Monday, September 28, 2020

Monday, September 28, 2020
कोरोना भाइरस एट्लेटिकोका प्रशिक्षक सिमोनलाई कोरोना संक्रमण

एट्लेटिकोका प्रशिक्षक सिमोनलाई कोरोना संक्रमण

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमोनलाई कोरोना भाइरस संक्रमण भएको छ । क्लबले आफ्ना प्रशिक्षक सिमोनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

तर, ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक सिमोनलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको जनाइएको छ । उनी हाल क्‍वारेन्टिनमा रहेको क्लबले जनाएको छ । “कोरोना परिक्षणमा मुख्य प्रशिक्षक डिएगो सिमोनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ,” क्लबले विज्ञप्तिमार्फत उल्लेख गरेको छ, “उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । उनी अहिले क्‍वारेन्टिनमा छन् । समय पूरा भएसँगै उनी अभ्यासमा फर्कनेछन् ।”

एट्लेटिकोले गत सोमबारबाट प्रशिक्षण सुरु गरेको थियो । नयाँ सिजनको तयारी स्वरुप सोमबारबाट प्रशिक्षण गर्दा गरेको कोरोना परीक्षणमा सिमोनलाई कोरोना पोजेटिभ देखिएको हो । एट्लेटिकोले मंगलबार काडिजसँग मैत्रीपूर्ण म्याच खेल्ने तय भएको थियो भने सेप्टेम्बर २७ बाट घरेलु मैदानमा ग्रानाडासँग खेल्दै ला लिगाको नयाँ सिजनको सुरुवात गर्ने तयारीमा छ ।

नेयमारले मार्सिलेविरुद्धको खेल खेल्ने:

ब्राजिलियन स्टार स्ट्राइकर नेयमार कोरोनाभाइरसबाट निको भएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) को प्रशिक्षणमा सहभागी भएका छन् ।

उनी प्रशिक्षणमा फर्किएसँगै आइतबार राति हुने मार्सिलेविरुद्धको खेल खेल्ने प्रवाल सम्भावना रहेको मुख्य प्रशिक्षक थोमस टुचेलले बताएका छन् । उनले पीएसजीका लागि लिगको दोस्रो खेलमा मैदानमा फर्किने आसा रहेको बताएका हुन् ।

लिग वान च्याम्पियन पीएसजीले आफ्नो सिजनको पहिलो खेलमा लेन्ससँग १–० को हार व्यहोरेको थियो । यससँगै पीएसजीले घरेलु लिग अभियानमा निराशाजनक सुरुवात गरेको छ ।

“हामीले जोखिम लिने छैनौं,” प्रशिक्षक टुभेलले भने, “अहिले हामी के गर्न जाँदैछौं भन्ने होइन । दुईदिनको प्रशिक्षण पछि, यदि खेलाडीहरू तयार छन् र कुनै चिकित्सा जोखिम छैन भने हामी यस विषयमा निर्णयहरू लिनेछौं । मैले उनीहरूलाई खेल्न चाहन्छु कि भनेर सोध्नुपर्दैन । तर मैले आइतबार कुनै न कुनै निर्णय गर्नु पर्छ । उनले मैदानबाट सुरु गर्नेछन् वा बेन्चबाट त्यो भने अर्को प्रश्न हो । तर, खेलाडीको स्वास्थ्य पहिलो हो ।”

उनले थपे, “म आश्चर्यचकित छु कि यस्तो महत्त्वपूर्ण खेल हामीले पहिलो खेल खेलेको तेस्रो दिनमा नै तय गरिएको छ । तर, हामी डराएका छौनौ । हामी प्रत्येक खेल खेल्न तयार छौं । हामीलाई थाहा छ हाम्रा प्रशंसकहरूले यसलाई मन पराउँछन् र टोलीका सबै खेलाडी आफ्नो उत्कृष्ट तहमा रहेर जित्न चाहन्छन् ।”

सम्बन्धित समाचार

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

पहिलो टि२० नेपालको शतकको एक वर्ष पूरा

गतवर्ष आजकै दिन नेपाली क्रिकेट टोलीका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि पहिलो टि२० शतक प्रहार गरेका थिए ।

चेल्सीको अविश्वसनीय पुनरागमन, एभर्टनको विजयी यात्रा जारी

खेलको इन्जुरी समयमा ट्यामी एब्राहमले गोल गरेपछि चेल्सीले ३–० ले पछि परेको खेलमा अविस्मरणीय पुनरागमन गर्दै वेस्ट ब्रोमिच आल्बियोनविरुद्ध ३–३ को बराबरी गर्न सफल भएको छ ।

ताजा समाचार

‘१२‌औं श्रृंखला सुरु कौन बनेगा करोडपती’को, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।

सरकारको निर्देशन विपरीत शुल्क उठाउँदै पीसीआर टेस्टको निजी ल्याब

कोरोनाभाइरस परीक्षण गराउँदैआएका निजी प्रयोगशालाहरुले सरकारको निर्देशन विपरीत पीसीआर परीक्षणको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने अडान राखेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।
X