Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
स्वास्थ्य मेवाको बिउ सेवन गर्नुहोस्, यी खतरनाक रोगहरुबाट छुटकारा पाउनुहाेस् !

मेवाको बिउ सेवन गर्नुहोस्, यी खतरनाक रोगहरुबाट छुटकारा पाउनुहाेस् !

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: मेवा एक स्वादिष्ट तथा पोषणले भरिपूर्ण फल हो भन्ने कुरामा कसैको पनि दुई मत हुनसक्तैन । तर मेवा भित्र हुने यसका बिउहरु अझै लाभदायक तथा स्वास्थ्यबद्र्धक हुन्छ भन्ने कुराको जानकारी हामीहरुमध्ये थोरैलाई मात्र हुनसक्छ । आज डिसीनेपाल तपाईंहरुलाई मेवाको बिउ सेवन गर्नाले हुनसक्ने फाईदाहरुका बारेमा जानकारी गराउँदै छ ।

मेवाको बिउ सेवन गर्नाले हुने फाइदाहरु:

१. कलेजो सम्बन्धी रोगमा:

मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५-६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिन्नुहोस् ।

अव यो धुलोलाई कागतीको रस सहितको एक ग्लास पानी वा जुसमा मिसाएर दैनिक एक महिना सम्म सेवन गर्नुहोस् । सिरोसिस रोग आपसेआप निको भएर जान्छ । मेवाको बिउ सेवन गर्नाले कलेजो बलियो हुनुका साथै कलेजोमा कुनै पनि प्रकारको संक्रमण हुनपाउँदैन ।

२. किटाणु नासक:

मेवाको बिउ सेवन गर्नाले शरीरमा संक्रमण हुन पाउँदैन र यसले फुड प्वाइजनिङ जस्तो समस्यालाई सहजै नाकाम बनाउँछ । यसको सेवन गर्नाले ज्वरो समेत लाग्न पाउँदैन ।

३. क्यान्सर:

मेवाको बिउ सेवन गर्नाले शरीरमा कयान्सरको कोशिका र ट्यूमर बिकसित हुनपाउँदैन । मेवाको बिउमा प्राप्त गुणले कोलन, स्तन, फोक्सो, ल्युकेमिया र प्रोस्टेट क्यान्सर रोगहरुको बिरुद्धमा काम गर्छ ।

४. फर्टिलिटी (प्रजनन):

अनुसन्धानले के देखाएको छ भने मेवाको बिउ सेवन गर्नाले शरीरमा कुनै पनि असर नपुर्याई सुक्रकिट उत्पादन नियमित हुन्छ । आयुर्वेद तथा घरेलु उपचार सम्बन्धी जनकारी भएका महिलाहरु प्रिगनेन्सी रक्षाका लागि मेवाको बिउ सेवन गर्छन् । अनुसन्धानले समेत देखाई सकेको छ मेवाको बिउ सेवन गर्नाले पुरुषको सुक्रकिट उत्पादन क्षमता नियमित हुने र महिलाको प्रिगनेन्सी रक्षामा लाभदायक हुने तथ्य ।

५. शरीर सुनिएको निको हुन्छ:

आर्थराइटीस, जोर्नी सम्बन्धी रोगहरु, शरीर सुनिएको, शरीर दर्द तथा छालामा हुने रातोपना जस्ता समस्याहरु मेवाको बिउ सेवन गर्नाले सञ्चो हुन्छ ।

६. किड्नी सम्बन्धी समस्याहरु:

पाकिस्तानको कराँची विश्वविध्यालमा गरिएको एक अनुसन्धान अनुसार मेवाको बिउ प्रयोग गर्नाले किड्नी जन्य रोगहरु सहजै निको भएको देखियो । पाकिस्तान लगायतका एसियाका कतिपय ठाउँमा पाकेको मेवालाई उत्तम फलको रुपमा प्रयोग गरिन्छ । अनि मेवाको बिउलाई पनि उत्तिकै पौष्टिक आहारको रुपमा प्रयोग गरिन्छ । तपाईं पनि मेवा तथा मेवाको बिउ प्रयोग गरेर स्वस्थ जीवन व्यतित गर्नुहोस् भन्ने हाम्रो कामना ।

