Connect with us

अन्तर्राष्ट्रिय

शक्तिशाली भूकम्प जापानमा गयो

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् ।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् ।

भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो ।अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् ।

यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ ।

सिलिण्डर ग्याँस पड्किएर यूएईमा एक जना नेपालीको मृ’त्यु, एक घाइते:

यूएई । संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्यान गएको छ।आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्यान गएको हो।

गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्यान गएको कम्पनीले जनाएको छ।दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रीलंकन नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन्।

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा फेला परेको थियो । उक्त घटनामा परी सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्लेजुङका अर्जुन चुडाल घाइते भएका थिए। हाल उनी उपचारपछि निको भएर काममा फर्किसकेका छन्।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending