Thursday, September 24, 2020

Thursday, September 24, 2020
नेपाल कार्यकाल सकियो तर, प्रधानमन्त्री ओलीले कुलमानलाई भेट्न पनि चाहेनन्

कार्यकाल सकियो तर, प्रधानमन्त्री ओलीले कुलमानलाई भेट्न पनि चाहेनन्

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि आज देखि सकियो । उनलाई सरकारले पुन नियुक्ति दिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेकै कारण कुलमान नदोरिएका हुन् । उनले प्रधानमन्त्रीलाई धेरै पटक भेट गर्न समेत चाहेका थिए । तर ओलीले उनलाई भेट गर्ने समय पनि दिएनन् । कार्यकाल नसकिदै पुन नियुक्ति नभएका कारण अब उनी अर्को कार्यकालका लागि नियुक्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जसको सम्भावना सकिएको छ ।

सरकारले कुलमानलाई निरन्तरता नदिने संकेत यसअघि नै गरेको थियो । सामाजिक सञ्जालहरुमा कुलमानलाई नै पुन कार्यकारी निर्देशक बनाउनुपर्ने माग उठको थियो । त्यो मागलाई प्रधानमन्त्री ओलीले प्रयोजित भन्दै टिप्प्णी गरेको बुझिएको छ । उनको पुन नियुक्ति धकेल्नकै लागि गत हप्ता मन्त्रिपरिषदको बैठक नै बसालिएन ।

कुलमानको चार वर्षे पदावधि सकिएलगत्तै उनीपछिका व्यक्तिले कामु कार्यकारी निर्देशको जिम्मेवारी पाउने सम्भावना छ । कामुलाई नै निर्देशक बनाउने पक्षमा उर्जा मन्त्री समेत देखिएका थिए । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दववाका कारण वर्षमान पुन कुलमानलाई सिफारिस गर्न राजि भएका थिए । तर मन्त्रीपरिषद बैठक नबसेका कारण त्यो सम्भावना पनि सकियो । अब कसलाई कार्यकारी निर्देशक बनाइनेछ स्पष्ट भएको छैन ।

घिसिङले प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउनुमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नहुनु हो । नेकपा अध्यक्ष प्रचण्ड घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नियुक्तिको प्रस्ताव ठिक्क पारेर बसेका थिए । ओलीले भने ग्रिन सिग्नल नै दिएनन् ।

सामाजिक सञ्जालमा कुलमान लोकप्रीय छन् । उनले लोडसेडिङ अन्त र विद्युत चुहावट कम गरको जस लिएका छन् । यत्रो लोकप्रीयता कमाएपनि घिसिङसँग बालुवाटार खुशी भएन । कुलमान घिसिङ २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए |

बाइक जोगाउन खोज्दा विवाहको ६ महिनामै सिन्दुर पुछियो:

गत फागुन महिनामा जापानबाट घरमा विवाह गर्न भनि आएका थिए बागलुङको गल्कोट नगरपालिका ४ हटियाका २५ वर्षीय नविन भण्डारी ।

५/६ बर्षसम्म जापानमा बसेका उनले पैसा पनि राम्रै कमाएका थिए । फागुनमा घर आएका उनले लामो समयदेखि प्रेमसम्वन्धमा रहेकी पर्वतको कुश्मा फलेवासकी एक युवतीसँग फागुनमै विवाह गरे ।

विवाह गरि दुई महिनाअघि मात्र फेरी जापान फर्किन काठमाडौँ गएका भण्डारी कागजपत्र नमिलेर बागलुङ नै फर्किए । नवीन भदौ १७ गतेसम्म उनी घरमै थिए ।

कोरोनाको कारण घरमै बसिरहेका भण्डारी १७ गते दिउँसोतिर साथीहरुसँग घुम्न भन्दै निस्किए । जापानबाटै घर आएका प्रकाश भण्डारी, किशान खड्का र उनका भाइसहित चार जना सोही दिन बुर्तिबाङ्गतर्फ लागे ।

उनीहरुको यात्रा वुर्तिबाङ्ग हुँदै रुकुमतर्फ थियो । रुकुम जाने क्रममा सडकमा पहिरो आएका करण फर्किएका उनीहरुको यात्रा बुर्तिबाङ्गबाट ढोरपाटन तय भयो ।

२ वटा बाइकमा चारजना अघि बढ्छन् । अँध्यारो हुन थालेपछि वोवाङ्गस्थित लाँकुरीवोटको एक किराना पसलमा उनीहरु बास माग्छन् । पसल सञ्चालक मदन विक भन्छन्, ‘झपक्कै साँझ पर्ने बेलामा उहाँहरु चार जना आउनुभयो । मेरो होटल थिएन । पसल थियो । त्यही पनि टाढाका मानिसहरुले बास मागेपछि मैले बास दिएँ ।’

