Thursday, September 24, 2020

Thursday, September 24, 2020
नेपाल सत्तारुढ दल नेकपा MCC अनुमोदन गर्ने निर्णयमा

सत्तारुढ दल नेकपा MCC अनुमोदन गर्ने निर्णयमा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: लामो समयदेखि चर्चा र वहसमा रहेको अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई परिमार्जनसहित अनुमोदन गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ ।

सत्तारुढ दल नेकपा भित्रको विवादका कारण अलपत्र परेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता अब अनुमोदन हुने देखिएको छ। सत्तारुढ दल नेकपाकै कारण संसदमा अलपत्र सो सम्झौता अनुमोदन गर्ने नेकपाको स्थायी कमिटीले निर्णय गरेको छ। बिहीबार सम्पन्न बैठकले आवश्यक परिमार्जन गरी देशको हितमा एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सँयुक्त रुपमा बैठकमा पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरिएको थियो। सो प्रस्ताव स्थायी कमिटीले सर्वसम्मत रुपमा पारित गरेको हो।

यसअघि नेकपामै विवाद भएपछि एमसीसी संसदबाट अनुमोदन गरिसक्नु पर्ने सयम सीमा घर्किएको थियो। र अब करिब ६० अर्व रुपैयाँ अनुदान बराबरको सो सम्झौता संसदबाट अनुमोदन गर्नुअघि नेपाल र एमसीसीबीच फेरि नयाँ सम्झौता हुनुपर्ने देखिएको छ। नेकपाले परिमार्जनपछिमात्र अनुमोदन गर्ने निर्णय गरेकाले फेरि सम्झौता गर्नुपर्ने अवस्था देखिएको हो। अब अमेरिकाले यो विषयमा के निर्णय गर्छ भन्ने चासोको विषय बनेको छ।

आज (शुक्रबार) बसेको नेकपा स्थायी कमिटी वैठकले एमसीसीलाई परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको हो । ‘एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ,’ शुक्रबारको स्थायी कमिटी बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीले यसअघि पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको प्रतिवेदनलाई समेत ध्यान दिई के संशोधन परिमार्जन गर्ने भन्नेबारे निर्णय लिइनेछ । यसबारे पार्टीमा छलफल गरी छिटै निर्णय लिइने उनले बताए । एमसीसीबाट सहयोग लिन गरिएको सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गरिएको छ ।

तर सत्तारुढ दल नेकपाकै नेताहरुले त्यसलाई अनुमोदन गर्नै नहुने भनी बिरोध गरेका कारण सो सम्झौता संसदमै रोकिएको छ ।

एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णयमा लीलामणि पोखरेलको ‘नोट अफ डिसेन्ट’

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने निर्णयमा असहमत हुँदै नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नोट अफ डिसेन्ट लेखेका छन्। उनले एमसीसी नेपालको हितमा नभएकोले त्यसलाई अनुमोदन गर्नै नहुने बताए।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए। सोही प्रस्तावमा आफूले नोट अफ डिसेन्ट राखेको पोखरेलले नेपालखबरलाई बताए। ‘मैले एमसीसी राष्ट्रिय हितमा नभएकोले र त्यसलाई परिमार्जन र संशोधन गर्न सम्भव नभएकोले नोट अफ डिसेन्ट लेखेको हुँ,’ उनले भने।

उनले एमसीसीसँगै दर्जन बढी सहायक सम्झौता पनि भएको र तिनलाई गोप्य राखिएकोले यसलाई अनुमोदन गर्नु घातक हुने दाबी गरे। ‘एमसीसी स्वयं नेपालको राष्ट्रिय हितअनुकूल छैन,’ पोखरेलले भने, ‘त्यसमा पनि अमेरिकीहरुले एमसीसीको मूल सम्झौता संशोधन हुँदैन भनेर भनिसकेका छन् भने हामीले त्यसलाई कसरी परिमार्जन र संशोधन गर्न सक्छौं?’

‘एमसीसी इन्डो प्यासिफिक स्ट्राट्रेजी (आईपीएस) को अंग हो। हामीले अमेरिकी डिफेन्स पोलिसीलाई किन सहयोग गर्ने?’ उनले प्रश्न गरे।

आईपीएस दक्षिणपूर्वी एसियामा समाजवादलाई रोक्न बनाएको संयन्त्र रहेको बताउँदै उनले थपे, ‘यसको उद्देश्य सैन्यपनि हो र गैरसैन्य पनि हो, त्यसकै एक अंग एमसीसीलाई अनुमोदन गर्न हाम्रो कानुनले दिँदैन। हामीले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएका छौं।’

एमसीसी अमेरिकाले चीनविरुद्ध प्रयोग गर्न ल्याएको परियोजना भएकाले नेपालमा चीनविरोधी गतिविधि गर्ने त्यस्तो सम्झौता अनुमोदन गर्नु रणनीतिक, आर्थिक, राजनीतिक र संवैधानिक र प्राविधिक रुपले पनि बेठिक भएको कारण आफूले नोट अफ डिसेन्ट लेखेको उनले स्पष्ट पारे।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

ओली र प्रचण्डबिच छलफल बालुवाटारमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X