Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
शिक्षा निजी विद्यालयको मनपरी शुल्क उठाएर आतंक

निजी विद्यालयको मनपरी शुल्क उठाएर आतंक

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कोरोना संक्रमणका कारण पाँच महिनादेखि विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् । एकातिर निजी विद्यालयले अभिभावकसँग शिक्षक–कर्मचारीलाई तलब दिनुपर्ने भन्दै मनपरी शुल्क असुलीको ताकेता गरिरहेका छन् भने अर्कोतर्फ शिक्षक–कर्मचारी तलब नपाइएको भन्दै गुनासो गरिरहेका छन् । काठमाडौंको बालुवाटारस्थित मेरियडयन स्कुलले अभिभावकलाई भर्ना शुल्क, मासिक शुल्क, स्टेसनरी शुल्क, अनिवार्य तिर्न दबाब दिएको छ । यसैगरी भक्तपुरको राजश्री, काठमाडौंको संस्कृति र बृहस्पतिले पनि अभिभावकलाई खर्चै नभएका शीर्षकसमेत समेटेर भर्ना, यातायत, खाजा, स्टेसनरी, पुस्तकालयलगायत शुल्क तिर्न बाध्य पारिरहेको भन्दै अभिभावकले गुनासो गरेका छन् ।

निजी विद्यालयहरूले बन्दाबन्दीमा सञ्चालनै नभएका शीर्षकमा समेत शुल्क असुली गर्दा पनि सरकार मूकदर्शक बनिरहेको छ । ललितपुरको युलेन्स स्कुलले त लुट नै मचाएको छ । उक्त स्कुलले केही दिनअघि अभिभावकसँग मासिक ३६ हजारको दरले तीन महिनाको एकमुष्ट १ लाख ८ हजार मागेपछि तनाव नै सिर्जना भएको संस्थागत विद्यालय अभिभावक संघ नेपालका अध्यक्ष सुवास भण्डारीले बताए ।

कोरोनाकालमा पठनपाठन गराउन शिक्षा मन्त्रालयले ल्यायो निर्देशिका : यस्ता छन् विशेषता:

रोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सो निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने तयारी गरिएको छ ।

गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो निर्देशिकामा प्रविधिको आधारमा विद्यार्थीलाई ५ समूहमा वर्गिकरण गरिएको छ । जसमा सबै किसिमको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएको विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएको विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधानमा पहुँच भएका बिद्यार्थीको समूह । निर्देशिकामा स्थानीय तह र विद्यालयले आवश्यकताको आधारमा पहुँचा योग्य ढाँचामा सहिजकरणको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

कोरोना संकट कायम रहँदासम्म यही निर्देशिका बमोजिम विद्यालय शिक्षाको कार्यक्रम सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले रातोपाटीलाई जानकारी दिए ।

प्रविधिको पहुँच नभएका विद्यार्थीका लागि यस्तो व्यवस्था:

विद्युतीय सञ्चार प्रविधि माध्यमको पहुँचबाट बाहिर रहेका विद्यार्थीहरुका लागि केन्द्रबाट स्वअध्ययनका सामग्रीको बिद्युतीय प्रति तयार पारी वेससाइटमा राख्ने र त्यसलाई प्रदेश, स्थानीय तहले छपाई गरी विद्यार्थीहरुलाई वितरण गर्ने, विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रविधिको पहुच नभएका कारण विद्यालय वा समुदायमा भौतिक दुरी कायम गरी बसाइ शिक्षक वा स्वयम्सेवक मार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने भनिएको छ ।

एफएम रेडियोमार्फत सिकाइ:

एफएम रेडियोको पहुँचमा भएका विद्यार्थीका लागि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्रले तयार पारेका सामग्रीहरु रेडियोलाई निःशूल्क उपलब्ध गराउने र रेडियोबाट निःशूल्क वा न्यूनतम शूल्कमा प्रशारणको व्यवस्था गर्ने भएको छ । यस्तै शिक्षकहरुलाई रेडियो मार्फत शिक्षण गर्न लगाउन, विद्यार्थीले तयार पारेको लेख रचना प्रशारणको व्यवस्था गर्ने भनिएको छ । यस्तै केन्द्र, प्रदेश र स्थानीय तहबाट रेडियो र एफएम रेडियोबाट प्रशारण गरिने कक्षा र विषयगत पाठ सम्बन्धी समय तालिकालाई व्यवस्थित गरी सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।

टेलिभिजनको पहुँच भएका विद्यार्थीका लागि:

एफएम रेडियोको पहुँचमा भएका विद्यार्थीलाई जस्तै टेलिभिजनमा पहुँच भएका विद्यार्थीका लागि पनि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाई सामाग्रीहरु केन्द्रीय टेलिभिजनबाट प्रशारण गर्ने, प्रदेश र स्थानीय तहले टेलिभिजनबाट प्रशारण गरिने कक्षा र पाठबारे समय तालिका सार्वजनिक गर्ने व्यवस्था गरिएको छ । केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाई सामग्रीहरु केन्द्रीय टेलिभिजनबाट प्रशारण गर्ने र ति सामग्रीहरु टेलिभिजनलाई निशूल्क उपलब्ध गराउने व्यवस्था छ ।

यस्तै कम्युटर भएको तर इन्टरनेट नभएका विद्यार्थीका लागि:

घरमा कम्प्युटर भएका तर इन्टरनेटको पहँुच नभएका विद्यार्थीहरुका लागि अनलाइनमा तयार पारिएको सामग्रीको अफलाइन मोडमा सिडी वा पेन ड्राइभ, हार्डडिस्क आदी विद्यालय तथा स्थानीय तहमार्फत विद्यार्थीलाई उपलब्ध गराउने भनिएको छ ।

इन्टरनेट प्रविधिको पहुँचमा भएका विद्यार्थीका लागि:

इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको लागि पाठ्यपुस्तक उपलब्ध गराउने, केन्द्र, प्रदेश र स्थानीय तहले अनलाईन सिकाई सामग्रीहरु तयारी गरी अनलाइन माध्यमबाट उपलब्ध गराउने, केन्द्रले अनलाइनमा प्रशारण गरिएका श्रव्य दृश्य सामग्रीहरु लर्निङ पोर्टल वा युट्युवमा अपलोड गर्ने, पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएका र स्वीकृति प्रदान गरिएका विद्यालय तहका सबै कक्षाका पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्री लगायत अन्य श्रब्य दृश्य सामग्रीहरु साइबर सुरक्षा निर्देशिकाको अधिनमा रही मोबाइल एप्लिकेशन विकास गरी डाउनलोड गर्न सकिने व्यवस्था गर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकामा शैक्षिक सत्रको समायावधी तथा माहामारी लगायतको विषम परिस्थितिको अवस्था हेरी विद्यालयले आवश्यक अनुसार दुर शिक्षा वा प्रत्यक्ष साक्षात्कार माध्यमबाट सिकाई सहजीकरण गर्दा विभिन्न शिक्षण विधि अवलम्बन गर्ने सक्ने भनिएको छ ।

सम्बन्धित समाचार

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

कक्षा ११ मा भर्ना हुने विद्यार्थी यसकारण पर्दैछन् अन्योलमा

सरकारले यो वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ। विगतको संकाय प्रणालीको व्यवस्थालाई हटाउँदैं कक्षा १२ सम्म विद्यालय तह अनुसार नै पठनपाठन गर्नेगरी व्यवस्था गरेको हो।

४० अङ्कको लागि कक्षा १२ को परिक्षा अब Online बाट । पुरा पढ्नुहोस्

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।

ताजा समाचार

रोजगारी गुमेका नेपालीहरूका लागी कतारबाट आयो अहिले सम्मकै खुशीको खबर

कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ ।कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने यस्तो छ तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्।

क्याप्टेन विजय लामाले भने, कोरोनासँगको लडाइँमा आज धेरै राम्रो भएको छ, स्वस्थ बन्दैछु

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आफू स्वस्थ बन्दै गइरहेको बताएका छन् । दुई हप्तादेखिको कोरोनासँगको लडाइँमा आज धेरै राम्रो प्रगति भएको र नास्ता पनि लिएको बताएका छन् ।

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।
X