Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाली कांग्रेस साना व्यवसायीको गुनासो सुनेपछि देउवाले भने- ‘प्रधानमन्त्रीसँग सिधै कुरा गर्छु’

साना व्यवसायीको गुनासो सुनेपछि देउवाले भने- ‘प्रधानमन्त्रीसँग सिधै कुरा गर्छु’

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन्।

कोभिड-१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको नाकामा सामान रोकिएको भन्दै आज ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीहरूसँगको भेटमा देउवाले प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताएका हुन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले १० महीनादेखि केरुङ नाकामा मालबस्तु सहितका एक हजार २०० वटा कन्टेनर रोकिएर बसेको र त्यसलाई काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको बताए।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष कटुवालले बताए। आफूहरूले कन्टेनर ल्याउन परराष्ट्र मन्त्रालयमा कूटनीतिक पहल गर्दा समेत सम्भव नभएपछि राजनीतिक पहल शुरू गरेको कुटुवालको भनाइ छ।

यसबाहेक कोरोनाभाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि व्यवसाय ठप्प भएकोले घरभाडा र बैंकको ब्याज भुक्तानी गर्न नसकेको भन्दै मिनाहा गरिदिने व्यवस्था गरिदिन पहल गर्न समेत कांग्रेस सभापति देउवासमक्ष व्यवसायीहरूले माग गरेका छन्। कोभिडपछि व्यापार व्यवसायलाई सञ्चालन गर्नका लागि विनाधितो ऋण उपलब्ध हुने व्यवस्था गर्न माग गरिएको अध्यक्ष कटुवालले बताए।

यस्तै, कोभिडको असरबाट क्षति भएको सम्बन्धमा अध्ययन गर्न निजी क्षेत्र र सरकार सम्मिलित समन्वय समिति गठन गर्न समेत माग गरिएको छ। व्यसाय नै ठप्प भएको अवस्थामा सरकारले आफूहरूलाई कर तिर्न भनिरहेकाले त्यसलाई रोक्न र आन्तरिक विषयहरूमा छुट दिन पहल गरिदिन पनि माग गरिएको कटुवालले बताए।

सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजी, उद्दार र राहतमा जुट्न प्रचण्डको आग्रह:

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा बेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन्। उनले आइतबार शोक वक्तव्य जारी गर्दै पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गरेका छन्।

शोक वक्तव्य उनले भनेका छन्, ‘सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको छ।’

प्रचण्डले यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
बाह्रविसे नगरपालिका-७, घुम्थाङको पहिरोले पुरिएका सात जनाको शव फेला परेको छ भने २४ जना बेपत्ता भएका छन्। पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक,सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य जारी रहेको छ।

सम्बन्धित समाचार

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

मन्त्रीहरुको सूची बन्दै

नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ मन्त्रीहरुको सूचि बनाउने क्रम सुरु भएको बालुवाटार स्रोत बताउँछ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X