Connect with us

राजनीति

मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनले भन्दा राम्रो गर्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा को’रोना भा’इरसको म’हामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा को’रोना भा’इरसको म’हामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

को’रोना भा’इरसको सं’कट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेको उनले बताए ।

यसै सन्दर्भमा नेकपा उपाध्यक्ष बामदेव गौतमले केही समय अगाडी भनेको एक समाचार यहाँ राख्न चाहन्छौं । उनले भनेका थिए “मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं “ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्याउने बताएका छन् ।

५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं’, काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक डाक्टर खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै उनले भने, ‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौ । त्यो ग्यारेन्टी नेकपालले लिनु पर्छ । नेपालमा समाजवाद अवश्यम्भावी छ ।

नेता गौतमले आफ्नो पार्टीको दस्तावेजमा असहमति यथावत रहेको जिकिर गरे । ‘नेकपाको दस्तावेजमा उल्लिखित जनताको जनवादमा र विधानमा असहमति छ’ उनले भने । नेपालमा समाजवाद हवाई कल्पना मात्रै नभएको उनको जिकिर थियो । उनले यसो भन्दा कार्यक्रममा अन्य टिप्पणीकर्ता र सहभागीहरु हाँसेका थिए ।

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending