Thursday, September 24, 2020

Thursday, September 24, 2020
नेपाल लुम्बिनी विश्वविद्यालयले सुरु गर्‍यो स्नातक र स्नातकोत्तरको परीक्षा

लुम्बिनी विश्वविद्यालयले सुरु गर्‍यो स्नातक र स्नातकोत्तरको परीक्षा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । एउटा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइएको हो । विद्यार्थीले मागेकै स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

धेरै विद्यार्थी भएका विषयमा केन्द्रमार्फत र कम विद्यार्थी भएकालाई अनलाइनमार्फत परीक्षा लिइएको विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले जानकारी दिए । कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने अनिश्चित भएकाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिएको उनले बताए । यसअघि कोरोनाकै कारण दुई पटकसम्म उक्त परीक्षा स्थगित गरिएको थियो ।

विश्वविद्यालयमा आइतबारदेखि स्नातक तहको बीबीटीटीएम, बीएएलएलबी, भोट भाषा र स्नातकोत्तर तहका सबै विषयको परीक्षा सुरु भएको हो । परीक्षाका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्लामा परीक्षा केन्द्र तोकिएका छन् । बीएएलएलबीका एक विद्यार्थी हुम्लामा रहेकाले उनलाई हुम्ला क्याम्पसबाट परीक्षा दिने व्यवस्था मिलाइएको विश्वविद्यालयले जनाएको छ । बुटवलमा मात्रै ८ स्थानमा परीक्षा केन्द्र छन् । स्नाकोत्तर तहको आर्कियोलोजीको परीक्षा भने अनलाइनमार्फत लिइएको छ ।

परीक्षा केन्द्रमा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाइएको रजिस्ट्रार आचार्यले बताए । उनका अनुसार परीक्षार्थी दुई–दुई मिटर दूरीमा बस्ने, परीक्षा सकिएपछि कोठा ‘डिसइन्फेक्सन’ गर्ने व्यवस्था गरिएको छ । परीक्षार्थीलाई विश्वविद्यालयबाटै हरेक दिन मास्क, पन्जा र स्यानिटाइजर उपलब्ध गराइन्छ ।

कक्षा ११ र १२ का सम्पूर्ण बिद्यार्थीहरुलाई अ’त्यन्तै जरुरी सू’चना !

नोवेल कोरोना भाइरस (कोभिड-१९) महा’मारीका का’रण परी’क्षा रोकिएको बेला राष्ट्रिय परी’क्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । बोर्डले परी’क्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो ।

विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्नु पर्नेछ । कक्षा १२ को परी’क्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालय भन्दा टाढा रहेका विद्यार्थीले मात्रै हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाई हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्नेछ ।

कोभिड-१९ का कारण यो वर्ष माध्यमिक शिक्षा परी’क्षा (एसईई) हुन सकेन भने कक्षा ११ को वाषिर्क परी’क्षा सम्बन्धित विद्यालयले नै लिने भएको छ । तर शिक्षा ऐन अनुसार कक्षा १२ को परी’क्षा स्’थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परी’क्षा लिने तयारी भईरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोत भन्छ, ‘यो विवरण संकलन भइसकेपछि परी’क्षाको होम सेन्टरबारे पनि निर्णय हुन्छ ।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

नारायणी नदीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी नदीको बहाब वढेको छ ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X