Connect with us

समाचार

रुवाउने कहानी : खाना खोज्दै सडकमा यी दम्पत्ति (भिडियो हेर्नुस्)

उहाँहरुसँग कुरा गर्न भनि हामी उहाँको छेउमा गयौँ । दुई जना श्रीमान श्रीमती हुनुहुदो रहेछ । खाना किन नखानु भएको भनि सोध्दा उहाँले भन्नु भयो, ”अब यो खाना लिएर कोठामा गएर खाने”।

Published

on

नेपाल अनलाइन पत्रिका: उहाँहरुसँग कुरा गर्न भनि हामी उहाँको छेउमा गयौँ । दुई जना श्रीमान श्रीमती हुनुहुदो रहेछ । खाना किन नखानु भएको भनि सोध्दा उहाँले भन्नु भयो, ”अब यो खाना लिएर कोठामा गएर खाने”। उहाँले आफ्नो घर दोलखाको सैलुंग गाउँपालिकामा भएको बताउनु भयो । उहाँका ३ छोरीहरु रहेछन् । २ जनाको बिहे भैसकेको र कान्छी छोरी गाउँमै भएको बताउनुभयो ।’

आज हामी भोका पेटलाई नि:शुल्क खाना खुवाउदै आइरहेको खुलामञ्चस्थित बसपार्कमा पुग्यौं । एक छाक खान टाढा टाढादेखि आएका लगभग ४०० मानिसहरु टुसुक्क बसेर खाना खाईरहेका थिए । त्यहीं एउटा व्हील चियरमा एक जना बुवा र एक जना आमालाई देख्यौं । बुवा काखमा भात राखेर व्हिल चियरमा हुनुहुन्थ्यो र आमाले पछाडीबाट व्हील चियर गुडाउँदै हुनुहुन्थ्यो ।

गाउँमा छदा रुखबाट लडेर बुवाको मेरुदण्ड भाचिएको रहेछ । अहिले व्हिल चियरको सहारामा उहाँका दिन बितीरहेका छन् । उपचारको लागि गत बैशाखमा उहाँ श्रीमतीसँग काठमाडौँ आउनुभएको रहेछ तर सरकारले घोसणा गरेको लकडाउनका कारण काठमाडौँमै अड्किनु भयो ।

अहिले बागबजारमा एउटा कोठामा बस्दै आउनुभएका उहाँहरु यतै अलपत्र पर्नु भयो । श्रीमतीले नै उहाँको हेरचाह गर्दै आइरहनु भएको छ । बुवालाई दिशा पिशाव आएको केही थाहा नहुने बताउनुभयो । दिशा पिशाव पनि श्रीमतीले नै सफा गर्दै आउनुभएको रहेछ । बुवाको उपचार गर्दा गर्दै ५/६ लाख सकियो र अझै उपचार गर्नुपर्ने छ तर अहिले छ न त पैसा छ न त खानको लागि कोठामा एक दाना अन्न नै ।

केही पनि उपाय नभएपछि भोकले भौतारिदै हिँड्दा उहाँहरु खुलामञ्चको बसपार्कमा आइपुग्नु भएछ । अहिले बुढेसकालमा बेसहारा हुनु भएको छ । यी बुवा आमालाई सहयोगको धेरै खाँचो छ । हाम्रो सानो सहयोगले यी आमा बुवाको उद्दार हुनेछ । आउनुस् यी बुवा आमाको दु:ख र भोगाईलाई थप भिडियोमा हेरौं ।

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending