Thursday, September 24, 2020

Thursday, September 24, 2020
रोचक प्याजको बोक्रा फाल्नुहुन्छ ? यस्ता छन्, ६ वटा अचूक फाइदा

प्याजको बोक्रा फाल्नुहुन्छ ? यस्ता छन्, ६ वटा अचूक फाइदा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै आइरहनुभएको छ होला । तर गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ ।

सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ ।

के-के छन प्याजका बोक्राका फाइदा ?

हेयर कन्डिसनरको रुपमा प्रयोगः

नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ ।

कोलेस्ट्रोल कम गर्न सहयोगीः

प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई पनि कम गर्न सहयोग गर्दछ । यसका लागि पनि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् ।

पेटको संक्रमणबाट बचाउः

प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।

क्यान्सरबाट बचाउः

प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं यी प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।

एन्टी इन्फ्लामेटरी गुणः

यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।

किरा, लामखुट्टेबाट राहतः

यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ र यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन ।

१० लाईनहरु, जसले जिन्दगीको तितो सत्यलाई झल्काउछ:

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

  • १. जसले तिमी सामु अरुको कुरा काटिरहेको हुन्छ, त्यतिनै बेला तिमी यो पक्का हुनु कि उसले अरुको अगाडी पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।
  • २. दुनियाको हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ तर एउटा सफलता मात्र यस्तो चीज हो जुन ठक्कर खाएर मात्र मिल्ने गर्छ ।
  • ३. समझदार बन्नु छ भने अरुको गल्ती बाट सिक, यदि आफैमाथी प्रयोग गर्न थाल्यौ भने त तिम्रो पुरै जिन्दगी पनि कम हुनेछ ।
  • ४. लड्नु छ भने आफ्नै कमजोरी संग लड, अरुसंग होइन किनकि सफलता आफैमाथी गरिने प्रयासले मिल्ने हो, अरुको हारले होइन ।
  • ५. कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु ।
  • ६. एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पुरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु ।
  • ७. जसरि रातले चन्द्रमालाई चम्किन सिकाउछ त्यसैगरी दुख र संघर्षले मान्छेलाई बुझ्न सिकाउछ ।
  • ८. सधै त्यो मान्छेहरु संग नबस जसले तिमीलाई खुशी पार्ने गर्छन्, कहिले काही ति मान्छेहरु संग पनि बस जसले तिमीलाई पाएर खुशी हुने गर्छन् ।
  • ९. आशु झरेको बेला हातको दश औला भन्दा त्यो एउटा औला खास हुन्छ जसले आशु पुछ्ने गर्छ, त्यसैगरी सफलतामा ताली बजाउने हजारौ हातहरु भन्दा दुखको बेला साथ् दिएको त्यो एउटा हात नै खास हुन्छ ।
  • १०. एउटा सानो कमिलाले तिम्रो खुट्टामा टोक्न सक्छ तर तिमीले कमिलाको खुट्टामा टोक्न सक्दैनौ । त्यसैले जीवनमा कसैलाई पनि सानो नसम्झनु किनकि हुनसक्छ जुन काम तिमी गर्न सक्दैनौ त्यो अरु कसैले गर्न सक्छ होला ।

सम्बन्धित समाचार

ब्रेकअप भयो ? यी ८ तरिकाले सहजै भूल्न सकिन्छ पूर्व प्रेमी-प्रेमिकालाई नआत्तिनुस्,

प्रेम सम्बन्ध टुटेपछि सबैको मन पनि टुट्छ, मन आत्तिन्छ, के गरौं, कसो गरौँ हुन्छ । अनि निन्द्रा, भोक र प्यास नै हराउँछ । मानिस पागलै सहर भईदिन्छ । तर सधैं यसरी जीवन त चल्दैन ।

सुन र पैसा सपनामा देखेमा के हुन्छ?

तपाईले यदि सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस् । त्यो मोड खस गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि ।

छतमाथि तुलसीलाई राख्ने गर्नुभएको छ ? यो दिशामा फर्काउनुहोस् चम्किन्छ भाग्य

घरमा राखिएको बस्तुको शुभ, अशुभ दिशा बताइने गरिन्छ। कुनै पनि बस्तु सही दिशामा राख्दा वास्तुदोष हट्ने तथा भाग्य चम्किने विश्वास गरिन्छ। ज्योतिषाचार्य मनिष शर्माले घरमा राखिने बस्तुका बारेमा सही दिशा बताएका छन् ।

झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु पूजा गर्दा, अन्यथा परिवारमा भारी संकट

सुखी र समृद्ध जीवनको लागि देवी-देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X