पसल सञ्चालक विकका अनुसार नविन निकै मिजासिला र मिलानसार थिए । साही साँझ त्यहाँ उनीहरुले लोकल कुखराको भाले काट्न लगाएर ढिँडोसँग खाने तयारी गर्दै थिए ।

‘त्यही बेलामा एक्कासी पसलभित्र पानी पस्यो । बाहिर हेरेको माथिका घरहरु बगिरहेको थियो,’ पसल सञ्चालक विकले भने, ‘मानिसहरु चिच्चाएको देख्यौं । उहाँ भाइ (नवीन)ले आफ्नो बाइक चढेर माथिका मानिसहरुलाई बचाउन गए ।’

‘म पनि आफ्नो बाइक लिएर उहाँसँगै माथि गएँ,’ विक सम्झन्छन्, ‘फर्किने क्रममा उहाँ (नवीन) को बाइक बाढीले बगाउन आँट्यो । मैले बाइक छाड्नुस भने उहाँले मान्नुभएन । बाढी सुनामी जस्तो मुस्लो छाड्दै आयो । अन्ततः मेरो आँखै अगाडि बाइक र उहाँलाई भुजिखोलाले लगो ।’

विक फर्केर घर आउँदा उहाँहरुले खान ठिक्क पारेका कुखराको मासु ढिँडो भएको स्थान बगरमा परिणत भइसकेको थियो ।

ढोरपाटन नगरपालिका– ९ को वोबाङ्ग गाउँमा भदौँ १७ गते राती आएको भीषण बाढीपहिरोमा बगेर बेपत्ता ४१ जनामध्येका एक थिए नविन भण्डारी । उनी पहिलदेख िनै बाइकको सौखिन थिउ ।

नवीनका पिता इन्द्र भण्डारी भन्छन्, ‘यसभन्दा अघि बुलेट बाइक चढ्थ्यो नवीन । फागुनमा जापनबाट घर आएपछि केटिएम मोडलको नयाँ बाइक किनेको थियो । त्यसदिन साढे १ बजेसम्म घरमै देखेको थिएँ । उनीहरु पछि कता लागे भन्ने नै मलाई थाहा भएन ।’

इन्द्रका दुई छोराहरुमध्ये नविन जेठा हुन् । उनका कान्छा छोरा अर्जुन भण्डारी अष्टे«लियामा छन् । श्रीमान बेपत्ता भएको सुनाउन नखोजे पनि श्रीमती सुरक्षा भण्डारीले शंका गर्दागर्दै सोही दिन थाहा पाइन् ।

श्रीमान बाढीमा बेपत्ता भएको खबर पाएलगत्तै सुरक्षा बेहोस भइन् । बेहोस भएयता हालसम्म उनलाई हटियाको एक मेडिकलको इमरजेन्सी वार्डमा राखिएको बाबु इन्द्र भण्डारी बताउँछन् ।

नवीनको शव बेपत्ता भएको ६ दिनपछि बुर्तिबाङ्ग प्रहरीले बढिगाड गाउँपालिकाको भिमगिठे सोरोफोरोको बडिगाड खोलामा फेला पारेको थियो । बुर्तिबाङ्गका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले नवीनको शव बुझेर गल्कोट ल्याई दाहसंस्कार गरिसकेका छन् ।

नवीनको दाहसंस्कार स्थलमा सन्नाटा छाएको थियो । बाबु इन्द्र भण्डारी छोरा गुमाउनुको पीडा सुनाउँदै भन्छन्, ‘बुहारी भित्र्याएको ६÷ ७ महिना मात्रै भएको छ । उनको ५ महिनको गर्भ पनि रहेको छ ।’

सुरक्षाको उमेर भर्खर २२ बर्षको छ । उनी कक्षा १२ मा पढ्दैछिन् । कोरोनाको कारण कलेज जान परेको छैन । सुरक्षका दाजु पनि जापानमै रहेकोले उनीहरुबीच चिनजान भई मायाप्रेम झाङ्गिदै गएको र दुवैले विवाह गर्ने योजना बनाई नवीन फागुनमा घर आएका थिए ।

हालसम्म बेपत्ता ३८ जना मध्ये २२ जनाको शव फेला परेको र १६ जना अझै बेपत्ता भएको बुर्तिबाङ्ग प्रहरी प्रमुख भण्डारीले बताए । शनिबार बेपत्ता भएको १० दिन पुगेको छ ।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

साँझ बस्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X