Thursday, September 24, 2020

Thursday, September 24, 2020
अपराध भक्तपुर घटनाः बाबुले आमा–छोराको ह'त्या गरेर आत्मह'त्या गरेको हुनसक्ने

भक्तपुर घटनाः बाबुले आमा–छोराको ह’त्या गरेर आत्मह’त्या गरेको हुनसक्ने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:  शुक्रबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ को एउटा घरमा दिनभर निकै चासो बढ्यो । यो चासो बढ्नुको कारण थियो, तीन दिनदेखि सुनसान यो घरमा शुक्रबार दिउँसाे पाँच बजे तीन शव भेटिएको थियो ।

यी तीनै शव एउटै परिवारको थियो । अझ आश्चर्य त के भने घरभित्र नै सेतो रंगको कुकुरको शव पनि भेटिएको थियो । अनि घरको मूल ढोका थोरै खोलिएको थियो ।

घरमा भेटिएको शव आमा, बाबु र छोराको थियो । यी तीनै शव घरका विभिन्न ठाउँमा भेटिएको थियो ।

शुक्रबार दिउँसो ३६ वर्षका सुदीप अधिकारीको यो घरमा पुगेका थिए, उनका भाइ सुनील । काठमाडौं उपत्यकामा निषेधाज्ञा सहज भएपछि उनी त्यहाँ पुगेका थिए । तर, घरभित्र पस्दापस्दै सुदीपका भाइ सुनीलले अनौठो मान्दै गए । घर पूरै सुनसान भएको र मूल ढोका खुलै भएकाले उनी आश्चर्यमा परेका थिए ।

तर, जब उनी घरको पहिलो तलामा पुगे, भतिजको शव लडिरहेको देखे । उनी दोस्रो तलामा पुगे, त्यहाँ उनको भाउजूको शव थियो । त्यहाँ दाइ सुदीपको घरमा लामो समय देखि पालिँदै आएको कुकुरको शव उनले सबैभन्दा पहिले देखेका थिए । त्यसपछि भाउजू, भतिज र दाइको शव देखेपछि सुनीलले हत्तपत्त प्रहरीलाई सम्पर्क गरे ।

शुक्रबार साँझ पाँच बजे सुनीलले सम्पर्क गरेपछि प्रहरी टोली अपराधस्थलमा पुग्यो । सबैभन्दा पहिले त घरको ढोकाहरु खुलै भएकाले यो अरु कसैले गराएको हुनसक्ने घटना प्रारम्भिक अनुसन्धानमा प्रहरीले आकलन गरेको थियो । यद्यपि यो निष्कर्षमा पुग्न प्रहरीले थप अनुसन्धानको खाँचो देख्यो । त्यसैले यो घटनामा अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विज्ञसहितको टोली पनि घटनास्थलमा लगियो ।

प्रहरीले यही क्रममा सुदीपकी श्रीमती सम्झना र छोरा सुशान्तको मृत्यु केही दिनअघि भएको थाहा पायो । ३४ वर्ष र १५ वर्षका यी दुईको शवको वरपर रगत देखिएपछि प्रहरीले उनीहरुको हत्या भएको हुनसक्ने अनुमान गरेको छ । त्यसका लागि घरमै रहेको धारिलो हतियार प्रयोग गरिएको हुनसक्ने प्रहरी अनुमान छ । आमा छोराको हत्या गरेपछि बाबु सुदीपले आत्महत्या गरेको हुनसक्ने अनुमान अहिले प्रहरीले गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले फरकधारलाई जानकारी दिएका छन् ।

‘आमा र छोराको शरीरमा चोट देखिएको छ तर बाबुको शरीरमा कुनै चोट देखिएको छैन,’ ती अधिकारीले फरकधारलाई जानकारी दिएका छन्, ‘कुकुरको शरीरमा पनि कुनै चोट देखिएको छैन ।’

उता, भान्सामा भएको खानेकुराहरुबाट विष हालिएको हुनसक्ने गन्ध आएको पनि ती अधिकारीले बताएका छन् । तर, यसको जाँच भइसकेको छैन । खानेकुरामा विष हालिएको थियो या थिएन भन्ने कुराले सुदीप नै यो घटनामा संलग्न भएको वा नभएको हुनसक्ने निचोडमा प्रहरी पुग्न सक्ने बताइएको छ ।

त्यो घरमा भेटिएका शवहरु अहिले पोस्टमार्टमका लागि अस्पताल लगिएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन ।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

साँझ बस्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

ईसेवा मार्फत भुक्तानी गर्न सकिने धरान उपमहानगरको कर अब

धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ ।

ताजा समाचार

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।
X