Thursday, September 24, 2020

Thursday, September 24, 2020
नेपाल Breaking News: कक्षा १२ को परीक्षा सम्बन्धि यस्तो छ ताजा अपडेट

Breaking News: कक्षा १२ को परीक्षा सम्बन्धि यस्तो छ ताजा अपडेट

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो ।

कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिनुभयो ।

विद्यार्थी खोज्न थालियो:

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ जिल्ला भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन गर्दैछ । सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकोले अहिलेदेखि नै गृहकार्यमा लागिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यसबाट कुन विद्यार्थी कुन जिल्ला, नगर या वडामा बसोबास गरेको छ भन्नेसम्मको कुरा पत्ता लाग्ने र परीक्षा लिन सहज हुने जनाइएको छ । परीक्षाको उत्तरपुस्तिका, प्रश्नपत्र, परीक्षा केन्द्रको छनोट लगायतको प्रबन्धका लागि पनि विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यस विषयको जानकारी बोर्डका प्रदेश कार्यालयलाई गराउन विद्यालयल९ाई आग्रह गरिएको छ ।

कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय भए विद्यार्थीले आफूू बसोबास गरेको नजिकैको विद्यालयबाट उक्त परीक्षा दिन पाउनेछन् । बोर्डले परीक्षाका विभिन्न विकल्पबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिने स्पष्ट गर्दै त्यसका लागि सरकारसँग स्वीकृतिको समेत माग गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जुनसुकै तवरबाट स्वीकृति दिए पनि परीक्षा गर्न सक्ने बोर्डले आन्तरिक तयारी गरेको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

चरणबद्ध परीक्षा:

बोर्डले कक्षा १२ को स्थगित परीक्षा मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण ठाउँ अनुुसार चरणबद्ध रूपमा गर्न सकिने प्रस्ताव समेत अघि सारेको छ तर यस विषयमा सरकारले जस्तो खालको सहमति र स्वीकृति दिन्छ सोही अनुसार आफूहरू अगाडि बढ्ने अध्यक्ष पौडेलले बताउनुभयो । मुलुकका विभिन्न भागमा चरणबद्ध रूपमा परीक्षा लिन सकिने अवस्था भए पनि परीक्षा लिने तर नतिजा भने एकै पटक प्रकाशित गर्ने योजना बोर्डको छ । पटक–पटक नतिजा प्रकाशन गर्ने कार्य झन्झटिलो हुने भएकोले एकै पटक गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा तीन साताको हाराहारीमा विद्यार्थीलाई समय दिएर कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी रहेको खबर आजको गोरखापत्रले जनाएको छ ।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

‘अब बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अब बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ ।

नारायणी नदीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी नदीको बहाब वढेको छ ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X