यस्ता छन्, मेवा खानुका फाइदा:

मेवामा भिटमनि ए पाइन्छ । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । यसले विभिन्न रोग संग लड्ने क्षमाता प्रधान गर्छ । यस्ता छन् मेवा सेवनबाट हुने फाईदाहरु:

  • १. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
  • २. मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।
  • ३. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।
  • ४. जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।
  • ५. मेवा बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ ।
  • ६. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन ।
  • ७. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।
  • ८. मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

औषधिय गुडयुक्त्त मेवाले के के रोग निको पर्छा ?

मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो । अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ।

औषधोपचार:

१. दाद आएमा:

काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।

२. जिब्रो फुटेमा:

काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा विहान/वेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।

३. अल्काई भएमा:

काँचो मेवा ताछेर नियमित दिनमा ४/५ टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन र निको हुँदै जान्छ ।

४. डंडीफोर र चाँया भएमा:

काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।

५. घाँटीभित्रबाट सुनिएमा:

काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २/३ दिनमा ठिक हुन्छ ।

६. कोलस्टेरोलमा:

अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

७. चाउरीमा:

मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ ।

८. पेटको समस्यामा:

मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।

९. कन्स्टिपेसनमा:

मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।

१०. मलद्वारसंबन्धी समस्यामा:

मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

११. तौल घटाउन:

उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।

१२. बिहानीको वाकवाकीमा:

खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।

१३. हाडजोर्नी:

जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।

१४. प्रतिरोधी क्षमतावृद्धिमा:

यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

१५. स्याम्पुको रुपमा:

मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।

१६. रजस्वला अनियमित भएकोमा:

मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ।

१७. कलेजोको क्यान्सरमा:

यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ।

१८. गर्भनिरोधक:

भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ।

१९. मिर्गौलाको समस्यामा:

विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।

२०. डेंगु:

मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने छ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।

मेवा जतिकै लाभदायक मेवाको पातको जूस:

मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ जुन कुरा हामीले यो भन्दा माथि चर्चा गरिसकेका छौ तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ ।

मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् । किनकी मेवा खानुको साथै मेवाको पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । यदी तपाई जीवनभर स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो नियमित डाइटमा मेवाको जूसलाई सहभागि गराउन सक्नु हुन्छ ।

१. रगतको कमीमा लाभदायक:

मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नु हुन्छ । मेवाको पातको जूस तपाई दैनिक दुई चम्मचा तिन महिनासम्म पिउनुभयो भने तपाईको रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।

२. इन्फेक्शनबाट बचाउँछ:

शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।

३. डेंगूको लागि रामबाण औषधि:

डेंगू र मलेरिया सँग लड़नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन ।

४. महिनावारीको समय दुखाईबाट बचाउँछ:

महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ र यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।

५. क्यान्सर कोषलाई बढ्न दिदैँन:

मेवाको पातमा क्यान्सरसँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ , र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।

रक्तअल्पता हुने कारण र यसबाट बच्ने उपायहरु जानिराखाैँ:

शरीरमा भिटामिन बी १२, फोलिक एसिड तथा आइरनले रगतको निर्माण गर्दछ । यी तत्व खानाबाट पाइन्छ । खानपान सही नहुदाँ रगत कम हने गर्छ । नेपालकाे जनसंख्यामा रक्तअल्पताको समस्या देखिनु भनेको खानपान सही नहुनु हो ।

शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ । शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ ।

शरीरमा रगतको कमी विभिन्न कारणले हुने गर्दछ ।

शरीरमा रगतको कमी (एनिमिया) हुनुको कारण ?

विभिन्न कारणले गर्दा शरीरमा रगतको कमी हुने गर्दछ । त्यसमध्ये एनिमिया विभिन्न कारण हुने गर्दछ । खानपानको कमीकै कारण न्युटि्रसनल एनिमिया हुने गर्छ ।

न्युटि्रसनल एनिमिया सबैभन्दा धेरै पाँच वर्ष मुनीका बालबालिकामा देखिने गर्छ । त्यस्तै, नौ वर्षदेखि पन्ध्र वर्ष उमेर समूहका किशोरकिशोरी तथा गर्भवतीमा देखिने गर्छ ।

न्युट्रिसनल एनिमियाको लक्षण:

न्युट्रिसनल एनिमियाको विभिन्न लक्षण हुने गर्छ । चक्कर लाग्ने, थकान महसुस हुने, सास फुल्ने, एकाग्रतामा समस्या, अनुहार सेतो देखिने, बच्चाको व्यक्तित्व विकासमा समस्या , तौल तथा उचाई कम हुने , हालखुट्टा झमझमाउने लगायतका समस्या हुने गर्छ ।

त्यस्तै, गर्भवती महिलाबाट जन्मने शिशु कम तौलको बच्चा जन्मने समस्या हुन्छ ।

शरीरमा रगतको कमी (रक्तअल्पत्रा) भएमा ?

शरीरमा रगतको कमी भएमा हातखुट्टा झमझमाउने, चक्कर लाग्ने, थकान महसुस हुने, एकाग्रता नहुने, अनुहार सेतो हुने, तौल अनुसारको बच्चाको व्यक्तित्व विकास नहुने गर्दछ ।

नेपालमा कुल जनसंख्याको करिब ६० प्रतिशत मानिस रक्तअल्पत्राबाट ग्रसित छ ।

रक्तअल्पत्रा भएको कसरी थाहा पाउने ?

मानिसलाई रक्तअल्पत्रा भए, नभएको विभिन्न तरीकाबाट थाहा पाउन सकिन्छ । यदी कसैलाई माथि उल्लेखित लक्षण देखिएमा

१. कम्पिलिट व्लड काउन्ट तथा पिसिभी जाँच गर्दा हेमोग्लोविनको मात्रा कम भएमा

२. हेमोग्लोविन कम भएमा

३. मायक्रोस्कोपिक जाँचद्धारा पनि हेमोग्लोविन कम भएको थाहा पाउन सकिन्छ ।

के छ उपचार विधी:

यदी कसैलाई रक्तअल्पत्रा भएमा आइरन, फोलिक एसिड तथा भिटामिन बी १२ दिइने गरिन्छ । त्यस्तै, हरियो सागसब्जी, लौका, घिरौला, रातो मासु लगायतका आइरनयुक्त खानेकुरा खाने सल्लाह दिइन्छ । त्यस्तै, फलफूल पनि आइरनको मुख्य स्रोत भएका कारण अत्याधिक मात्रामा फलफूल खाने सल्लाह दिइन्छ ।

त्यसबाहेक, अत्याधिक मात्रामा चियाको सेवनले पनि रगतमा आइरनको कमी गर्ने हुँदाँ चिकित्सकहरु सकेसम्म चियाको सेवन नगर्न अनुरोध गरिन्छ ।

त्यस्तै, रक्तअल्पत्रा भएमा जुकाको संक्रमण हुनसक्छ । जुकाले रगत खाने हुदाँ रक्तअल्पत्रा भएका मानिसलाई सबैभन्दा पहिले जुकाको औषधी दिइने गरिन्छ , जुन तीन महिनासम्म खानुपर्छ । यसले शरीरमा रगतलाई पुनः सुचारु गराउँछ । साथै फोलिक एसिड , आइरसन तथा भिटामिन बी १द्द दिने गरिन्छ ।

सरकारी नीति:

रक्तअल्पता भएका गर्भवती महिलाहरुलाई सरकारद्धारा आइरन चक्की तथा फोलिक एसिड उपलब्ध गराउने गरिन्छ । जबकी किशोरकिशोरी तथा पाच वर्ष मुनी बालबालिकाहरुको लागि भने सरकारको कुनै निति छैन । त्यसको लागि सरकारले कुनै सप्लिमेन्टको व्यवस्था गरेको छैन ।

