Connect with us

नेपाल

एकासी ह्वात्तै घट्यो सोच्नै नसक्ने गरि खाना पकाउने ग्यासको भाउ : हेर्नुहोस

लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो।

यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो। अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्। यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ। यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ।

निगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ । हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य अनुसार इन्धनको मूल्य समायोजन गरिएको बताए।

सुनको मूल्यमा फेरि ओरालो, हेर्नुहोस् आजको बजार भाउ साताको अन्तिम दिन शुक्रबार सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको तीन सयले घटेको छ ।बिहीबार ९६ हजार ८ सयमा कारोबार भएकोमा शुक्रबार ९६ हजार पाँच सय कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा झरेको छ ।यस्तै, चाँदी १५ रुपैयाँले सस्तिए तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो ।

कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पु¥याएको थियो । सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अङ्क अर्थात् १२.४९ ले वृद्धि भई एक हजार ५२०.६९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७१ ले वृद्धि भई ३०१.३८ मा पुगेको छ । कूल १८९ कम्प्नीको ४२ लाख ६२ हजार ६९८ कित्ता शेयर रु दुई अर्ब १७ करोड ६८ हजार २८३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरोलो लाग्दा नौ उपसमूहको शेयर भने वृद्धि भएको छ ।

व्यापार ३०.२१, होटल १.१३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरोलो लागे । यस्तै बैंकिङ ३.८३, विकास बैंक १५.७, जलविद्युत् २.३१, वित्त २.२४, निर्जीवन बीमा ३०२.०२, उत्पादन ३३.२२, अन्य ०.३९, लघुवित्त ३३.७३ र जीवन बीमा २०४.५३ ले वृद्धि भएको छ । स्टकका अनुसार आज पनि कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ ।

प्रतिकित्ता रु ८९५ मा रु १७ करोड २१ लाख ७२ हजार ११६ को कारोबार भई सो कम्पनी शीर्ष स्थानमा रहयो । यस्तै, नागरिक लगानी कोष रु नौ करोड २३ लाख २४ हजार ६८७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड एक लाख ३१ हजार ९४६, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रु आठ करोड ५९ लाख ५७ हजार १३३, एभरेष्ट इन्स्योरेन्स कम्पनी रु आठ करोड ४३ लाख ९१ हजार ३०४ र शिवम् सिमेन्ट रु सात करोड नौ लाख ८६ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, राष्ट्रिय बीमा कम्पनी र सोही कम्पनीका संस्थापक लगानीकर्ताले समान रुपमा ९.९९ प्रतिशतले कमाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९, एनआरएन इन्फ्रास्टकचर ९.८९, एनआरएन लघुवित्त ९.१४, एभरेष्ट इन्स्योरेन्स कम्पनी ८.१३ र नेपाल फाइनान्स कम्पनीका लगानकिर्ताले ७.५६ प्रतिशतले कमाए । त्यस्तै, नबिल इक्विटी फण्ड ५.६४, आशा लघुवित्त ४.१३, साल्ट टे«डिङ कर्पोरेशन ३.५८, यूनियन हाइड्रोपावर २.९४ र मल्टीपर्पस फिनान्स कम्पनीका लगानीकर्ताले २.७० प्रतिशतले गुमाए ।

प्रशासनको आदेश पालना नभए काठमाडौमा पुन लकडाउन:

काठमाडौ । निषेधाज्ञा हटाइएको अवस्थामा सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ । कोरोनाको जोखिम कायमै रहेकाले आदेश अनुसार नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस्तो आग्रह गरेका हुन् ।

उनले लामो समयको लकडाउन र निषेधाज्ञाका कारण अप्ठेरोमा परेका ब्यवसायी र सर्वसाधारणलाई सहज होस् भनेर प्रशासनले निषेधाज्ञामा परिवर्तन गरी व्यापार गर्ने वातावरण बनाइदिएको बताउँदै आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्नुपर्ने बताएका छन् ।

सरकारले कोरोना फैलन नदिन ब्यवस्थित भएर ब्यवसाय संचालनको निर्देशन दिएको भन्दै पालना गर्न आग्रह गरेका छन् । उनले निर्देशन पालना नभएर कोरोना फैलने जोखिम बढ्दै गए फेरी लकडाउन गर्ने चेतावनी दिएका छन् । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उनको सुझाव छ ।

आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र।जि।अ। दाहालले बताए । कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही समेत गरिने उनले बताएका छन् ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खोल्न सकिनेछ ।
काठमाडौँ उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाइने भएको छ ।

टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई दिउँसो १२ बजे देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न सकिनेछ । सहकारी संस्थाहरु विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्न पाइनेछ ।

सपिङ्ग मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसल लगायत पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार, र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटोमोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार खोल्न पाइनेछ ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, ईलेक्ट्रिनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म खोल्न पाइनेछ ।सवारी साधन मर्मत सम्बन्धी वर्कसप विहान ८ बजे देखि बेलुकी ८ बजेम्म सञ्चालन गर्न सकिनेछ ।

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्नसकिने कुरामा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending