Monday, September 21, 2020

Monday, September 21, 2020
खेलकुद दोस्रो ओडिआईमा इंग्ल्याण्ड विजयी

दोस्रो ओडिआईमा इंग्ल्याण्ड विजयी

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: घरेलु टोली इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल जित्दै सिरिज बराबरी गरेको छ । नाटकीय बनेको खेलमा इंग्ल्याण्डले २४ रनको जित हात पारेको हो ।

जितपछि घरेलु टोलीले सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो ओडिआई अष्ट्रेलियाले १९ रनले जितेको थियो । इंग्ल्याण्डले दोस्रो खेल जितेपछि अब तेस्रो तथा अन्तिम खेल निर्णायक बन्नेछ ।

इंग्ल्याण्डले दिएको २३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । कप्तान आरोन फिन्चले अर्थशतक प्रहार गरेपनि टिमलाई जिताउन सकेनन् । फिन्चले सर्वाधिक ७३ रन बनाए । यस्तै मार्नुस लाबुसेचनले ४८, एलेक्स क्यारीले ३६ र प्याट कमिङ्सले ११ रन बनाउनुबाहेक बाँकीले दोहोरो अकंमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियालाई अलआउट गर्दै इंग्ल्याण्डलाई जित दिलाउन क्रिस वोक्स जोफ्रा आर्चर र साम कुरानले ३-३ विकेट लिए ।

त्यसअघि म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान इओन मवर्गनले सर्वाधिक ४२, टम कुरानले ३७ र जो रुटले ३६ रन बनाए । १४९ रन बनाउदा ८ विकेट गुमाएपछि एदिल रसिद र टम कुरानले नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।

टमले ३७ र योगदान गर्दा एदिल रसिदले अविजित ३५ रन जोडे । उनले २६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । अष्ट्रेलियाक लागि एडम जाम्पाले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए । अन्तिम ओडिआई बुधबार हुनेछ ।

सम्बन्धित समाचार

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

साम्पडोरियासँग खेल्दै युभेन्ट्स

इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता युभेन्ट्सले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दै छ ।

पञ्जाबसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कति ?

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै...

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

ताजा समाचार

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X