Monday, September 28, 2020

Monday, September 28, 2020
रोचक सर्प सपनामा देख्नुभयो ? यस्तो हुन सक्छ संकेत

सर्प सपनामा देख्नुभयो ? यस्तो हुन सक्छ संकेत

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जनावरहरु सपनामा देखिनुले धेरै संकेत गर्दछ । त्यस्तै सर्प सपनामा देखिनु पनि विभिन्न जीवनका घटनाहरुसँग सम्बन्धित हुने उल्लेख छ।

सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाई संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाईको यौन शक्ति बढेको संकेत गर्दछ।

केही सभ्यतामा सर्पलाई ज्ञान र शक्तिको प्रतिक मानिन्छ। सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन। यस्ता सपनाले तपाईलाई अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ ती बिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाईलाई सावधान बनाउछ, र एकदमै नलौ जीवनको बाटोबाट अगाडी बढाउन सहयोग गर्दछ।

सर्पले सावधान गराउछ, यदि तपाईलाई कसैले छल गर्न लागेको छ भने।

कुनै लुकेका कुरा वा गोप्यकुराहरु प्रति तपाईलाई संकेत गर्ने हेतुले पनि सर्पको सपना देखिने हुन्छ। वा कुनै कुराको सत्यता तपाईलाई थाहा छैन भने पनि त्यसबारेमा संकेत गर्न खोजिएको पनि हुन सक्छ।

तपाईसंग लुकेका क्षमताको संकेतार्थ पनि हुनसक्छ सर्पको सपना। हामीले कुनै कुराको परिवर्तन प्रति मानिने डरको को बारेमा हुन्छ यस्तो सपना। जमिन मुनिबाट सुतेर (हाइबर्नेसन) उठेको सर्प आउदै गरेको सपना देखेमा तपाईमा भएको शक्ति तथा कार्यक्षमता तपाईको जोश र प्रेरणासगं मिलाउन चाहिने उर्जा प्राप्तिको लागि हुनसक्छ।

आध्यात्मिक शक्ति वृद्धि:

केही पूर्वीय संस्कृति अनुसार सर्पको सपनालाई जागेको कुण्डलीनीसंग पनि बुझिन्छ, मेरुदण्डको आधार बाट निस्कने यो शक्तिले तपाइको आध्यात्मिक शक्तिलाई जनाउछ। सपनाको सर्पले तपाईलाई बिग्रान हैन बरु तपाईको सुधारको लागि देखापर्ने हुन्छ।

सपनामा सर्प देखिनुले तपाईको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाई पनि इंकित गर्दछ। जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।

सपनामा देखिरहिने सर्पहरुको अर्थ राम्रो तथा नराम्रो दुवै हुन्छ। सर्पलाई गरिने व्यवहार र सर्पको बारेमा चलिआएको भनाइहरुपनि संस्कृति अनुसार फरक फरक नै हुन्छ। त्यसैले यसको सपनाको प्रभाव तथा अर्थपनि फरक फरक नै हुन्छ।

डरको प्रतिकको पनि मानिन्छ सर्पलाई, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले।

हातका यी ७ रेखाबाट थाहा पाउन सकिन्छ तपाईको भविष्य, यसरी आफै हेर्नुहोस्:

काठमाडौँ । धेरैजसो मानिसहरु आफ्नो हातको रेखा हेरेर सोच्ने गर्छन् कि, के उनीहरुलाई जीवनमा कहिल्यै सफलता मिल्ला ? तर हामीमध्ये धेरैजनालाई हस्तरेखाको बारेमा जानकारी नै हुँदैन।

यस्तोमा धेरैजनाले कुनै ज्योतिषलाई हात देखाएर उनले भनेका कुरामा गर्छछन् । तर के तपाईलाई थाहा छ कि, हातको पञ्जामा भएका धेरै रेखा हेरर आफैंले आफ्नो भविश्यबारे जानकारी लिन सकिन्छ ।

यसका लागि तपाईलाई कुनै ज्योतिषको आवश्यकता पर्दैन । यो आलेखमा हामीले हातमा हुने रेखाको प्रकार र त्यसले तपाईको भविश्यप्रति गरेको संकेतबारे उल्लेख गरेका छौं ।

१) जीवन रेखा:

जीवन रेखा तपाईको हातमा हुने महत्वपूर्ण रेखा हो । जसमा तपाईको जीवन र जीवनमा हुने महत्वपूर्ण घटनाको रहस्य लुकेको हुन्छ । यदी यो रेखा गहिरो र लामो छ भने तपाईको स्वास्थ्य राम्रो हुने छ । यस्तै रेखा पातलो र छोटो छ भने जीवनमा अनेक कष्ट र दुःख सहनुपर्ने हुन्छ।

२) हृदय रेखा:

हृदय रेखामा तपाईको प्रेम तथा नाता–सम्बन्धसँग जोडिएका कैयौं रहस्य लुकेका हुन्छन् । यदि तपाई कुनै व्यक्तिको बारेमा जान्न चाहनुहुन्छ कि, त्यो व्यक्ति भावुक छ या छैन भनेर रु तपाई उसको हातमा भएको हृदय रेखा हेरर अन्दाज लगाउन सक्नुहुन्छ।

हातको पञ्जामा रहेको हृदय रेखा सिधा र छोटो छ भने त्यस्तो व्यक्ति शब्दले वर्णन गरे भन्दा काम गरेर प्रेम दर्साउँछन्। यदि कुनै व्यक्तिको हातको यो रेखा मोडिएको छ भने त्यो व्यक्तिको इच्छा धेरै प्रबल हुन्छ।

३) मस्तिष्क रेखा:

मस्तिष्क रेखा कुनै व्यक्तिको ज्ञान तथा विवेकको जानकारी दिन्छ । साथै यसबाट तपाईको मनोविज्ञानबारे पनि जानकारी लिन सकिन्छ । यो रेखा छोटो हुनुको अर्थ हो कि, तपाई जिन्दगीका जुनसुकै फैसला पनि एकदम सजिलै लिन सक्नुहुन्छ।

यस्तै यो रेखा लामो हुनुको अर्थ हो कि तपाई कुनै पनि कुराबारे गहिराइमा गएर बुझेर मात्रै निर्णय गर्नुहुन्छ। लामो र मोडिएको मस्तिष्क रेखा हुनुको अर्थ हो कि, तपाई रचनात्मक तरिकाले सोच्नुहुन्छ।

४) भाग्य रेखा:

यो रेखा बीच बीचमा टुटेको हुनु अथवा पातलको हुनुको अर्थ हो कि तपाईको भाग्य बुलन्द छैन । तपाईले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि यो रेखा तपाईको औंलाबाट सुरु भएर जीवन रेखा छुन्छ भने तपाईलाई परिवार र साथीहरुबाट सधैं सुख प्राप्त हुने छ।

५) सूर्य रेखा:

यो रेखाको बारेमा धेरै व्यक्तिलाई जानकारी नै हुँदैन । यो रेखा तपाईको हातको पञ्जामा ठाडो रुपमा कोरिएको हुन्छ । जसबाट थाहा हुन्छ कि, कुनै व्यक्ति कति रचनात्मक हुन्छ । साथै कुनै व्यक्तिमा कति आत्मविश्वास र योग्यता छ भन्ने अनुमान पनि यो रेखाबाट गरिन्छ । धेरैजसो मानिसहरुमा यो रेखाको अभाव हुन्छ।

६) छोटा र पातला रेखा:

हामीमध्ये धेरै व्यक्तिका हातमा छोटा र पातला धेरै रेखा हुन्छन् । यस्ता व्यक्ति धेरै संवेदनशील मानिन्छन् । साथै समय आउँदा यस्ता व्यक्ति सही र गलतको बीचमा फरक छुट्याउन दुविधामा पर्ने गर्छन्।

७) हातमा धेरै कम रेखा हुनु:

यस्ता व्यक्ति आफ्नो बचनको पक्का हुनुका साथै जिद्दी स्वभावका हुन्छन् । हातमा कम रेखा हुने व्यक्ति कहिल्यै कसैका लागि बदलिँदैनन् । यस्ता व्यक्तिसँग सम्बन्ध गाँस्नु र सम्बन्ध टिकाइ राख्नु तथा कुरा गर्न पनि गाह्रो हुने गर्छ।

सम्बन्धित समाचार

रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउन एक मात्र पत्ता दालचिनी!

दालचिनी खाने बानीले तपाईंलाई स्वस्थ राख्नुका साथै प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि मद्दत समेत पुर्याउछ । नियमित रुपमा मात्र एक पत्ता दालचिनी खानाले हाम्रो स्वास्थ्यमा यस्ता फाइदा गर्दछ।

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईकाे गर्भमा छाेरा छ कि छाेरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ ।

यी ४ घरेलु उपाय दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस्

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ ।

कालो भएको घुँडा तथा कुहिनोलाई गोरो बनाउन यी घरेलु उपाय अपनाउनुहोस्, ३ दिनमै पाउनुहुनेछ फरक

साधारणतया हाम्रो हातको कुहिनो र घुँडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ ।

ताजा समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।
X