Monday, September 21, 2020

Monday, September 21, 2020
रोचक आश्चर्यजनक तरिका: देखाउनै लाज लाग्ने हात होस् या अनुहार एक छिनमै सफा

आश्चर्यजनक तरिका: देखाउनै लाज लाग्ने हात होस् या अनुहार एक छिनमै सफा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कागतीको चिया धेरै नै स्वादिष्ट हुने भएकोले प्राय सबैले यसलार्ई पिउने गर्दछन् । तर के तपाइँलाई कागतीमा हुने अरु गुणबारे थाहा छ ?कागतीमा स्वास्थ्य र सौन्दर्यलाई प्रभाव पार्ने चमत्कारिक गुण हुन्छ । कागतीले हाम्रो कपाललाई प्राकृतिक रुपमा सुन्दर , बलियो र बाक्लो बनाउन मद्धत गर्नुको साथै छालामा पनि राम्रो असर पुर्याउँदछ । कागतीमा भिटामिन सी पाइनुको साथै एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसले बोसोलाई हटाउनमा पनि मद्धत गर्दछ । आज हामी तपाइँलाई सौन्दर्यताको लागि कागतीको प्रयोगबाट हुने फाईदाबारे जानकारी दिन्छौं ।

कागतीले कपाललाई चम्किलो र सुन्दर बनाउँछ ।

यदि तपाइँ आफ्नो कपाललाई चम्किलो र सुन्दर बनाउन चाहनुहुन्छ भने , कपालमा कागतीको रसलाई राखि घाममा सुकाउनुहोस् । सूर्यको मद्धतबाट कागतीले कपाललाई चम्किलो तथा आर्कषक बनाउँदछ । राम्रो परिणामको लागि कमसेकम हप्तामा १ पटक यसको प्रयोग गर्नुहोस् ।

कागतीले तपाइँको ओंठलाई सुख्खा हुन दिदैन ।

ओंठलाई सुख्खा हुन नदिनको लागि तपाइँले प्राकृतिक उपायको रुपमा कागतीको प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि सुत्नुभन्दा अगाडि ओंठमा ताजा कागतीको रसको प्रयोग गर्नुहोस् ।

कागतीलाई दुर्गन्ध हटाउनको लागि प्रयोग गर्न सकिन्छ ।

धेरै विशेषज्ञहरुको अनुसार कागतीलाई काखीको दुर्गन्ध हटाउनको लागि उत्कृष्ट वस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । यसले दुर्गन्ध हटाउने मात्र नभई काखीको कालो दागलाई हटाउनमा पनि सहयोग गर्दछ । कागतीमा साइट्रिक एसिड पाईन्छ । जसले जिवाणुहरुलाई नष्ट गरी दुर्गन्धलाई हटाउँदछ । त्यसैले यसले आपतकालीन दुर्गन्ध हटाउने काम गर्दछ । यसको लागि कागतीको रसलाई जौसँग मिसाउनुहोस् । त्यसपछि यसमा अलिकति महलाई मिसाई पेस्ट बनाई लगाउनुहोस् ।

कोठ्ठीलाई हटाउनको लागि कागतीको प्रयोग गर्न सकिन्छ ।

कागतीले विषालुपदार्थलाई हटाउने तथा छालालाई सफा राख्ने काम एउटै समयमा गर्दछ । यसै कारणले गर्दा यसको प्रयोग कोठ्ठीको समस्याबाट छुट्कारा पाउनको लागि पनि गर्न सकिन्छ । यसको लागि आफ्नो अनुहारको छालामा कागतीलाई दल्नुहोस् । र १० मिनेट त्यसै छोड्नुहोस् । यसलाई लगाईसकेपछि घामबाट भने टाढा रहनुुहोस् । कागतीले तपाइँको छालाको चिल्लोलाई हटाई अनुहारलाई आर्कषक बनाउँदछ ।

कागतीको मद्धतबाट छालाको हेरविचार गर्न सकिन्छ ।

एउटा कागतीको रसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् । यसलाई तपाइँले घामभन्दा टाढा बसेर गर्नुपर्ने हुँदा यसको प्रयोग सुत्नुभन्दा अगाडि गर्नुहोस् ।

कागतीले छालाको दागलाई हटाउँदछ ।

छालामा विभिन्न कारणहरुले गर्दा दाग बस्न सक्दछ । जस्तै : घाउ , रोगहरु , आहार , सूर्यको किरण आदि । जस्ले हाम्रो सौन्दर्यतामा कमी ल्याउँदछ । तपाइँले आफ्नो छालाको दागलाई कागतीको मद्धतबाट सजिलै हटाउन सक्नुहुन्छ । यसको लागि थोरै कागतीको रसलाई दाग भएको छालामा लगाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपछि चिसो पानीले पखाल्नुहोस् । घामले यसको असरलाई उल्टो पनि गर्न सक्ने हुँदा यसको प्रयोग सुत्नुभन्दा अगाडि गर्नुहोस् ।

कागतीको प्रयोगले नङ्गलाई सीधा र सेतो बनाउन सकिन्छ ।

कागतीलाई तपाइँले नङ्गलाई सीधा बनाउन तथा यसको दागलाई हटाई सेतो बनाउनको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि केही कागतीको रसलाई २ चम्चा जैतुनको तेलसँग मिसाउनुहोस् । त्यसपछि यसलाई नङ्गमा प्रयोग गर्नुहोस् ।

दिउँसो सुत्ने बानी छ? सताउला यस्ता रोगले:

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन्। तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।

तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।

त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ ।

यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ ।

तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ ।

वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ । असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ ।

सम्बन्धित समाचार

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

एक चम्चा बेसार दूधमा हालेर पिउँदा शरीरलाई हुने ८ फाइदा

बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् । कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

ताजा समाचार

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X