Monday, September 28, 2020

Monday, September 28, 2020
अन्तर्राष्ट्रिय अक्सफोर्ड र अस्ट्राजेनेकाले बनाइरहेको कोरोनाको खोप फेरि परीक्षण शुरु हुने

अक्सफोर्ड र अस्ट्राजेनेकाले बनाइरहेको कोरोनाको खोप फेरि परीक्षण शुरु हुने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप लिएका एक व्यक्ति बिरामी भएपछि रोकिएको तेस्रो चरणको परीक्षण फेरि शुरु हुने भएको छ।

उक्त खोप तेस्रो चरणमा अमेरिका, ब्राजिल, दक्षिण अफ्रिका र बेलायतमा तेस्रो चरणको परीक्षण भइरहेको छ। तेस्रो चरणमा ३० हजारलाई खोप दिइने बताइए पनि बेलायतमै एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको थियो।

गएको मंगलबार परीक्षण रोक्ने निर्णय भएपछि ती व्यक्तिलाई देखिएको असर खोपसँग सम्बन्धित भए/नभएको जाँच गरिने अस्ट्राजेनेकाले जनाएको थियो। शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोप सुरक्षित देखिएकाले परीक्षणलाई निरन्तरता दिन सकिने जनाएको छ।

विश्वविद्यालयका स्वास्थ्य सचिव म्याट हान्कोकले भाइरस परीक्षण फेरि शुरु हुने सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, “परीक्षण स्थगनले देखाएको छ कि हामी सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ। हाम्रा वैज्ञानिकबाट सकेसम्म चाँडो र सुरक्षित प्रभावकारी खोप दिनका लागि फेरि फर्कने छौँ।”

ठूलो संख्यामा गरिने परीक्षणमा केही सहभागीलाई विसन्चो हुनु अपेक्षाकृत नै भएको विश्वविद्यालयको विज्ञप्तिमा जनाइएको छ। अब स्वतन्त्र सुरक्षा समीक्षा समिति र बेलायतका नियामकले अनुमति दिनेबित्तिकै परीक्षण पुनः शुरु हुनेछ। तर, खोप लिएपछि बिरामी भएको भनिएका व्यक्तिबारे अक्सफोर्ड र अस्ट्राजेनेकाले केही बताएका छैनन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले विश्वमा १८० वटा कोरोनाभाइरस खोपको परीक्षण चलिरहेको छ। तीमध्ये कुनैले पनि अन्तिम चरणको परीक्षण पूरा गरेका छैनन्। करीब तीन दर्जनको तेस्रो चरणको परीक्षण चलिरेको छ।

विदेशमा अहिलेसम्म कोरोनाबाट २४३ जना नेपालीको नि’धन:

कोरोना भाइरस संक्रमणबाट शनिबारसम्म विदेशमा २४३ जना नेपालीको निधन भएको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

यो साता कतारमा पनि थप २ नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना संक्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट संक्रमित छन् । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

यस्तै, नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । हालसम्म नेपालमा ३३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै, विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८ दशमलव ७ प्रतिशत रहेको छ ।

हालसम्म ६१ हजार ७१० को उद्धार:

कोरोना भाइरस संक्रमणपछि जारी लक डाउनका कारण विदेशमा अलपत्र परेका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ ।

साउदीमा ६० शव अलपत्र:

साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

सम्बन्धित समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

रोजगारी इजरायलमा: अब यस्ता नेपाली इजरायल जान पाउने !

नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

ताजा समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।
X