Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
कोरोना भाइरस हरेक दिन कोरोनाको रेकर्ड बन्दै काठमाडौंमा आधाभन्दा धेरै होम आइसोलेनमा

हरेक दिन कोरोनाको रेकर्ड बन्दै काठमाडौंमा आधाभन्दा धेरै होम आइसोलेनमा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: साउन ५ मा सरकारले लकडाउन खुकुलो पारेपछि काठमाडौं कोरोनाको हटस्पट बनेको हो। काठमाडौं जिल्लामा शनिबारसम्मको तथ्यांकअनुसार ९ हजार १ सय ३ जना संक्रमित रहेका छन्। तीमध्ये काठमाडौं महानगरमा मात्र ५ हजार १ सय ६० जना २६ गतेसम्म संक्रमित पुष्टि भएका थिए।

शनिबार पनि काठमाडौंमा नयाँ संक्रमित थपिएका छन्। हरेक दिन काठमाडौंमा संक्रमित थपिने क्रमले नयाँ रेकर्ड बनाइरहेको छ। प्रत्येक दिन थपिने यो संख्याले महानगरमा नयाँ नयाँ हटस्पट बनाइरहेको छ। हालसम्म काठमाडौं महानगरमा १५० भन्दा धेरै संक्रमित भएका १२ वडा रहेका छन्। स्वयम्भु , खुसीबुँ, कोटेश्वर, कलंकी, महाराजगञ्ज, त्रिपुरेश्वर र बानेश्वरजस्ता भिडभाड हुने वडा क्षेत्रमा धेरै संक्रमित रहेका छन्।

होम आइसोलेनमा बढे संक्रमित

महानगरका सबै वडामा संक्रमण फैलिसकेको छ। यसरी संक्रिमत भएकामध्ये १६ सय ८६ जना संक्रमित होम आइसोलेसनमा छन्।
अस्पतालमा ४ सय १६ जना संक्रमित रहेका छन् भने संस्थागत आइसोलेसनमा १३ सय जना मानिस रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ। हालसम्म महानगरका ३३ जना संक्रमितको मृत्यु भएको छ भने १२ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यी हुन् महानगरका हटस्पट

काठमाडौं महानगरका १३ वटा वडामा एक सयभन्दा बढी संक्रमित छन्। सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा ४ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।

त्यस्तै वडा नम्बर बालाजु ३ सय ३६ संक्रमित रहेका छन् भने एक जनाको मृत्यु भएको छ।

वडा न ३ महारागञ्ज ३ सय १५ जना संक्रमित रहेका छन् भने एक जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै संक्रमितको मृत्यु वडा नम्बर २७ इनबहाल भएको छ। जहाँ २ सय २१ जनाको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ। त्यस्तै वडा नं १० बानेश्वरमा पनि ३ जना संक्रमितको मृत्यु भएको छ। उक्त क्षेत्रमा १ सय २६ जनालाई कोरोना पुष्टि भएको छ।

हटस्पट वडाहरु, कहाँ, कति?

  • वडा न ३ महारागञ्ज ३१५ मृत्यु १
  • वडा न ४ धुम्वाराही १६० मृत्यु ३
  • वडा न ७ मित्रपार्क १५२ मृत्यु २
  • वडा न १० बानेश्बर १२६ मृत्यु ३
  • वडा न ११ त्रिपुरेश्वर २६० मृत्यु १
  • वडा न १३ कालिमाटी २३६ मृत्यु १
  • वडा न १४ कलंकी २४० मृत्यु ०
  • वडा न १५ स्वायम्भु ४६९ मृत्यु १
  • वडा न १६ बालाजु ३३६ मृत्यु १
    वडा न २६ लैनचौर १४३ मृत्यु १
  • वडा न २७ इनबहाल २२१ मृत्यु ४
  • वडा न २८बागवजार १८७ मृत्यु ०
  • वडा न २९ डिल्लीबजार १३६ मृत्यु ०
  • वडा न ३२ कोटेश्वर २८० मृत्यु २

सुस्त कन्ट्याक्ट ट्रेसिङ

महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार १० हजारभन्दा धेरैको कन्ट्याक्ट ट्रेसिङ भएको छ। ५ हजारभन्दा बढी संक्रमित रहेको महानगरमा दोब्बरमात्र मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ। एउटै संक्रमितको सम्पर्कमा १० देखि १५ जना रहन सक्छन्। परिवारका सदस्यको मात्र कन्ट्याक्ट ट्रेसिङ गरे पनि १० जनाको हुनुपर्ने देखिन्छ। तर महानगरको तथ्यांक हेर्दा एउटा परिवारका एक जना सदस्यको मात्र गरेको देखिन्छ। यसरी गरिएको कन्ट्याक्ट ट्रेसिङले कसरी संक्रमित पत्ता लाग्छन् भन्ने प्रश्न उब्जेको छ।

कतिपय वडामा कुल संक्रमितको संख्याभन्दा कम मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिएको तथ्यांक महानगरसँग रहेको छ।

  • २६ गतेसम्मको तथ्याक
  • संक्रमित- ५१६०
  • होम- १६८६
  • अस्पताल- ४१६
  • संस्थामा आइसोलेनमा- १३०३
  • निको भएका- १२९७
  • मृत्यु- ३३
  • पिसिआर- ८७७७

सम्बन्धित समाचार

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन सकिने, रेमिट्यान्समा झनै सहज

नेपाल राष्ट्र बैंकले विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

ताजा समाचार

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।
X