जबकी दक्षिण पूर्वी एसिण (साउथ इष्ट एसिया) मा भने यो राष्ट्रिय कार्यक्रम अन्तर्गत पर्दछ । विदेशमा भने उत्पादनको समयमै खाद्यान्नहरुमा आइरनको मात्रा बढाइने गरिन्छ । फुड फोर्टीफिकेशन गरिन्छ । जसका कारण ती मुलुकका जनताहरुले भरपूर मात्रामा आइरन पाउने गर्छन् ।

तर नेपालमा गर्भवती महिलालाई बाहेक अन्य वर्गका मानिसहरुको लागि यस्ता कार्यक्रम नहुदाँ नेपालमा हरेक सय जनामध्य ६० जनालाई रक्त अल्पत्रा हुने गर्छ ।

त्यसो त आइरन बाहकेे फोलिक एसिड तथा भिटामिन बी १२ को कमीले पनि शरीरमा रक्तअल्पत्रा गराउँछ ।

(भक्तपुरस्थित क्यान्सर अस्पतालमा कल्सल्टेनट हेमाटोलोजिस्ट तथा बोनम्यारो ट्रान्सप्लान्टका रुपमा कार्यरत डा. अजय झासित गरिएको कुराकानीमा आधारित )

यी लक्षणहरुले भन्छ, तपाईंलाई रक्तअल्पताको समस्या छ:

कहिले काहीँ हामीलाई थकाई लाग्छ । सास फेर्न अलि गाह्रो भएजस्तै हुन्छ । सास बढ्छ । यस्तो समस्या बेलाबखत हुनसक्छ, जो सामान्य हो ।

तर, असामान्य त्यसबेला हुन्छ, जब यो समस्या रक्तअल्पताले निम्त्याउँछ ।

रक्तअल्पता भएको सामात्यतः हामीले भेउ पाउँदैनौ । तर, हाम्रो शरीरको सामान्य लक्षणबाटै रक्तअल्पता भए वा नभएको थाहा पाउन सकिन्छ । यसका लागि कस्ता लक्षण देखिन्छन् भन्ने कुरा चाहि बुझ्नुपर्छ ।

रक्तअल्पताले खासगरी महिला अझ गर्भवतीलाई बढी समस्यामा पार्छ । रक्तअल्पताकै कारण गर्भको शिशुलाई असर गर्छ । नतिजा, कम तौलको बच्चा जन्मन्छ । अझ डरलाग्दो त के भने, रक्तअल्पताले गर्दा बच्चा जन्माउन गाह्रो हुन्छ । कुनै बेला यस्तो जटिलता पनि आउन सक्छ, जसले आमा र बच्चा दुबैको मृत्यु पनि हुनसक्छ ।

नेपाली महिलामा रक्तअल्पता:

रक्तअल्पता नेपाली महिला, किशोरीहरु र बालबालिकालाई देखिने आम समस्या हो । गर्भवतीमा अझ बढी समस्या देखिने गरेको छ । यसले गर्दा बच्चा रोगी बन्ने, कम तौलको जन्मनेलगायतका समस्या हुन्छ । किनकी गर्भवती आमाको शरीरबाटै भू्रणले पोषण, अक्सिजन लिने गर्छ । अझ अर्को डरलाग्दो कुरा के छ भने रक्तअल्पताकै कारण अत्याधिक गर्भवती महिलाका मृत्यु हुने गरेको छ ।

सुदुरपश्चिमका कतिपय गाउँमा अझै पनि गर्भवती महिलालाई धेरै खाना दिनुहँदैन भन्ने अन्धविश्वास छ । जसले गर्दा उनीहरुलाई हरियो सातपात, फलफूल, मासु, दूध आदि त्यति धेरै दिदैनन् । कस्तो भने केरा खाए बच्चा पाठेघरमा टाँसिन्छ, दूध-दही खाए गाईभैंसीको दूध सुक्छ भन्ने जस्ता अन्धविश्वास छन् । जसले गर्दा गर्भवती महिलामा कुपोषण र रक्तअल्पताको समस्या हुने गर्छ ।

