Monday, September 21, 2020

Monday, September 21, 2020
खेलकुद बार्सिलोनाको कप्तान नै मेस्सी

बार्सिलोनाको कप्तान नै मेस्सी

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सी नै क्याटलान क्लब बार्सिलोनाको कप्तान रहने भएका छन् । बार्सिलोनाले शनिबार मेस्सी नै यो सिजनको कप्तान रहेको पक्का गरेको हो ।

सन् २०१८ देखि बार्सिलोनाको कप्तानी सम्हालिरहेका मेस्सीले नयाँ सिजन सुरु हुनुअघि नै क्लब छाड्ने निर्णय र नाटकीय रुपमा बार्सिलोना बस्न यु टर्न भएपछि क्लबको कप्तान को हुने भन्नेमा प्रश्न उब्जिएको थियो ।

अब ३३ वर्षीय मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको अन्डरमा बार्सिलोनाको कप्तानी सम्हाल्नेछन् । बार्सिलोनाले सर्जियो बुस्क्वेट्स, जेरार्ड पिके र सर्जी रोबर्टाेलाई दोस्रो, तेस्रो र चौथो कप्तान रहनेछन् ।

बार्सिलोनाले चारै खेलाडीलाई एक साथ राख्दै मेस्सी, बुस्क्वेट्स, पिके र रोबर्टाेले यस सिजन बार्सिलोनाको कप्तानी सम्हाल्ने बताएका छन् । सन् २०१८ मा आन्द्रेस इनिष्टाले बार्सिलोना छाडेपछि अर्जेन्टिनी स्टार मेस्सी नै बार्सिलोनाको कप्तान रहँदै आएका छन् । अब बार्सिलोनामा मेस्सीको कप्तानी तेस्रो सिजनमा चल्नेछ ।

यस्तै क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । बार्सिलोनाले दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात पारेको हो ।

बार्सिलोनाको सहज जितमा औसमाने डेम्वेले, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरे । जिम्नास्टिकका जाभी बोनिल्लाले एक गोल फर्काए । बार्सिलोना छाड्ने सनसनी पुर्ण निर्णय गरेर यु टर्न भएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले टोलीको कप्तानी गर्दै पहिलो खेल खेले । उनले पहिलो हाफ खेलेका थिए ।

स्पेनिस ला लिगा सुरू, बार्सिलोना र रियल म्याड्रिडको खेल स्थगित:

स्पेनिस ला लिगा शनिबारदेखि सुरु भएको छ। शनिबार तीन खेल भएका छन्। जसमा ग्रानडा र ओसासुनाले विजयी सुरूवात गरेका छन्।

ग्रानडाले एथ्लेटिक बिल्बाओलाई २-० गोलले पराजित गर्‍यो।

अर्को खेलमा ओसासुनाले काडिजलाई २-० ले हरायो। एइबार र सेल्टा भिगोले भने गोलरहित बराबरी खेलेका छन्।

लिगमा आइतबार बार्सिलोनाको खेल स्थगित भएको छ। बार्सिलोनाले पहिलो खेल इल्चेसँग खेल्ने तय थियो।

यस्तै आइतबार आफ्नो पहिलो खेल खेल्न लागेको रियल म्याड्रिडको पनि खेल स्थगित गरिएको छ। रियल म्याड्रिडले आइतबार गेटाफेसँग खेल्ने तय थियो।

यता एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोन्सलाई कोरोना भाइरसको संक्रमण भएको छ।

संक्रमण भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन् भने एट्लेटिकोको मैत्रीपूर्ण खेल प्रभावित भएको छ।

सम्बन्धित समाचार

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

साम्पडोरियासँग खेल्दै युभेन्ट्स

इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता युभेन्ट्सले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दै छ ।

पञ्जाबसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कति ?

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै...

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

ताजा समाचार

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X