Monday, September 28, 2020

Monday, September 28, 2020
स्वास्थ्य टाउको बेस्सरी दुख्यो ? भान्छामै भेटिने यी औषधी, यसरी गर्नुहोस् प्रयोग

टाउको बेस्सरी दुख्यो ? भान्छामै भेटिने यी औषधी, यसरी गर्नुहोस् प्रयोग

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् ।

जसले गर्दा तपाईंको काम प्रभावित हुन सक्छ भने समयमै वास्ता गरिएन भने भने यसले ठूलो समस्या ल्याउन सक्छ । टाउको दुखाइका लागि तपाईले घरेलु उपचार पनि गर्न सक्नुहुन्छ जसबाट तपाईंले छुटकारा पाउन सक्नुहुन्छ ।

पुदिना:

माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।

ल्वाङ र नुनको प्रयोग:

टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।

दालचिनी पाउडर:

टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।

कागती र तातो पानी:

लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

लसुनको रस:

लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।

जीरा र अदुवाको रस:

धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।

यी व्यक्तिहरुले भुलेर पनि नखानुहोस् तितेकरेला:

काठमाडौँ । करेला स्वास्थ्यका लागि आवश्यक चिज हो। तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ।

त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैनः

गर्भवती हुनुहुन्छ ?

करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

फर्टिलिटी समस्या भएमा:

यदि फर्टिलिटीसम्बन्धी औषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्‍याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।

पायल्स छ ?

पायल्सको समस्या छ भने पनि तितेकरेलाबाट टाढै रहनुस् । किनकि, तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

शल्यक्रियापछि:

शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

जसमा कलेजोको समस्या छ:

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

महिनावारी समस्या:

बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।

जसलाई सुगर कम छ:

करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन ।

सम्बन्धित समाचार

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

कब्जियत : यी कुरामा ध्यान दिनुहोस् !

आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । कब्जियत नै अन्य पाइल्स, फिस्टुला, फिसरजन्य रोगको कारक समेत बन्न जान्छ ।

शरीरलाई फाइदा हुन्छ कालो चियाले

हिले गर्मी र जाडोको मिश्रित समय छ । दिउँसो गर्मी भएपनि बिहान र अबेर बेलुका चिसो बढ्न थालेको छ । यस्तोमा नेपाली समाजमा चिया सेवन अनिवार्य झै बनेको छ ।

आज थप १२०७ जनामा कोरोना पुष्टि, ११४७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ।

ताजा समाचार

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।
X