नेपालको स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धानअनुसार कुल मातृमृत्युदरमध्ये १० प्रतिशत आमाको रक्तअल्पताकै कारण मृत्यु हुने गर्छ । रक्तअल्पता भएका महिलाहरुलाई रक्तस्राव हुने सम्भावना अत्याधिक हुन्छ । त्यसैले २० प्रतिशत महिला अप्रत्यक्षरुपमा रक्तअल्पताको कारण मर्ने गर्छन् ।

रक्तअल्पताका लक्षण:

रक्तअल्पता भएमा हावाबाट लिएको अक्सिजनलाई रगतले शरीरका अन्य ठाउँमा पुर्‍याउँन सक्दैन ।

थोरै हिँड्दा पनि थकाइ लाग्ने, स्वास्वा हुने, चक्कर लागिरहने, मुटु ढुकढुक गर्ने, अल्छि, वाकवाक लाग्ने, खान दिल नबस्ने जस्ता समस्या हुन्छ ।

रक्तअल्पताको समस्या बढ्दै गएमा अनुहार र छालाको रङ फुस्रो देखिन थाल्छ ।

रक्तअल्पता पछि:

रक्तअल्पता भएपछि शरीरको रोगसँग लड्ने क्षमता घटेर जान्छ । रोग लागेपछि खाना कम रुच्छ । जसले कुपोषण बढ्दै जानुका साथै रक्तअल्पताले झन् दुख दिने गर्छ ।

रक्तअल्पताको कारणले गर्भवती महिलामा गर्भपतन हुने, पेटको कम तौल भएको शिशु जन्मने, सम्यअघि नै बच्चा जन्मने, बच्चाको उमेरअनुसार मानसिक विकास नहुने सम्भावना बढी हुन्छ ।

रक्तअल्पताबाट बच्न:

रक्तअल्पताबाट बच्नका लागि प्रोटिनयुक्त खानाको प्रयोग गर्नुपर्छ । यसका साथै भिटामिन बी, फोलिक एसिड र आइरनयुक्त खानेकुराको प्रयोगलाई पनि बढाउनुपर्छ । मासु, भटमास, विभिन्न प्रकारका दाल, राजमा, बोडी आदिको सेवन गर्दा रक्तअल्पताको समस्यााबाट टाढा रहन सकिन्छ । यस्ता खानेकुरा फलामको भाडामा पकाएर खाने वानीले शरिरले प्रयाप्त मात्रामा फलाम तत्व प्राप्त गर्छ ।

नेपालीले विभिन्न चाडपर्वमा क्वाँटी, चाकू, घि र शखरखण्ड, जौको सातु, कागतीको सर्बतको प्रयोग गर्छन् । त्यस्तै मासको दालको खिचडी र घिउ खाने प्रचलन छ । चाकु र सखरखण्ड फलाम, प्रोटिन र भिटामिन सीको राम्रो स्रोत हो ।

साग, सिस्नो, गिठ्ठा, भ्याकुर, कोदो, फापर, जौ, गहुँ, चामलको ढुटो, भटमास मकै पोषणका राम्रा श्रोत हुन् । यसको प्रयोगले पनि रक्तअल्पताबाट बच्ने निकै राम्रो उपाय हो ।

कणर्णालीमा फल्ने जुनेलो, कोदो, फापर, आलु र अछाममा फल्ने गहुँ र कोदोको प्रयोग गर्दा कुपोषण र रक्तअल्पता हुनबाट बच्न सकिन्छ । जसबाट पाइन्छ फलाम तत्व

लट्टेको सागमा भिटामिन ए र फलाम तत्वको दुवैको मात्रा प्रसस्त हुन्छ । भटमासबाट फोलिक एसिड, आइरत र प्रोटिन प्राप्त गर्न सकिन्छ ।

गर्भवती महिलाहरुलाई फलामतत्वको कमी भएमा फलाम चक्की चक्कीको प्रयोग गर्न सकिन्छ । जुन नेपालका स्वास्थ्यचौकीमा उपलब्ध हुन्छ । तर, यस्तो चक्की खाली पेटमा भने प्रयोग गर्नु हुँदैन । खानामा प्रोटिन र फलामतत्वको मात्रा नबढाई चक्कीले मात्र भने रक्तअल्पताको समस्या समाधान गर्दैन ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हाम्राे शरीरकाे धेरै रोग जिब्रो हेरेरै पत्ता लाग्छ, पढेपछि सेयर गर्नुहाेला

