने यस्ता फलादेशमा कतिपयले विश्वास मान्छन् भने कतिपयले विश्वान नलाग्ने बताए पनि चिना हेराउने, हात हेराउने, दैनिक राशिफल हेर्न भने पछि परेका हुँदैनन् ।आज हामीले जन्मेको महिना अनुसार महिलाको स्वभाव पनि निर्धारण हुने ज्योतिषीय फलादेश केही प्रस्तुत गरेका छौं ।

कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने विषयमा ज्याेतिषीहरुका फलादेश यस्ता छन्-

बैसाख : यो महिनामा जन्मिएका महिला प्राय धनवान, राम्रो चित्त र बिचार भएका,कम खर्च गर्ने, क्रोधवान, सुन्दर आँखा भएका हुन्छन । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : जेठ महिनामा जन्मिएका महिलाहरु प्राय विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यो महिनामा जन्मिने महिलाहरु विशेषगरी नया ठाउँहरु घुम्न मनपराउने हुन्छन ।

असार : असारमा जन्मिएका महिलाहरूको प्राय नरम र मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनामा जन्मिएका महिलाहरुले प्राय राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । विशेषगरी यो महिनामा जन्मिएका नारीहरु सहयोगी भावनाका हुन्छन । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यो महिनामा जन्मिएका महिलाहरु प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

असोज : असोज महिनामा जन्मिएका नारीहरु प्राय चञ्चल स्वभावका हुने गर्छन । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । यो महिनामा जन्मिएका नारीहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।

कार्तिक : यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी हुन्छन् ।मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । यो महिनामा जन्मिएका महिलाहरु अलिकति बढी रिसाउने स्वभावका पनि हुन्छन ।

मंसीर : यो महिनामा जन्मिएका माहिलााहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, झुटो कुरा गरेको मन नपराउने र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुष : पुष महिनामा जन्मिने महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यो महिनामा जन्मिने महिलाहरु निडर र सामान्यतय अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।

फागुन : यो महिनामा जन्मिने महिलाहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्दैनन् ।

चैत : यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिलाहरु राम्रो कर्म गर्ने रुचाउने स्वभावका हुन्छन ।कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

नङको तल्लो भागमा रहेको निशानले गर्छ यस्तो संकेत:

काठमाडौँ । हातमा रहेका रेखालाई हेरेर तपाईको भविष्य बताउने काम गरिन्छ। त्यति मात्र होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ।

जसरी तपाईको हातमा रहेका औलाहरु हेरेर चरित्र पत्ता लाग्छ त्यसरी नै नङमा रहेको निशानबाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ।

नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ। नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ। त्यो नंङको एउटा प्रमुख भाग पनि हो। यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ। यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डिजाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ।

चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वास्थ्य मापन गर्ने ब्यारोमिटरको रुपमा लिइन्छ। लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखिदैनन्।

स्वास्थ्यमा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन्।

१) सामान्य लुनुला:

यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ। तपाईलाई टेन्सन लिन जरुरत छैन्।

२) लुनुला कम हुँदैछ:

यदी तपाईको नङमा लुनुलाका निशानहरु हराउँदै गएका छन् र बुढी औलामात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नुपर्छ। तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछ।

मेडिकल एक्पर्टका अनुसार आधा चन्द्रले तपाईको अन्य रोगबारे पनि जानकारी दिने गर्छ। यसले तपाईको शरिरमा आइरनको कमी भएको, थाएराइड वा पिटुइअरी ग्याल्ड जस्ता रोगहरु हुनसक्छ। यसकारण पनि नङमा रहेको यस निशानलाई बेलाबेलामा हेरिरहन आवश्यक पर्छ जसका कारण स्वास्थ्य स्थितिबारे थाहा पाउन सकिन्छ।

सम्बन्धित समाचार

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

यी पाँच गल्ती नुहाउनसाथ गरिने, जसका कारण झर्छ तपाईंको कपाल

हामीमध्ये अधिकांशलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो समस्या विभिन्न कारणले हुन्छ । कसैको कपाललाई पोषणको कमि हुँदा यस्तो समस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो समस्या जन्माउँछन् ।

यस्ता कुरा ख्याल गर्नुहोस् तातो पानीले नुहाउने बानी छ भने

अधिक तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । यसबाहेक तपाईमा छालाको समस्या समेत देखिनसक्छ ।

ताजा समाचार

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X