तपाईं उपचारको लागि कुनै चिकित्सककहाँ पुग्नु भयो भने उसले पहिला तपाईको कुरा सुन्दै नोट गर्छ । त्यसपछि परिक्षणको लागि मुख बाउन लगाउँछ र जिब्रो बाहिर निकाल्न भन्छ । अनि टर्च लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छ ।

टाउको, पेट दुखेको होस् या शरिरमा अन्य समस्या नै किन नहोस । चिकित्सकले जिब्रोको अवस्था हेर्न छुटाउँदैन । तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिकित्सकले किन जिब्रोलाई यति धेरै महत्व दिन्छन् ?

जिब्रोको अर्को पाटो:

जिब्रो पाँच ज्ञानेन्द्री यमध्येको एक हो । जिब्रोको काम शब्दको ऊच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्टयाऊने मात्र होइन । जिब्रोले स्वास्थ्य समस्याको बारेमा पनि संकेत दिने गर्छ ।

जिब्रोको अवस्था हेरेर सजिलोसँग स्वास्थ्य समस्याबारे थाहा पाउन सकिन्छ । जिब्रोलाई पेटको दर्पणको रुपमा पनि लिइन्छ । यसले पाचनसम्बन्धी समस्यालाई प्रतिबिम्बित गर्नुका साथै पाचन प्रणालीको गडबडी र अन्य खरावीलाई पनि देखाउने गर्छ ।

प्राचिनकालमा बैद्य अर्थात आयुर्वेदिक फिजिसियनहरुले जिब्रो, नाडि, हात र खुट्टाका नङ तथा कपालको परिक्षण गरी गम्भीर रोग पनि पत्ता लगाउँथे । यसरी नै उनीहरुले क्षयरोग, मस्तिष्क रोग, छारे रोग, पेट सम्बन्धी रोगको सफल उपचार पनि गर्थे ।

विरामीले झुटो बोलेर रोग लुकाउन खोजे पनि जिब्रोमा हुने परिवर्तनले यसलाई लुकाउन दिँदैन । यद्यपि एलोप्याथिक औषधिको सेवन गरिरहेको वा कुनै जडिबुटीको सेवन गरिरहेको अवस्थामा पनि जिब्रोको रङ परिवर्तन हुन सक्छ ।

अहिले पनि आधुनिक चिकित्सा (एलोप्याथिक) ले भने रोग निदानको उद्देश्य बाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैन, जति आयुर्वेदिक, होमियोप्याथिक र युनानीमा दिइन्छ । तर, होमियोप्याथिक चिकित्सकलाई बिरामीको जिब्रोले महत्वपुर्ण जानकारी दिने गर्छ । यसकै सहायताले चिकित्सकले औषधिको निर्देश पत्र लेख्छ ।

रोगअनुसार जिब्रोमा परिवर्तन:

जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निशानहरु देखिन्छन् भने त्यस्ता व्यक्तिमा रगतको निकै कमी भएको हुन सक्छ । त्यस्तै, जिब्रोमा देखिने कालो दागले ऊच्च रक्तचापको समस्या भएको जनाउ दिन्छ ।

अपचले गर्दा पित्त बढेर टाउको दुख्नुका साथै आँखाको दृष्टि क्षमतामा पनि समस्या सृजना गर्छ । पेटमा भएको बायुविकारले मुटुको धड्कनलाई बढाउने, छातीमा दुखाई हुने गर्छ । यस्ता समस्याको संकेत जिब्रोमा सहजै देख्न सकिन्छ । त्यति मात्र नभएर जिब्रोले अंगहरुले गरिरहेको कामबारे पनि जानकारी दिन्छ ।

अर्द्ध पक्षधात भएमा जिब्रोको अघिको भाग सुक्ने गर्छ । त्यस्तै, पहेँलो र चिल्लो जिब्रोले रगतसम्बन्धि बिकारलाई इंगित गर्छ ।

जिव्रो निलो छ भने मुटुसम्बन्धि (ईमप्युअर अक्सिजन) समस्या भएको थाहा लाग्छ । मानिसको मन, शरिर, भावनासमेत पाचन प्रणालीबाट प्रभावित भएको हुन्छ । जस्तो कि हाइपरएसिडिटी प्रायः ब्यक्तिको तनावसँग जेडिएको हुन्छ । त्यसैले जिब्रोले पूर्ण शरिरलाई नै वताउने गर्छ ।

यदि पेटको माथिल्लो भाग दुखिरहेको छ भने त्यस्ता व्यक्तिको जिब्रोमा चमक देखिन्छ । त्यस्तै, जिब्रोमा चिनीका मसिना कणजस्ता चम्किला थोप्लाको निशान छ भने पेटमा जुका परेको हुन सक्छ । जिब्रोका केही अवस्थाले ब्यक्तिको शरिरमा रहेको मात्र नभएर सम्भावित रोगबारे भबिष्यबाणी पनि गर्न सकिन्छ । डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रोलाई मुखमा किटाणुको संक्रमण भएको लक्षणका रुपमा लिईन्छ ।

त्यस्तै, एलर्जि भएमा जिब्रो सुनिने गर्छ । लामो समयसम्म एन्टिबायोटिक औषधिको प्रयोग तथा एचआईभी (एड्स) बाट संक्रमित भएका मानिसको मुखमा ढुस्सी (फगंस) को संक्रमण हुने गर्छ । यस्ता व्यक्तिको जिब्रो कालो र रगंहिन हुन्छ ।

जिब्रोको सतहमा लामा र गहिरा धर्साहरु (चिरा) भएमा भिरंगी (सिफिलिस) जस्ता यौन रोग लागेको पनि हुन सक्छ । त्यस्तै, जिब्रोमा पटक-पटक घाउ भएमा त्यो पेटको जटिल रोग -क्रोनिक डिजिज) को लक्षण हो ।

जिब्रोले राम्रोसँग स्वाद थाहा नपाउने समस्या भएमा भिटामिन बी १२ र फलाम तत्वको कमी र रक्तअल्पता भएको भएको शंका गर्नुपर्छ । ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको-पेट दुख्नेजस्ता समस्या पनि मानिसको जिब्रो हेरेरै पत्ता लगाउन सकिन्छ ।

जिब्रोको कुन भाग कुन अंगसँग जोडिन्छ ?

एउटा स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी, सफा र पातलो हुने गर्छ । र, यस्तो जिब्रो स-साना टुस्सा (प्यापिलि) ले भरिएको हुन्छ । आयुर्वदिक चिकित्साअनुसार जिब्रोको विभिन्न भागले फरक-फरक अंगबारे जानकारी दिने गर्छ ।

जिब्रोको सतहले मेरुदण्ड, दाहिने र देब्रे छेउको भागले मिर्गौला, सतहदेखि माथिको भागले आन्ऽा, अगाडिको भागले अग्नाशय र त्यसभन्दा अछिको भागले पेटको अवस्थालाई देखाउँछ । बिच छेउको भागले दाहिने फियो र देब्रे कलेजोलाई संकेत गर्छ । र, अगाडिको दुबै छेउले दाहिने र देब्रे खुट्टालाई जनाउने गर्छ ।

त्यस्तै त्यही भागको बीचभागले मुटुलाई प्रतिविम्ब गर्छ । त्यसैले ऐनामा जिब्रो हेरेर आफैं पनि आफ्नो स्वास्थ्यअवस्थाको बारेमा जानकारी राख्न सकिन्छ । स-साना बालबालिका, लाटा, बहिरा र नबुझ्ने भाषा भएका विरामीहरुलाई जिब्रो हेरेरै औषधी लेख्न सकिन्छ ।

सम्बन्धित समाचार

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।

स्वास्थ्य फाइदा बोक्रामा कालो दाग भएको केरा

छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X